Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: Salokya

यस्तो रह्यो नाइट बसको पहिलो यात्रा

Posted on August 17, 2012August 18, 2012 by Salokya

६ महिना लामो प्रयासपछि आज रातिदेखि सुरु भयो काठमाडौँमा नाइट बस। यो बसमा पहिलो रातै यात्रा गर्ने इच्छा आज पूरा गरेँ। काठमाडौँको भित्री सहरको यात्रा गर्ने बसहरु वीर अस्पतालअगाडिबाट छुट्ने भए पनि आज पहिलो दिन उद्‌घाटन गर्नुपर्ने भएकोले रत्‍नपार्क, शान्ति बाटिकाअगाडिबाट बस छुट्दै थियो। त्योभन्दा अघि एउटा औपचारिक कार्यक्रम थियो-भाषणबाजीको। उपप्रम तथा स्थानीय विकास मन्त्रालयको… Continue reading

काठमाडौँ शहर, अब नाइट बस चल्छ सरर…

Posted on August 16, 2012August 17, 2012 by Salokya

काठमाडौँ शहर नाममात्रको महानगरका रुपमा रहेको तपाईँ-हामी सबैले अनुभव गरेकै हो। वास्तवमा मेट्रोपोलिटन सिटी भन्ने शब्द नै आफैमा लाज मान्नुपर्ने स्थिति थियो काठमाडौँको अवस्था देख्दा। साँझ पर्न पाएको हुँदैन, सार्वजनिक सवारी साधनमा गुन्द्रुक खाँदिए झैँ मान्छे खाँदिनु पर्छ। रात परेपछि त गाडी नै चल्दैन। महँगो ट्याक्सी चढ्नु बाहेक अरु विकल्प हुँदैन आफ्नै सवारी साधन नभएकाहरुलाई।… Continue reading

के-के गुम्यो खुमबहादुर खड्काको?

Posted on August 14, 2012August 14, 2012 by Salokya

सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले आज गरेको फैसलापछि पूर्वमन्त्री खुमबहादुर खड्काको के के गुमेको छ त? – इज्जत (भ्रष्टाचारीको कलंक अब उनको निधारमा सदाको लागि रहनेछ) – करिअर (अबको उनको राजनीतिक करिअरमा विश्राम लागेको छ। भ्रष्ट नेताहरुले नयाँ कानुन ल्याएमात्रै, नत्र त न उनी चुनाव उठ्न पाउँछन्, न मन्त्री, प्रधानमन्त्री लगायत… Continue reading

नेताहरुलाई अदालतले किन माया गर्छ?

Posted on August 14, 2012August 14, 2012 by Salokya

अन्ततः कङ्ग्रेस नेता खुमबहादुर खड्का पनि भ्रष्टाचारी नै ठहर भए। भ्रष्टाचारी भन्यो भने देशभर आन्दोलन चर्काउँछौँ भनेर कङ्ग्रेस नेता र कार्यकर्ताले थर्काउन खोजे पनि अदालतले आफ्नो स्वतन्त्र छवि कायम राख्यो। तर भ्रष्टाचारका मुद्दाहरुमा अदालतका फैसलाहरु हेर्दा नेतालाई किन धेरै माया गर्छ जस्तो लाग्नु स्वभाविक हो। अब हेर्नुस् न, सर्वोच्च अदालतले आज खुमबहादुर खड्कालाई ९४ लाख… Continue reading

खुमबहादुर भ्रष्टाचारी ठहर

Posted on August 14, 2012August 14, 2012 by Salokya

सर्वोच्च अदालते पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई आज भ्रष्टाचारी ठहर गरेको छ। सर्वोच्चले ९४ लाख ७४ हजार १ सय २३ रुपियाँ पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै त्यति रकम जफत र त्यति नै रकम जरिवाना गर्ने सजाय सुनाएको छ। त्यसैगरी उनले डेढ वर्ष जेल पनि बस्नु पर्नेछ। एक वर्ष भ्रष्टाचार गरेकोमा र ६… Continue reading

यस्तो पनि हुँदो रैछ

Posted on August 13, 2012 by Salokya

भूगोल र इतिहासबारे ज्ञान नभएको कुनै अज्ञानीले भनेको भए पो, बेवास्ता गर्नु, यहाँ त एउटा नाम चलेको कम्पनीलाई आएको सिपिङमा समेत यस्तो आपत्तिजनक कुरा पो लेखिएको रहेछ। माइसंसारलाई प्राप्त सिप्रदी अटो पार्टसको नाममा एउटा सिपिङको फोटोमा स्पष्टसँग पाउनेको ठेगानामा सहर काठमाडौँ, राज्य नेपाल र देश भारत लेखिएको छ। सिप्रदी अटो पार्टस् टाटा मोर्टसको स्पेयर पार्टस्… Continue reading

मर्नु अगाडि मान्छे केमा पछुतो मान्दा रैछन्?

Posted on August 11, 2012August 11, 2012 by Salokya

हामी अजर, अमर छैनौँ। हामी सबैलाई थाहा छ- एक दिन मर्नै पर्छ। तर यो सत्यलाई बिर्सन्छौँ र नमरेसम्म एकोहोरो दौडेको दौडेकै गर्छौँ। मृत्यु कसले देखेको छ र, हामी अहिले नै मृत्युको नजिक नहौँला। तर मृत्यु नजिकिएपछि, मृत्यु निश्चित भएपछि मानिसहरु के सोच्दा रहेछन् त? बोन्नी वेयरले धेरै वर्ष त्यसरी मृत्यु नजिक भएकाहरुको हेरविचार गर्ने काम… Continue reading

कृष्ण जन्माष्टमिमा कृष्ण मन्दिर

Posted on August 10, 2012August 10, 2012 by Salokya

कृष्ण जन्माष्टमि अर्थात् भगवान् श्रीकृष्णको बर्थ डे। भारतमा भोलि मनाउँछन् जन्माष्टमि पर्व। त्यहाँको सरकारी क्यालेन्डरमा पनि जन्माष्टमि भोलि नै लेखिएको छ। नेपालमा चाहिँ किन हो आजै मनाइयो। यहाँको क्यालेन्डरमा आजै छ जन्माष्टमि। आजको रातलाई मोहरात्री पनि भनिन्छ। हिन्दू धर्मावलम्बीहरु मोहरात्रीमा रातभर जाग्राम बस्छन्, नाच्छन्, गाउँछन्। यो दिन सबभन्दा रमाइलो हुन्छ पाटनको कृष्ण मन्दिरमा। राति नौ… Continue reading

आज के आएको छ मंगल ग्रहबाट?

Posted on August 10, 2012August 10, 2012 by Salokya

साढे दुई अर्ब अमेरिकी डलर खर्च गरेर सोमबार मंगल ग्रह पुगेको नासाको क्युरियोसिटी रोबोटले आज पठाएको यो रंगिन फोटो झन् रोचक छ। यो ३६० डिग्रीको प्यानोरामा (चारैतिर) को फोटोलाई जुम गरेर (फोटोमा क्लिक गर्नुस्, ठूलो हुन्छ) हेर्नुस् त। पृथ्वीको धुलो, रातो माटो भएको कुनै ठाउँ जस्तो देखिने रहेछ मंगल ग्रह त।

३० वर्ष नपुगेकी महिला खाडीमा काम गर्न जान नपाइने

Posted on August 9, 2012August 9, 2012 by Salokya

सरकारले बुधबार एउटा अनौठो निर्णय गरेको छ- ३० वर्ष पूरा नभएकी महिला खाडी देशहरुमा काम गर्न जान नपाउने। किन यस्तो गरियो रे भन्दा सरकारका प्रवक्ता राजकिशोर यादवले भनेछन्- नेपाली केटीहरु सानै उमेरमा खाडीमा जान्छन्। तिनीहरुलाई त्यहाँ ठूलो शारीरिक तथा मानसिक यातना भइरहेको छ। ३० वर्ष पुगेका महिला महिला पाका हुन्छन्, सही निर्णय गर्न सक्ने हुन्छन्,… Continue reading

लौ आयो मंगल ग्रहबाट नयाँ फोटो

Posted on August 9, 2012August 9, 2012 by Salokya

मंगल ग्रहमा रहेको नासाको क्युरियोसिटी रोबोटले पठाएको दुई फोटोको संयोजित नयाँ फोटो आज सार्वजनिक भएको छ। ब्ल्याक एन्ड ह्वाइट भए पनि यो फोटो यसअघिको जस्तो धमिलो नभई स्पष्ट छ। यसमा मंगल ग्रहको ल्यान्डस्केप स्पष्ट रुपमा हेर्न सकिन्छ। फोटो अवतरण भएको गेल क्रेटरबाटै खिचिएको हो। रोबोट त्यहाँबाट गुडिसकेको छैन। त्यो टाढा देखिएको चाहिँ सार्प नाम राखिएको… Continue reading

महेश बस्नेतले मन्त्रीको टाउको फोर्ने, ओलीले प्रधानमन्त्री टिपेर फाल्ने

Posted on August 8, 2012August 8, 2012 by Salokya

आजको बन्दमा थप एक घण्टा डिस्काउन्ट बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाई आफ्ना नेताहरुलाई राख्‍ने ‘म हान्’ उद्देश्यका साथ एमाले नेताहरुको निर्देशनमा भइरहेको बन्दको चौथो दिन युवा संघ, नेपालले आज उपत्यकामा थप एक घण्टा डिस्काउन्ट दिएको छ। उपत्यकामा यो लगातार चौथो दिनको बन्द हो। यसअघि २० घण्टा डिस्काउन्ट दिएर बिहान ६ बजेदेखि १० बजेसम्म बन्द गर्दै… Continue reading

पत्रकार कुटिँदा किन पत्रकार दुःखी भएनन्?

Posted on August 6, 2012August 7, 2012 by Salokya

सामान्यतया पत्रकार कुटिँदा अरु पत्रकारहरु कोकोहोलो मच्चाउँछन्, चाहे त्यो जाँड खाएको बेलामा भएको झगडाका कारण कुटिएको होस् वा विकृति पर्दाफास गर्न चलाएको कलमका कारण। यस पटक भने अलि फरक भयो। हिरोइन रेखा थापाले सौर्य दैनिकका एक पत्रकारलाई कुट्दा त्यसरी हात हालिहाल्न चाहिँ नहुने थियो, कानुनी रुपमा अघि गए हुन्थ्यो भन्नेको आवाजै दबियो। बरु पत्रकारहरुले नै… Continue reading

मंगल ग्रहको महंगो यात्रा

Posted on August 6, 2012August 6, 2012 by Salokya

रातो ग्रहका रुपमा चिनिने मंगल ग्रहबारे धेरैले धेरै किसिमका कल्पना गरे। कति कथा र फिल्महरुमा त मंगल ग्रहवासीहरुले पृथ्वीमा आक्रमण गरेको समेत देखाए। यो ग्रह सँधै मानवका लागि क्युरियोसिटी (जिज्ञासा) जगाउने कुरा भइरह्यो। त्यहाँ अहिले जीवन छ होला त ? पहिले जीवन थियो कि ? यही जिज्ञासा मेटाउन मंगल ग्रहका लागि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले… Continue reading

बन्दमा पनि ‘डिस्काउन्ट’

Posted on August 5, 2012August 5, 2012 by Salokya

एमाले नेताहरुको निर्देशनमा यसका युवाको संगठन युवा स‌ंघ, नेपाल (पुरानो नाम युथ फोर्स नेपाल)ले आजदेखि चार दिन गज्जबको ‘बन्द’को आयोजना गरेको छ। बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउन गरिएको यो ‘म हान्’ आन्दोलनलाई केही मिडियाले चक्काजाम भनेर मानहानी गरे पनि वास्तवमा युवा स‍ंघले आयोजना गरेको भने चक्काजाम हैन ‘बन्द’ नै हो। उसको आधिकारिक विज्ञप्तिले पनि त्यही… Continue reading

‘गोरु’ गाई बनी जात्रामा हिँडेको दिन

Posted on August 3, 2012August 3, 2012 by Salokya

आज गाईजात्रा हो। गएको वर्ष मरेका आफन्तको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि यो पर्व मनाइन्छ। मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराउने प्रचलन छ आज। सँगैको फोटोमा देखिने अरु कोही नभएर म आफै हुँ। सन् १९८९ मा हो क्यारे म यसरी सहर डुलेको। माइला बुबाको मृत्युपछि परम्पराअनुसार गाई पठाउन म, भाइ र फुपूको छोरा… Continue reading

गाडी सुविधा दिनु नराम्रो, फुटाउनु चैँ राम्रो?

Posted on August 2, 2012August 2, 2012 by Salokya

भूपू भीआइपीलाई सुविधा दिएको विरोधमा गाडी खोस्नेसहित सरकारविरोधी ‘म हान्’ आन्दोलन हाँकिरहेको एमालेको युवा स‌ंघ नेपालले हिजो नयाँ बानेश्वरमा मच्चाएको ताण्डव दृश्य आजको रिपब्लिका दैनिकले फ्रन्टपेजमा छापेको छ। हिजो आधा घण्टे चक्काजाममा उनीहरुले तीन वटा सरकारी गाडी तोडफोड गरे। सुविधा दिनु गलत हो, यसमा त धेरैको सहमति छ। तर जनताको करबाट सुविधा दिनु गलत हो… Continue reading

यस कारण जान सक्छन् खुमबहादुर खड्का जेल

Posted on August 1, 2012August 1, 2012 by Salokya

सर्वोच्चले साउन ३० मा फैसला सुनाउने झण्डै एक दशक लगाएर मुद्दा चलेपछि पूर्वमन्त्री तथा कांग्रेस नेता चिरन्जीवी वाग्ले कैद भुक्तान गरेर बाहिरिसके र तत्कालीन कांग्रेस नेता तथा अहिले फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ता अहिले डिल्लीबजारको जेलमा छन्। अर्का कांग्रेसी नेता तथा पूर्वमन्त्री गोविन्दराज जोशी विशेष अदालतबाट भ्रष्टाचारी ठहर भइसकेका छन् तर सर्वोच्चमा अपील गर्न पाउने… Continue reading

खायौ अब जीवनभर ‘भूपू सुविधा’! अहिलेलाई त रोकियो

Posted on July 31, 2012July 31, 2012 by Salokya

भूपू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, गृहमन्त्रीलाई आजीवन सुविधा दिने गरी ल्याइएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। अब यो मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म अध्यादेश कार्यान्वयन गर्न पाइने छैन। अर्थात् जो-जसले गाडी फर्काएका थिए, फर्काइहाले, नफर्काउनेहरुले पनि फर्काउनु पर्नेछ। गाडी मात्र हैन, घर हुँदाहुँदै हसुरिरहेको घरभाडा, मर्मत खर्च इत्यादि पनि फर्काउनु पर्नेछ।… Continue reading

गोविन्द जय-जय भन्दै हाइवे जाम !

Posted on July 31, 2012July 31, 2012 by Salokya

गोविन्द जय-जय, गोपाल जय जय !! राधा-रमण हरि, गोविन्द जय-जय !! बोल भएको भजन हैन ब्यारे, यो त अर्कै खाले पो त। तपाईँले देउताको भजन गा’को भन्ठान्नु भा’को ? हैन, यो त भ्रष्टाचारीको भजन पो गाएको त। कसले ? कसले हुनु अब, कार्यकर्ताहरुले नि ! कहाँ ? उनकै गृह जिल्ला तनहुँमा। कहिले ? साउने सोमबारको… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 195
  • 196
  • 197
  • 198
  • 199
  • 200
  • 201
  • 202
  • Next

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme