-शाक्षात सुशिल आन्निका, जाँड रक्सी र चुरोट नतान्ने अती कम फिन्निश युवतीहरू मध्ये एक । ‘स्टकम्यान’ डिपार्ट्मेन्टल स्टोरमा भेटिएको हँसिली र नेपाली पारा की ‘सोझी’ युवती ।म भन्दा झन्डै एक फिट अग्ली । बिहे भएको छैन् तर दुई सन्तान पाइसकेकी छिन् । प्रेमीबाट जन्मिएको रे, सन्तान जन्मिएको केही समयपछी ब्रेक अप भएर अहिले अर्कैप्रेमी रहेछ । दुई तीन दिन भैसकेको थियो उनको अनुहारमा साबिकको मुस्कान नदेखेको । सरसफाइ गर्ने क्रममा नजिक गएर फिन्निश भाषामा सोधे उनको उदासीकोकारण । बिचरी ! स्टकम्यानले कामदार घटाउदै थियो । त्यहि हप्ता उनलाई निकालिन्छ की राखिन्छ निर्णय दिने रहेछ । कामबाट निकालियो भने बिना बाउकोसन्तान बिचरीले कसरी हुर्काउली भनेर सोच्नु फिनल्याण्डको केसमा गलत हुन्छ किनभने बेरोजगारी भत्ता दिएर सरकारले नै हेरिदिन्छ । उनलाई त कामबाटनिकालिएको कुरा बच्चाहरूले थाहा पाए नराम्रो लाग्नेछ भन्ने चिन्ताले सताएको रहेछ् । उनी जति चिन्तित त होईन तर मेरो अवस्था पनि उनको जस्तै थियो । स्टकम्यानको लागि सरसफाई गर्ने कम्पनीबाट पनि कामदार निकाल्दै थियो जसमा म काम गर्थे । फिन्निश भाषा जान्ने र बेला बेलामा सुपरभाइजरको समेत काम गर्ने भएर म सेफ साइडमा छू की झै लाग्थ्यो