Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पानी माथिको ओभानो हुन खोजिरहेका ओली

Posted on October 24, 2025October 24, 2025 by सूर्य खड्का

खासमा ऊ निरंकुश थियो, त्यसैले पहिला दमन गर्‍यो। दमनबाटै ऊ शक्ति प्रमाणित गर्न उद्धत थियो। तर सकेन। अनि भाग्यो। ऊ निर्दयी थियो, त्यसैले उसले सक्ने जतिलाई मार्‍यो, अन्तिमसम्म मारेरै राज गर्न खोज्यो, तर सकेन। अनि भाग्यो। निरंकुशहरु सुरुमा दमन गर्छन्, दमनमा नसकेपछि हारेर भाग्छन्। ऊ भगौडा निरंकुश थियो। अब उसको असफल विगत, आपराधिक विगतको रमिते… Continue reading

वाक्कलाग्दो संसार, दिक्कलाग्दो दिन !

Posted on September 17, 2025September 17, 2025 by Salokya

हेडलाइन मेरो हैन। यो अहिले जेन जी आन्दोलनभन्दा अगाडि टिकटकमा ट्रेन्डिङमा रहेको गीतको बोल हो। ब्लगको सुरुमै केरमेट देख्दा अचम्म लाग्यो होला। खासमा मैले यी शब्द आन्दोलन हुनुभन्दा केही दिन अगाडि नै लेखेको थिएँ। तर त्यसलाई पूरा नगर्दै देशमा अकल्पनीय घटना भयो। अहिलेसम्म त ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। सिकिस्त घाइतेहरु बाँकी छन्।… Continue reading

राष्ट्रपतिले ‘बडो जुक्तिले प्राप्त अवसर’ भन्नुको अर्थ के?

Posted on September 13, 2025September 13, 2025 by Salokya

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको हिजो रातिको शपथ ग्रहणसँगै देशमा एक किसिमको अन्यौल हट्यो। आजदेखि निषेधाज्ञा र कर्फ्यु पनि हट्यो। सडकमा सेनाको उपस्थिति पनि देखिएन। एकछिन यसो निस्किएको थिएँ, जलेका भवनहरुमा सरसफाई चलिरहेको छ। बाटोको बीचमा रहेका जलाइएका गाडीहरुलाई छेउमा राखिएको छ। सफा गरे पनि टायर सहित अन्य वस्तु जल्दाको कालो दाग सडकहरुमा कायमै छ। घाइते… Continue reading

देशले पायो पहिलो महिला प्रधानमन्त्री, ६ महिनामा चुनाव होला त?

Posted on September 13, 2025September 13, 2025 by Salokya

ओली–देउवा मिलेर दुई-तिहाईको गणित मिलाउँथे, जेन-जीहरूले पाँच दिनमै त्यो गणितलाई क्याल्कुलेटरबाट delete गरेर नयाँ समीकरण निकालिदिए। एमाले कांग्रेसको झण्डै दुई तिहाईको सरकार विस्थापित गरी नयाँ अन्तरिम सरकार बन्यो जसका प्रमुखका रुपमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले आज राति शितल निवासमा शपथ ग्रहण गरेकी छिन्। हिजो रातभरको हल्ला अनि आज दिनभरको सकसपछि जेन-जीको प्रस्तावमा देशले पहिलो… Continue reading

आतंकित बनाउने फेसबुक लाइभको खास कुरा यस्तो रहेछ

Posted on September 12, 2025September 12, 2025 by Salokya

नेपालमा हल्ला फैलाउन खासै धेरै बहाना चाहिँदैन। फेसबुकमा कसैले लाइभ हाने पुग्छ, बाँकीको काम भने ‘शेयर’ बटनले गरिदिन्छ। भदौ २६ गते राति पनि त्यस्तै भयो। तेजविक्रम कार्की नामका फेसबुक प्रयोगकर्ताले लाइभमा देखाए – “नम्बर प्लेट नै नभएको सेनाको बख्तरबन्द गाडी हेटौडाबाट काठमाडौं जाँदैछ।”

हिजोको ‘नाइट सो’ मा के-के भयो देशमा ? १० बूँदामा

Posted on September 12, 2025September 12, 2025 by Salokya

देश हिजो हल्लैहल्लाले हल्लाएको थियो। तर हिजो रातभर केही महत्त्वपूर्ण कुरा पनि भएको छ जसलाई ‘नाइट सो’ छुटाउनु भएकाहरुका लागि छोटकरीमा १० बूँदामा १. सुशीला कार्की कार्डअन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने कुरा त हुने निश्चित जस्तै भएछ।  जेनजीले उनैलाई बनाउनु पर्ने माग गरेका छन्। राष्ट्रपति पनि सहमत भएछन्। परम्परागत दलहरु पनि सहमत भएछन्। अब… Continue reading

हल्लै हल्लाले हल्लायो देश

Posted on September 11, 2025 by Salokya

सोमबारको जेन जी प्रदर्शनपछि तीव्र गतिमा परिवर्तन हुँदै गरेको देशको राजनीतिक परिस्थिति आज चौथो दिनमा आइपुग्दा हल्लै हल्लाले हल्लाएको छ। पुष्टि कसैले गर्न सकेका छैनन् तर हल्ला त यस्तो छ मानौँ आजै मध्यरातसम्म केही भइसक्छ। कतिले राजा फर्काइसके, कतिले राष्ट्रपतिलाई थुतिसके। कतिले कू नै गराइसके। कतिले श्री एयरलाइन्सको उडान दिल्लीमा अवतरण गराइसके भने कतिले इन्डिगो… Continue reading

संकटको बेला सरकारी समाचार एजेन्सीले नै झुटो खबर फैलाएपछि…

Posted on September 11, 2025September 11, 2025 by Salokya

यहाँहरुमध्ये धेरैले ध्रुव राठीको भिडियो युट्युबमा हेर्नुहुन्छ होला। २९ मिलियनभन्दा बढी सब्सक्राइबर्स भएका उनले हिजो नेपालको बारेमा एउटा भिडियो राखे- जसमा सुरु मै भनिएको छ कि पूर्व प्रधानमन्त्रीको घरमा आगो लगाउँदा उनकी पत्नीको निधन भयो। प्रमाणका रुपमा उनले भारतीय मिडिया मिन्टको अनलाइनमा प्रकाशित समाचार राखेका थिए। ध्रुव राठीमात्रै होइन, अन्य थुप्रै भारतीय मिडियाले पनि यो… Continue reading

देशमा के भइरहेको छ ?

Posted on September 10, 2025September 10, 2025 by Salokya

हेडलाइनको जवाफ खोज्न ब्लग पढ्दै हुनुहुन्छ भने निराश हुनुपर्ने अवस्था छ। देशमा के भइरहेको छ, कसैलाई थाहा छैन। यति छिटो छिटो चेन्ज भयो कि भेउ पाउनै गाह्रो भइरहेको छ। सोमबार जेन जीको शान्तिपूर्ण भनिएको आन्दोलन भड्काइएपछि १, २ गर्दागर्दै १९ जनाको मृत्युको समाचार सुन्नु पर्‍यो। आज बुधबार रातिसम्म आइपुग्दा ज्यान गुमाउनेको संख्या ३० पुगेको पुष्टि… Continue reading

१९ जनाको हत्यापछि कर्फ्यु नाम मात्रको, रोक्न सकेको छैन आक्रोश

Posted on September 9, 2025September 9, 2025 by Salokya

अहिले मैले ब्लगमा यी शब्दहरु लेखिरहँदा राजधानी काठमाडौँ एउटा नेतातन्त्रविरुद्ध आक्रोशको ज्वालामुखी फुटेको ठाउँका रुपमा परिणत भइरहेको छ। यी शब्द लेख्नुभन्दा अगाडि म काठमाडौँका केही ठाउँहरु घुमेको थिएँ। यति आक्रोश थियो, यति पीडा थियो कि के भनौँ। भन्नलाई त सरकारले बिहानैदेखि कर्फ्यु लगाएको घोषणा गरेको थियो। तर कर्फ्युको घोषणा गर्नु र त्यसलाई लागू गराउनुमा फरक… Continue reading

बिना जानकारी खाता रोक्काको गुनासोमा राष्ट्र बैँकले भन्यो- ‘Your complaint is invalid’

Posted on August 31, 2025August 31, 2025 by Salokya

यसअघिको ब्लगमा मैले भदौ ४ गते ग्लोबल आइएमईको मोबाइल एपबाट भुक्तानी गर्न खोज्दा नभएको र पछि ब्याङ्कलाई इमेल गर्दा मात्र अदालतको आदेशमा खाता रोक्का भएको जानकारी पाएको लेखेको थिएँ। (छुटाएको भएको भए पढ्न यहाँ क्लिक गर्नुस्) अदालतले मलाई अहिलेसम्म मेरो ब्याङ्क खाता किन रोक्का भयो भन्ने जानकारी दिएको छैन। अंशचलनको मुद्दामा मैले अंश पाउने फैसला… Continue reading

ओरालो लागेको सालोक्यलाई ब्याङ्कले पनि खेद्छ !

Posted on August 28, 2025August 28, 2025 by Salokya

कल्पना गर्नुहोस्—तपाईँसँग नगद पैसा छैन। एक साँझ तपाईँ रकम भुक्तान गर्न मोबाइल ब्याङ्किङको क्युआर कोड स्क्यान गर्नुहुन्छ, तर असफल हुन्छ। एटिएम कार्ड चलाएर भुक्तान गर्न खोज्नु हुन्छ, तर मिल्दै मिल्दैन। पैसा तिर्नु पर्ने ठाउँमा रातो मुख लगाउनु बाहेक अरु के गर्न सकिन्छ ? यही अवस्था मेरो जीवनमा आयो अस्ति भदौ ४ गते।

आफूसँगको युद्ध जित्न खोज्दै : ८२ दिनपछि फेरि शब्दमा

Posted on August 25, 2025August 26, 2025 by Salokya

८२ दिनको मौनता ! जुन ४ मा माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा शीर्षकमा ब्लग लेखिसकेपछि झण्डै तीन महिना मौन रहेँ। मौनता पनि कहिलेकाहीँ चिच्याउँदो रहेछ। म भित्रैभित्र चिच्याइरहेको थिएँ, तर बाहिर लेख्ने हात चलेन। अहँ चल्दै चलेन। ८२ दिनको मौनता केवल मौनता थिएन, त्यो त भित्रैभित्रैको चीत्कार थियो—जसलाई सुन्‍न कसैको कान थिएन। पछिल्लो… Continue reading

माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा

Posted on June 4, 2025June 4, 2025 by Salokya

“म पीडामा छु श्रीमान्, साँच्चिकै पीडामा छु। हुनत पुरुष पीडित भएको कुरा भन्न गाह्रो हुन्छ। तर म पीडित भएकै कारण न्याय खोज्न यहाँ आएको हुँ। मेरो पीडाका डकुमेन्टहरु पेश गरिएका छन्। सिसिटिभी फुटेजहरु प्रमाण राखिएका छन्। मलाई न्याय दिनुस्। योभन्दा बढी म केही भन्न चाहन्नँ।” जिल्ला अदालतको इजलासको कठघरामा उभिएर यति भन्दै गर्दा म भक्कानिएँ।… Continue reading

राजपरिवार एकाएक ढलेको त्यो रात : उपचारमा संलग्न एक डाक्टरको अनुभव

Posted on June 2, 2025 by Salokya

१९ जेठ शुक्रबारको राति १० बजेतिर रातो बत्ती पिलिक पिलिक बाल्दै सनसनाएर आएको सेनाको एउटा जीप थापाथलीमा बागमतीको पुलनेर पुगेर नर्भिक (नर्सिङ होम) तिर मोडिन लाग्दा झण्डै दुईवटा मोटरकारसँग ठोक्किएको थियो। सैनिक पोशाकमा आएका एक शाही अङ्गरक्षक जीपबाट हुत्तिँदै निस्केर अस्पतालभित्र पसे र न्यूरोर्सजन डा. उपेन्द्र देवकोटालाई क्लिनिकबाट तानेर बाहिर निकाले। “युवराजलाई गोलीको चोट लागेको… Continue reading

एआईको सामग्री जस्तातस्तै छाप्दा मिडियालाई लाज छोप्‍न गाह्रो

Posted on May 27, 2025May 27, 2025 by Salokya

अचेल पत्रकारहरुले पनि एआईको प्रयोग बढाउन थालेका छन्। कतैकतै त सम्पादकीय समेत एआईलाई लेख्न लगाइएको भन्ने सुन्नमा आएको छ। तर होस नपुर्‍याई एआई प्रयोग गर्दा कस्तो लाजमर्दो अवस्था समेत आउन सक्छ भन्ने चाहिँ भर्खरै अमेरिकाको शिकागो सन टाइम्स पत्रिकाको घटनाले देखाउँछ।

फेसबुकमा मान्छे झुक्याउँदै नक्कली डाक्टर निकिता

Posted on May 22, 2025May 22, 2025 by Salokya

फेसबुकमा अहिले एउटा प्रोफाइलको चर्चा छ- डाक्टर निकिता परियार। उनले आफ्नो नाम चाहिँ डाँ निकिता परियार भनेर लेखेको देखिन्छ। ‘डा’को मुन्तिर थोप्लो हुनुपर्नेमा उनले चाहिँ माथि चन्द्रबिन्दू जोडेका छन्। प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत भएको भन्दै धेरैले आफ्नो र उनको वालमा उनलाई ट्याग गरेर बधाई दिइरहेको पनि देख्न सकिन्छ। हल्का खोजी हेर्दा थाहा भयो, भारतीय सोसल… Continue reading

मिडियाको आइपिओ : सूचीबाट हट्यो कान्तिपुर टिभी, न्युज २४ टिभीको कम्पनी भने कायमै

Posted on May 20, 2025May 21, 2025 by Salokya

घाटामा रहे पनि आइपिओ निकालेर बेच्न सफल भएको नेपाल रिपब्लिक मिडिया कम्पनीले निकट भविष्यमा लाभांश वितरण गर्ने कुनै सम्भावना नभए पनि दोस्रो बजारमा चार गुणाभन्दा बढी मूल्यमा किनबेच भइरहेकै छ। यसैको ‘सफलता’बाट प्रभावित भएर थप मिडिया कम्पनीले पनि आइपिओ निकाल्ने तयारी गरिरहेको छ। त्यसमध्ये एउटा कम्पनी हो- कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड। प्राइभेट कम्पनीका रुपमा रहेको… Continue reading

मिडियाले इतिहास मेटाउन खोजेपछि : पहिलो दलित डिआइजी को ?

Posted on May 15, 2025May 17, 2025 by Salokya

. केही समय अघिदेखि यस्तो समाचार, फेसबुक स्टायटसहरु तपाईँले प्रशस्तै देख्नुभएको होला। एउटा मात्र अनलाइन होइन, थुप्रै अनलाइनहरुमा यस्तै लेखियो। तर धेरैले लेख्दैमा गलत कुरा साँचो हुने होइन। डम्बरबहादुर दलित समुदायका पहिलो डिआइजी होइनन्, पहिलो को हुन् ? यो खोज्न भने अलि मेहनत गर्नुपर्‍यो। आउनुस् हेरौँ, प्रमाणसहित।

कुलमानलाई खुइल्याउने नियत राख्दा मिडिया आफै यसरी चिप्लिए

Posted on May 2, 2025May 2, 2025 by Salokya

नेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला। – यस्ता लाइनका समाचारहरु तपाईँले प्रशस्तै देख्नुभएको होला केही दिनअघिदेखि। नयाँ एमडीले सार्वजनिक गरेको श्वेतपत्रका आधारमा यी समाचारहरु देखेपछि मैले केही सीए साबहरुसँग खास कुरो के हो भन्ने जिज्ञासा राखेँ। उनीहरुले प्राविधिक कुरा बुझाइदिएपछि पो छर्लङ्ग भएँ- मिडियाले हिसाब नबुझेका… Continue reading

Posts pagination

  • 1
  • 2
  • 3
  • 4
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme