Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Author: राजेन्द्र मगर

आजको खबर : मेलम्चीको गाँठो फुक्यो, एक वर्षदेखि बन्द मलेसिया रोजगारी खुल्ने संकेत

Posted on May 23, 2019May 23, 2019 by राजेन्द्र मगर

आज  जेठ  ९ गते बिहिबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- राहदानी दोश्रो संशोधन विधेयक फिर्ता भएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको लापरवाहीका कारण प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पेश भएको विधेयक  फिर्ता भएकाे शिलापत्रले लेखेकाे छ। सभामुख कृष्णबहादुर महराले प्रमाणित गरी प्रमाणिकरणको लागि पठाएको राहदानी सम्बन्धी विधेयक संविधान बमोजिम कानून प्रकृया नपुर्याएको भन्दै राष्ट्रपति… Continue reading

आजको खबर : ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लागेपछि कुलमानले भने, ‘ प्रमाणित भए झण्डिएर मर्छुु’

Posted on May 21, 2019May 22, 2019 by राजेन्द्र मगर

आज  जेठ ७गते बुधबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- सांसद अमनलाल  मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरूसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप  कुलमान घिसिङलाई लगाएपछि हंगामा भएको छ। मंगलबार घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच आरोप-प्रत्यारोप चल्यो। उनीहरु दुईबीचको आरोप प्रत्यारोपले मिडिया… Continue reading

छाया सरकारः देउवा प्रधानमन्त्री, गगन थापा शिक्षामन्त्री :कुलमान घिसिङको पक्षमा अदालतको फैसला

Posted on May 20, 2019May 20, 2019 by राजेन्द्र मगर

आज  जेठ ६  गते  सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- आज सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले छाया सरकार गठन गरेको विषय प्राय सबै मिडियामा छाइरहे। सोसल मिडियामा कतिपयले कांग्रेसको छाया सरकारलाई खिल्ली पनि उडाए। विगत लामो समयदेखि कांग्रेसले छाया सरकार बनाउने  बताउँदै आएको थियो। संसदीय व्यवस्था भएको… Continue reading

आजको खबर : सोल्टी होटलको क्लबमा पूर्व गभर्नर पुत्रको करङ भाँचियो : मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम फेरि ल्याउने तयारी

Posted on May 19, 2019May 20, 2019 by राजेन्द्र मगर

आज  जेठ ५  गते  आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- उपत्यकाभित्र मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने नियम फेरि ल्याउने तयारी भएको छ।

आजको खबर: सुन पसलबाट एसिड ल्याएर ‘विष्णुले श्रीमती जलाए, गाडी दिँदा आलोचनाको डर, मोटरसाइकल दिने निर्णय

Posted on May 16, 2019 by राजेन्द्र मगर

आज  जेठ २ गते  बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- बुधबार साँझ कालोपुलमा एसिड आक्रमणमा परेकी युवतीलाई आफ्नै श्रीमानले एसिड प्रहार गरेको खुलेको छ। अहिले उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। काभ्रे घर भएका विष्णु भुजेल एसिड आक्रमणको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले भुजेललाई नियन्त्रणमा लिँदा उनको कपडा… Continue reading

प्रचण्डको प्रश्न : एमालेका नेतालाई लाइन लाएर प्रधानमन्त्री बनाउने म अस्थिर गज्जब ? देखि फेरि एक युवतीमाथि एसिड प्रहार

Posted on May 15, 2019 by राजेन्द्र मगर

आज  जेठ १  गते  बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- ललितपुर सुनाकोठीका बासिन्दाले आजबाट सडक बन्द गर्दै सवारी साधन चलाउन रोक लगाएका छन्। एक हप्ताअघिदेखि चापागाउँका स्थानीयहरुले सडक निर्माण गर्नुपर्ने माग गर्दै दैनिक केही घण्टा गाडी रोकेर विरोध प्रदर्शन सुरु गरेका थिए। चार दिनदेखि भने उनीहरू सडक नै… Continue reading

डिजेल किन्ने पैसा नहुँदा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम ठप्प,प्रदीप गिरिले अर्थमन्त्रीलाई भने- एउटा बाटो रोज्नुस्

Posted on May 14, 2019 by राजेन्द्र मगर

आज  वैशाख  ३०  गते मंगलबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन्। सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताए। अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै… Continue reading

गगनले अर्थमन्त्रीलाई सोधे, ‘यो वर्ष सुखद् रह्यो भन्ने एउटा मान्छे मलाई भेटाइदिनुस्, योगेशको जवाफ: ‘औँसीको रातमा जन्मेकाहरूले जतासुकै अन्धकार नै देख्छन्’

Posted on May 13, 2019May 13, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २८  गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा राजनीतिक दल र त्रिविकै नेताहरुका आफन्तलाई पास गराइएको विषयले व्यापक चर्चा पाएपछि वैद्य र विप्लव नेतृत्वका माओवादीको विद्यार्थी संगठनले तालाबन्दी गरेका छन्। त्रिवि आयोग अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा भूमिगत शैलीमा पुगेका विद्यार्थी नेताहरुले… Continue reading

देउवाको प्रश्न- जय नेपाल नभनेर के जय इन्डिया, जय चीन भन्ने त? : प्रेसमाथिको ‘कू’, फिर्ता गराउँने दावी

Posted on May 12, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २७  गते आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- नेपाली मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रेस स्वतन्त्रतामाथिको ‘कू’ भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्। देउवाले प्रेस स्वतन्त्रताविरुद्ध आउने विधेयकको कांग्रेसले डटेर विरोध गर्ने जनाए। उनले भने, ‘यो प्रेस स्वतन्त्रतामाथिको ‘कू’… Continue reading

होटल याक एन्ड यतीबाट १२ भारतीय नागरिक पक्राउ : सरकारले काममा सिन्को समेत नभाँचेको गगन थापाको दावी

Posted on May 11, 2019May 11, 2019 by राजेन्द्र मगर

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भियतनामको राजकीय राजधानी हानोइमा राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको छ। त्यहाँका प्रधानमन्त्री न्याग्युन स्वान फुच गुइजुएन जुआन फुकले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्। उनको सम्मानमा त्यहाँको सैनिक टुकडीले गार्ड अफ अनर प्रदान गरेको छ। यसैबीच दुई समकक्षीबीच भेटवार्ता भएको छ। त्यस्तै दुई देशबीच द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी सहमति पत्रमा… Continue reading

नयाँ शुल्कको सम्झौता नगरे इन्टरनेट र टीभीको तार काट्ने कुलमानको चेतावनी: असन जोगाउन स्थानीयवासी आन्दोलित

Posted on May 11, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २५ गते शुक्रबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- करिब पाँच सय वर्षपुरानो असनको अशोकवृक्ष विहार भत्काउन लागेपछि स्थानीयवासी आन्दोलित भएका छन्। गुठी संस्थानले असनको ऐतिहासिक पुरातात्विक सम्पदा भत्काएर नयाँ व्यापारिक भवन बनाउन एक सहकारीलाई ‘लीज’ मा दिएपछि  स्थानीय सडकमा उत्रेका हुन्। कोठुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीका… Continue reading

बालुवाटारको जग्गामा भाटभटेनी सञ्चालकको ‘कनेक्सन’ : पत्रकारलाई १० लाख रूपैयाँसम्म जरिवाना गराउने कानुन बन्दै

Posted on May 9, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २५ गते बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा प्रकरणमा ‘कनेक्सन’ भेटियो छ। सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति/मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल… Continue reading

कांग्रेसले संसदमा मेरो अपमान गर्‍यो: प्रधानमन्त्री ओली, कम्युनिष्ट शासन आए रून पनि पाइँदैन भनेको अहिले पुष्टि हुँदैछ: देउवा

Posted on May 8, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २४ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- संसदमा प्रश्न सोध्ने नाममा कांग्रेस सांसदहरुले आफ्नो अपमान गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् । मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि सांसदहरुले प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्रीले… Continue reading

आजको खबर : ‘लाखौँ खर्च गरेर नर्सिङ पढेकोमा पछुतो लागिरहेको छ, अब पानीपुरी बेच्‍नुपर्ला जस्तो छ’

Posted on May 8, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २४ गते मंगलबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- विगत तिन दिन देखि मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुले नेपाल नर्सिङ संघको कार्यलय घेराउ गरेका छन। आफुहरु अन्यायमा पर्दा संघले सहयोग नगरेको उनीहरुको आरोप छ। आफ्नो माग पुरा गराउन दबाव दिन उनीहरुले संघमा धर्ना दिएका हुन। नर्सिङ संघको… Continue reading

आजको खबर: लेखापालले १६ वर्षमा असुले ५ कराेड घुसदेखि अवैध ३० तोला सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

Posted on May 6, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २३ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- कोटेश्वरमा फेला परेको शङ्कास्पद बस्तु विस्फोटक पदार्थ नभएको प्रहरीले दावी गरेको छ। नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा विस्फोटक पदार्थ नभएको महानगरीय प्रहरी वृत्तका डिएसपी गोविन्द काफलेले जानकारी दिए। उनका अनुसार बम भनिएको शंकास्पद वस्तुमा फोहोरको झोला थियो।… Continue reading

आजको खबर : अस्पतालका निर्देशकले नर्सलाई ‘एक एक गरेर ठीक पार्छु’ भन्दै थर्काए, प्रहरीले लाठी देखाउँदै तर्साए

Posted on May 5, 2019May 6, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २२ गते आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- विगत १३ दिनदेखि आन्दोलनरत नर्सहरुले नेपाल नर्सिङ काउन्सिल घेराउ गरेका छन्। लामो समयदेखि आन्दोलन गर्दा पनि  संघले समन्वयकारी भुमिका नखेलेको उनीहरुको आरोप छ। हरी दमन बन्द गर! जोखिम भत्ता लागु गर! नर्सको उचित सम्मान गर! वी वान्ट जस्टिस्!… Continue reading

प्रधानमन्त्री ओलीले भने–यो सरकार राष्ट्रपतिकै हो

Posted on May 5, 2019May 5, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २१ गते शनिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- सङ्घीय समाजवादी पार्टीनेपाल र नयाँ शक्ति पार्टी बीच एकताका लागि सहमति भएको छ। समाजवादी पार्टिका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टिका सयोजक बाबुराम भट्टराई बीच भएको छलफलले एकता गर्ने निर्णय गरेको हो। सहमति पत्रमा ‘समाजवादी पार्टी, नेपालले… Continue reading

आजको खबर : ‘कन्टेन्ट’को बहस मोड्न सरकारको रणनीतिगत त्रुटी देखि हाइवेलाई रनवे बनाउन कति सम्भव ?

Posted on May 3, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २० गते बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको २१८ बूँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विमानस्थलबारे तीन बूँदा उल्लेख थिए। त्यसमध्ये एउटामा राष्ट्रिय राजमार्गलाई धावनमार्गको रुपमा विस्तार गर्ने अर्थात् हाइवेलाई रनवे बनाउने नीति छ। के यो सम्भव छ त ? हाइवेमा… Continue reading

आजको खबर : नेपालमै पहिलोपटक बर्ड फ्लुको कारणले एक युवाको मृत्यु : को हुन् बर्ड फ्लुबाट ज्यान गुमाउने व्यक्ति ?

Posted on May 2, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १९ गते बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- बर्ड फ्लुबाट नेपालमा पहिलो पटक एक जना २१ वर्षिय  युवकको मृत्यु भएको छ। गत चैत १५ गते बर्ड  फ्लुका कारण मृत्यु भएको हो। युवकको र्यालको नमूना टेकुस्थित राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला परीक्षणका लागि पठाइएको थियो। बर्ड फ्लुको भएको पुष्टी भएपनि… Continue reading

आजको खबर : वृद्धभत्ता ५ हजार पुग्ने भाषण ‘हचुवा’देखि प्रचण्डले ढाल्न सक्छन् त प्रदेश २ को सरकार?

Posted on May 1, 2019May 1, 2019 by राजेन्द्र मगर

आज  वैशाख  १८ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्- देश समृद्ध बनाउनुपर्ने आफ्ना धारणाले केहीको छाती पोल्ने गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। ‘देश समृद्ध बनाउँ भन्दा छाती किन पोलेको होला? नेपाली सुखी बनाउँ भन्दा मन किन भतभत हुने,’ उनले भने, ‘समृद्ध नेपाल सुखी नेपाली हामी सबैको… Continue reading

Posts pagination

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • …
  • 9
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme