Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: अस्ट्रेलिया ब्लग

मेलबर्नको स्थानीय चुनाव : एक हप्तामा बल्ल आयो प्रारम्भिक परिणाम, तीन जनै नेपाली उम्मेदवार पराजित

Posted on October 29, 2016 by Salokya

अस्ट्रेलियाको मोरल्यान्ड सिटी काउन्सिलमा शनिबार भएको मतदान। कति दिनमा परिणाम आउला? आज त एक हप्ता भइसक्यो। अहँ, अझै पूर्ण परिणाम आइसकेको छैन। शुक्रबार पहिलो प्राथमिकताका भोटहरु गनेर प्रारम्भिक परिणाम सार्वजनिक गरिएको छ। पूर्ण परिणाम अबको एक हप्तापछि अर्थात् नोभेम्बर ४ सम्म आउने भनिएको छ। मतलब मतगणना दुई सातासम्म चल्दो रैछ। यस पटकको स्थानीय चुनावमा पहिलो… Continue reading

मेलबर्नमा स्थानीय चुनावको रन्को : नेपालीविरुद्ध नेपाली नै‍ उम्मेदवार, भोट नहाले जरिवाना

Posted on October 21, 2016October 22, 2016 by Salokya

अस्ट्रेलियामा नेपालीहरु बसोबास गर्ने राज्यहरुमध्ये दोस्रो नम्बरमा पर्छ भिक्टोरिया। यसैको राजधानी मेलबर्नको मोरल्यान्ड सिटी काउन्सिलका ११ सदस्य छान्न आज शनिबार स्थानीय समय अनुसार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुँदैछ। निर्वाचनमा तीन जना नेपाली मूलका उम्मेदवार पनि छन्। अस्ट्रेलियाको चुनावमा नेपाली मूलका उम्मेदवार बनेको यो पहिलो अवसर हो। त्यसैले यस पटकको यहाँको स्थानीय निर्वाचन… Continue reading

अस्ट्रेलियामा भेटिएको ‘नेपाल’

Posted on October 21, 2016October 21, 2016 by Salokya

छालावाला खसीको मासु, छालारहित खसी मासु, लोकल भाले…। नेपाली भाषामा लेखिएको यो साइनबोर्ड देख्दा नेपालकै कुनै ठाउँ हो कि जस्तो लाग्न सक्छ। तर हैन, यो ठाउँ काठमाडौँबाट हवाई दूरीमात्रै साढे नौ हजार किलोमिटरभन्दा बढी छ। यो सिड्नीमा देखिएको मासु पसलको साइनबोर्ड हो। अस्ट्रेलियामा भेटिएको काठमान्डु त ‘मेड इन चाइना’ रहेको र त्यसमा नेपालीहरु संलग्न नभएको… Continue reading

सिड्नीमा ५ म्याग्निच्युडको भूइँचालोले अत्याएको क्षण

Posted on October 17, 2016October 17, 2016 by Salokya

सेप्टेम्बर २० को मंगलबार राति काठमाडौँबाट उडेको विमानले ढाका र हङकङ हुँदै सात समुद्र पार गरेर बुधबार राति सिड्नी झारिदिँदा निकै थकाई लागिसकेको थियो। विमानको पर्सनल टिभीमा म्याप हेर्ने सुविधा थियो। अस्ट्रेलियाको भूमिमाथिको आकाश पुगिसक्दा पनि गन्तव्यमा पुग्न अझै चार घण्टा लाग्ने पो देखाउँथ्यो। बल्ल-बल्ल सिड्नीको एयरपोर्टमा झर्दा पनि इमिग्रेसनमा ५ सय जनाको भीडले कुर्दाकुर्दा… Continue reading

१२ शब्द जुन अस्ट्रेलियामा बस्नेले बाहेक अरुले नबुझेर वाल्ल पर्ने अवस्था आउन सक्छ

Posted on October 13, 2016October 13, 2016 by Salokya

कुनै देश वा ठाउँ विशेषमा प्रख्यात केही शब्द हुन्छन्, जुन त्यहीँका मान्छेले सहजै बुझ्छन्, तर बाहिरिया आयो भने नबुझेर वाल्ल पर्ने अवस्था आउन सक्छ। अस्ट्रेलियामा प्रख्यात केही त्यस्ता स्ल्याङ शब्द मैले नोटिस गरेको छु, जुन तपाईँलाई पनि रोचक लाग्न सक्छ कि। १) माइट यो अस्ट्रेलियामा एकदम प्रयोग हुने शब्द हो। हाम्रो ‘यार’ शब्द जस्तै हो… Continue reading

काठमान्डु : मेड इन चाइना

Posted on October 12, 2016October 17, 2016 by Salokya

काठमान्डु : मेड इन चाइना। सुन्ने बित्तिकै कस्तो अनौठो लाग्ने। हाम्रो देशको राजधानी कसरी चाइनामा बनेको हुनसक्छ र? काठमाडौँ त हामी आफैले बनाएका हौँ। तर काठमान्डु हाम्रो देशको राजधानीमात्र होइन, अस्ट्रेलियामा यो एउटा ब्रान्डको रुपमा पनि परिचित रहेछ। ट्रेकिङका लागि चाहिने महँगा सामानहरु उत्पादन र बेच्ने ब्रान्ड। मेलबर्नको एउटा काठमान्डु आउटलेटमा पसेर यसो हेर्दा एउटा… Continue reading

‘क्यामेरा हराएको मान्छे’ भएपछि सिड्नीमा सिकियो महँगो ज्ञान

Posted on September 26, 2016October 17, 2016 by Salokya

सिड्नीमा आइतबार मध्यरात हुनुअघि रेलमा क्यामेरा छुट्दा लागेको थियो- त्यत्रा सिसिटिभी क्यामेरा जडान हुन्छन् रेलभित्र-बाहिर। देख्ला भनेर कसैले उठाएर नलैजालान्। रिभ्सबीको त्यो स्टेसनमा हामी झर्दा त्यो डिब्बा र वरपरका पनि कोही थिएनन्। क्यामेरा रेलभित्रै छ भनेर थाहा पाउँदा रेल गुडिसकेको थियो। रेल गुडेको केही समयमै हामीले सिड्नी ट्रेनमा मोबाइलबाट रिपोर्ट गरिसकेका थियौँ। यहाँबाट यहाँ जाने,… Continue reading

अस्ट्रेलियामा क्रिकेट कौशलबाट नेपाल चिनाउँदै सन्दीप लामिछाने

Posted on September 24, 2016October 17, 2016 by Salokya

विश्वकप जितिसकेको देश क्रिकेटमा नेपाल जस्तो टेस्ट खेल्ने मान्यतासमेत नपाएको आइसिसीको एसोसिएट सदस्य राष्ट्रका खेलाडीको चर्चा हुन्छ जस्तो लाग्ला। तर हुँदो रहेछ। यु १९ विश्वकपमा तहल्का मच्चाएका सन्दीप यतिखेर अस्ट्रेलियामा छन्। उनलाई यु १९ विश्वकपका बेला बीबीसीले अस्ट्रेलियन महान खेलाडी सेन वार्नसँग तुलना गरेको थियो। उनलाई २०१५ को विश्व कप विजेता टिमका क्याप्टेन माइकल क्लार्कले… Continue reading

१४ घण्टाको उडानपछि सिड्नीमा

Posted on September 23, 2016October 17, 2016 by Salokya

सकेसम्म दिनमा एउटा भए पनि ब्लग पोस्ट गर्ने गरे पनि दुई दिनदेखि ब्लगमा केही लेख्न सकिएन। खासमा म अहिले अस्ट्रेलियाको सिड्नीमा छु। साहित्यकार साथी बुद्धिसागरसँगै आइपुगेकोहुँ। आइतबार यहाँ एउटा अन्तर्क्रिया कार्यक्रम छ। मंगलबार राति काठमाडौँबाट उडेर यहाँको समय अनुसार बुधबार राति बल्ल सिड्नी पुगेँ। राति ११ बजे उडेर ढाका हुँदै हङकङ पुग्न नै ६ घण्टा… Continue reading

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme