Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अलविदा !

Posted on April 8, 2026April 8, 2026 by Salokya
हार्दिक श्रद्धाञ्जलि, हुवावे 🕯️
Huawei मोबाइल र रातो फूल
श्रद्धाञ्जलि · २०२०–२०२६

हार्दिक श्रद्धाञ्जलि,
हुवावे

६ वर्षको साथ · बिदाइ

तल स्क्रोल गर्नुस्
Huawei
अन्तिम फोटो बन्द स्क्रिनमा एउटा रातो फूल — विदाइको सबैभन्दा मौन र मार्मिक तरिका।

धेरै प्रयास गरेँ। चार्जर फेरें, केबल फेरें, डकमा राखेर पनि हेरेँ, सिस्टम रिकभर गर्ने अप्सनसम्म पुगेँ। तर अब स्वीकार्नै पर्ने भयो कि आशा सकियो।

६ वर्षसम्म मेरो दिनचर्याको हिस्सा बनेको त्यो मोबाइलले अन्ततः साथ छाड्यो।

हुनत यो संसारमा केही पनि स्थायी छैन भन्ने कुरा हामी सबैलाई थाहा छ। सब अनित्य ! तर थाहा हुनु र भोग्नु दुई फरक कुरा रहेछन्। अझ त्यस्तो बेला, जब सबैभन्दा धेरै चाहिएको हुन्छ। कुनै संकेत नै नदिई एकाएक बन्द भइदियो।

मान्छेले त “म जान्छु” भनेर जान्छ, यसले त्यो पनि गरेन।
· · ·

सन् २०२०। नयाँ वर्षको सुरुवात।

दीपक भट्टराईको निम्तो मान्न म्यान्मार घुमेर फर्कँदै गर्दा ट्रान्जिटमा परेको सिंगापुरमा किनेको थिएँ यो Huawei को मोबाइल। त्यतिबेला शायद थाहा थिएन, यो केवल एउटा ग्याजेट मात्र हैन, मेरो जीवनको धेरै अध्यायहरूको साक्षी बन्नेछ।

अमेरिकाले हुवावेलाई एन्ड्रोइड दिएन, तर मैले भने यसलाई माया दिइरहेँ। अनि यसले पनि माया फर्काइरह्यो, ६ वर्षसम्म। दुनियाँले जसलाई प्रतिबन्ध लगायो, मैले उसैलाई साथी बनाएँ। ट्रम्प लगायत धेरै देशले Huawei लाई blacklist गर्दा पनि यो मेरो पकेटमा निर्भीक भएर बसिरह्यो।

त्यसबीचमा संसार नै बदलियो। COVID-19 pandemic आयो। लकडाउन आयो। शहर सुनसान भयो। त्यो सुनसान सडकहरूमा खिचिएका फोटोहरू त्यसैले कैद गर्‍यो, त्यो मोबाइलले।

साँच्चै भन्ने हो भने, यसको क्यामेरा यस्तो गजबको थियो कि मैले आफ्नो DSLR झोलामा राखेर बोक्नै छाडेँ। कुनै बेला ठूलो लगानी गरेर किनेको DSLR, त्यसपछि घरमै “बेरोजगार” जस्तो भयो।

DSLR लाई बेरोजगार बनाउने मोबाइल — सानो कुरा हो र?
स्मृतिका झलकहरू
स्मृति १
स्मृति २
स्मृति ३
स्मृति ४
स्मृति ५
स्मृति ६
स्मृति ७
×
Huawei बन्द — अन्तिम बिदाइ
बन्द स्क्रिन, रातो फूल — एउटा युगको अन्त्य

कोरोनाले दुईपटक आक्रमण गर्दा, आइसोलेसनको कोठामा एक्लै बस्दा त्यो मोबाइल नै साथी थियो। मानिससँग नभेट्दा पनि संसारसँग जोड्ने एउटा झ्याल थियो।

त्यो मोबाइलसँगै मैले धेरै कुरा लेखेँ। धेरै कुरा बोलेँ। धेरै कुरा रेकर्ड गरेँ।

कहिल्यै कसैलाई नदेखाउने, तर आफैलाई सधैं काम लाग्ने नोटहरू। अचानक दिमागमा आएका विचारहरू। भविष्यका योजना। अधुरा ड्राफ्टहरू। अधुरा सपनाहरू। आज ती सबै एकैचोटि हराए।

गए ती नोटहरू जुन कहिल्यै कसैलाई देखाउने थिइनँ, तर आफैलाई चाहिँ सधैं काम लाग्थे।

मोबाइल बन्द हुनु भनेको आजको समयमा केवल एउटा डिभाइस बिग्रनु मात्र होइन रहेछ। त्यो त एउटा डिजिटल पहिचान नै गुमाउनु जस्तै रहेछ। Facebook, X, इमेल — सबैमा राखिएको टू-फ्याक्टर अथेन्टिकेसन। अथेन्टिकेटर एपहरू। ब्याकअप कोडहरू कता गए, कहिले हराए, थाहा नै भएन।

डिजिटल परिचय बोकेर गयो — पासपोर्ट हराएजस्तै भयो।

बैंकिङ एपहरू त झन् अझ कडा। डिभाइस परिवर्तन भयो भने — पासवर्ड थाहा भएर पनि काम नलाग्ने।

सोच्दा अचम्म लाग्छ — हामीले एउटा सानो डिभाइसमा कति धेरै “आफू” राखेका हुन्छौँ। मोबाइल मात्र बन्द भएन… मेरो जिन्दगीको एउटा ठूलो हिस्सा नै अचानक log out भयो।

🕯️
तर फेरि पनि
यति लामो समयसम्म साथ दिएकोमा,
कहिल्यै गुनासो नगरी काम गरेकोमा,
मेरो सम्झनाहरू सुरक्षित राखेकोमा…

धन्यवाद।
हार्दिक श्रद्धाञ्जलि, हुवावे 🙏
HUAWEI · SINGAPORE · २०२० — २०२६

🙏 ब्लग मन पर्‍यो? निरन्तरता चाहनु हुन्छ?

मलाई मोमो किनिदिन सहयोग गर्न सक्नुहुन्छ 👇

🍜 Buy Me Momo
प्रविधि Huawei डिजिटल जीवन स्मृति Nepal
सालोक्य · २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme