Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: आजका खबर

आजको खबर : बारामा हुरीको वितण्डा र विनाश

Posted on April 1, 2019 by Salokya

आज चैत १८ गते सोमबार गएराति बारा र पर्सामा आएको हावाहुरीको वितण्डा र विनाशलाई नै अनलाइनहरुले समेटेका छन्। आइतबार राति पौने ८ बजेदेखि सवा ८ बजेसम्म ताण्डव मच्चिएको थियो। सबभन्दा क्षति बारा जिल्लामा भएको छ। त्यहाँ २६ जना र पर्सा जिल्लाका १ जना गरी २७ जनाको निधन भएको छ। ती मध्ये पुरुष १० जना, महिला… Continue reading

आजका खबर : विप्लव समूहमाथि प्रतिबन्ध, प्रचण्ड र आफूलाई मार्न मान्छे खटाएको प्रमको दावी

Posted on March 12, 2019 by Salokya

आज फागुन २८ गते। आजको प्रमुख समाचार रह्यो- नेत्रविक्रम चन्द ‘विप्लव’समूहको नेकपामाथि केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाको सरकारले लगाएको प्रतिबन्ध। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको खबर अनलाइनखबरले राखेको छ। सरकारले मन्त्रिपरिषद् बैठक लगत्तै निर्णयबारे जानकारी दिने चलन रोकेर सरकारका प्रवक्ताले सिंहदरबारमा बासी भइसकेको निर्णय सुनाउने नयाँ चलन सुरु… Continue reading

आजकाे खबर: रेशम चौधरीलाई जन्मकैदको भोलिपल्ट सीके राउत थुनामुक्त, ‍विप्लव कार्यकर्तालाई गोली, एसएमजी बरामद

Posted on March 7, 2019March 7, 2019 by राजेन्द्र मगर

आज माघ  २३  गते बुधबार मधेश गठबन्धनका संयोजक डा.सीके राउत थुनामुक्त भएका छन्। पछिल्लो पटक रौतहट जिल्ला अदालत परिसरबाट पक्राउ परेका राउत सर्वोच्च अदालतको आदेशमा करिब पाँच महिनापछि रिहा भएका हुन्। बिहीबार साँझ सुनधारास्थित सेन्ट्रल जेलबाट उनी रिहा भएका हुन्। डा.राउतमाथि सुरक्षा चुनौती रहेको भन्दै एक जना सुरक्षाकर्मी उपलब्ध गराइएको छ। सिके राउत थुनामुक्त, सुरक्षा चुनाैती रहेकाे… Continue reading

आजको खबर : भरतमोहन अधिकारीको अन्त्येष्टिदेखि जय शम्भो, शिवरात्रीमा बाबा कम भो !

Posted on March 3, 2019 by राजेन्द्र मगर

आज फागुन १९ गते आइतबार। नेपालको पहिलो कम्युनिस्ट अर्थमन्त्री भरतमोहन अधिकारीको अन्त्येष्टि आज भएको छ। पशुपति आर्यघाटको एक नं. चिता जहाँ उनका सहोदर दाजु तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीलाई दागवत्ती दिइएको थियो, आज सोही चितामा राखेर अधिकारीलाई उनका तीन छोरीले दागबत्ती दिए। नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठले  भने, ‘मृत्यु शैयामा मृत्युसँग… Continue reading

आजको खबर : नख्खुमा बम विस्फोट, नक्सालमा बम डिस्पोज

Posted on February 22, 2019February 22, 2019 by Salokya

आज फागुन १० गते शुक्रबार दिनभरका घटनाक्रमलाई छायाँमा पारिदियो राति करिब ८ बजे नख्खुस्थित एनसेल भवनबाहिर भएको बम विस्फोटको घटनाले। विस्फोटनमा परी भवन बाहिर हिँडिरहेका तीन जना पैदल यात्री घाइते भए। घाइतेमध्ये लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङलाई मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखिएको समाचार पहिलोपोस्टमा छ। उनलाई सुरुमा बिएण्डबी अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यसैगरी घाइते प्रतीक्षा… Continue reading

आजका खबर : पूर्व एमालेको हेडक्वार्टरमा जनयुद्ध दिवसदेखि अख्तियार आयुक्तले नै घुस लिएको खुलासासम्म

Posted on February 13, 2019February 14, 2019 by Salokya

आज फागुन १ गते। पूर्व माओवादीहरुले यो दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँछन्। माओवादी एमालेसित एकता भई ने क पा बनिसकेपछि एमालेको पूर्व हेडक्वार्टर धुम्बाराहीमा जनयुद्ध दिवस मनाइयो जुन कार्यक्रमको नाममा जनआन्दोलनसमेत जोडियो। आजका अधिकांश अनलाइनहरुले यही खबरलाई प्राथमिकताका साथ दिएका छन्। कार्यक्रममा प्रधानमन्त्री उपस्थित भएनन्। पहिलोपोस्टले जनयुद्ध दिवस समारोहमा प्रधानमन्त्री पनि आउने कुरा थियो, नगरी… Continue reading

आजको समाचार : डा. केसीको अनशन १६औँ दिनमा, सरकारका प्रवक्ता भन्छन् : चिकित्सा शिक्षा विधेयक पारित गराएरै छाड्छौँ

Posted on January 24, 2019January 24, 2019 by राजेन्द्र मगर

आज माघ १० गते बिहिवार प्रमुख खबरको रुपमा रह्यो प्राध्यापक डाक्टर गोविन्द केसीले सांसदहरुलाई लेखेको पत्र। डा केसी १६ औ दिनदेखि अनशनमा छन्। चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्था नाजुक रहेको छ। १६ औ दिनसम्म अनशन बस्दा समेत सरकारले उनीसंग वार्ताको लागि पहल नगरेपछि उनले पत्र लेखेका हुन। पत्रमा केसीले चिकित्सा शिक्षा विधेयक पारित नहुनुको विकल्प… Continue reading

आजका खबर : कांग्रेसको संसद अवरोधदेखि गोंगबुमा गोलीसम्म

Posted on January 22, 2019 by Salokya

आज माघ ८ गते मंगलबार राजनीतिक खबरमा प्रमुख रह्यो- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रोष्ट्रम घेरेर मन्त्रीलाई चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न अवरोध गरेको। खासमा संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा नै संसद बैठक यसरी चलाउने भनी दलहरुबीच सहमति हुन्छ। प्रमुख प्रतिपक्षीले अवरोध गर्छौँ भनिसकेपछि सामान्यतया सांसदहरु चुप लाएर उठे मात्र पनि बैठक अघि बढाइँदैन।… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme