तीन करोड जनसङ्ख्या भएको देश। सुनका असर्फी जम्मा १४ हजार वटा। बेच्ने ठाउँ एउटा। समय दुई दिनको आठ घण्टा। अनि नियम चाहिँ ‘फर्स्ट कम, फर्स्ट सर्भ्ड’ ! यो कुनै निजी व्यापारीले ग्राहक तान्न आयोजना गरेको सेल होइन। देशको मौद्रिक नीति बनाउने, वित्तीय प्रणालीको नियमन गर्ने र अर्थतन्त्रको स्थायित्व हेर्ने जिम्मेवारी पाएको नेपाल राष्ट्र बैंकको कार्यक्रम… Continue reading
Author: सुशील कार्की
एनआरएनलाई दोहोरो नागरिकता दिँदाको एउटा ‘साइड इफेक्ट’ : नेपाल तयार छ ?
विदेशमा बसेका नेपालीलाई दोहोरो नागरिकता दिने कि नदिने ? यो बहसमा प्रायः सुनिने तर्क हो—विदेशमा कमाएको पैसा नेपाल आउँछ, ज्ञान र सीप भित्रिन्छ, लगानी बढ्छ र देशलाई फाइदा हुन्छ। कुरा सही हो। तर यसका फाइदामात्रै छन् कि केही साइड इफेक्ट पनि हुन सक्छन् ? यसको एउटा रोचक अनुभव मसँग छ। त्यो पनि नेपालमा होइन, इजिप्टमा… Continue reading
दुर्गाले मारेका महिषासुरलाई राक्षस होइन, पुर्खा मान्ने गाउँ
हामी दशैँमा महिषासुरको वध भएको खुसी मनाउँछौँ। तर भारतका केही गाउँमा त्यही घटनालाई सम्झेर शोक मनाइन्छ भन्ने सुन्दा तपाईंलाई कस्तो लाग्छ?
आफ्नो पक्षमा भए प्रमाण, विपक्षमा भए एआई !
रास्वपा सांसद खगेन्द्र सुनारको भनिएका चारवटा अडियो सामाजिक सञ्जालमा भाइरल छन्। ती अडियोमा प्रयोग भएका शब्द, गालीगलौज र अभिव्यक्ति यति निकृष्ट छन् कि परिवारसँग बसेर सुन्नसमेत अप्ठ्यारो पर्छ। एउटा सामान्य परिवारको कुरा छाडौँ, साथीभाइसँग बसेर पनि ती अडियो सुन्न असहज हुन्छ। अझ एउटा अडियोमा किशोरजस्तो सुनिने आवाजले आफ्नै आमा र आफूमाथि लक्षित गालीगलौज सुनिरहेको प्रसङ्ग… Continue reading
छापा पत्रिकालाई डिजिटल प्रविधिले मार्दैछ कि पत्रिका आफैँले?
अरूलाई जवाफदेहिताको पाठ पढाउने मिडियाले आफ्नै पाठकलाई चाहिँ किन जवाफ दिनुपर्दैन? यो जम्मा १,७०० रुपैयाँको होइन, पाठकको विश्वासको कुरा हो। बाहिर जिल्लातिर गएको बेला स्वाभाविक रूपमा सोधिने प्रश्न हो, ‘घर कहाँ हो?’ ‘काठमाडौं।’ ‘अनि काठमाडौं कता?’ ‘भक्तपुर।’ ‘एऽऽ! भक्तपुर रहेछ, काठमाडौं पो भन्नुहुन्छ!’ धेरैपटक ‘काठमाडौं भनेको काठमाडौं हो, भक्तपुर होइन’ भन्ने छेडखानी भेटेपछि मैले घर… Continue reading
संस्थापकको अन्तिम ब्लग
म माइसंसारबाट अलग भएँ, तर माइसंसारको यात्रा रोकिँदैन २२ वर्षदेखिको साथ। हजारौँ ब्लग। असङ्ख्य सम्झना। अनि आज एउटा यस्तो निर्णय, जुन गर्न मलाई सजिलो थिएन। कहिलेकाहीँ जीवनमा यस्तो मोड आउँदो रहेछ, जहाँ आफूले सबैभन्दा माया गरेको चिजबाटै केही समयका लागि टाढिनुपर्ने हुन्छ। आज म त्यही मोडमा उभिएको छु। मैले माइसंसार छाड्ने निर्णय गरेको छु। तर… Continue reading





