मोदीको ‘अखण्ड भारत’
र एआईको ‘कमाल’
५१ सेकेन्डको भाइरल झुट — कसरी बन्यो? कसले फैलायो? तथ्य के हो?
फेसबुकको भेल र ‘अखण्ड भारत’को गफ
फेसबुकको संसार पनि कस्तो अचम्मको छ है! यहाँ सत्य कुरा कछुवाको गतिमा हिँड्छ, तर एउटा झुटो भिडिओले भने रकेटको गति समात्छ। अझ त्यसमा राष्ट्रवादको मसला मिसियो भने त सोध्नु नै पर्दैन।
“देश बचाऔँ” भन्दै कीबोर्ड कुट्नेहरूलाई सामग्री साँचो हो कि झुटो— त्योभन्दा पहिले ‘सेयर’ बटन कहाँ छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। यही रोग अहिले फेरि देखियो।
भ्युज: १,३८,०००+ | रिएक्सन: ४५७+ | कमेन्ट: १५३ | सेयर: १,३०० भन्दा बढी
५१ सेकेन्डको ‘जादु’ र ४३ मिनेटको सत्य
डिजिटल युगको अर्को तीतो सत्य— अब आँखाले देखेको र कानले सुनेको कुरा पनि तुरुन्त पत्याउन मिल्दैन।
भाइरल भिडिओमा मोदीले बोलेको भनिएको यस्तो थियो:
सुन्दा मोदीकै आवाज। देख्दा मोदीकै अनुहार। तर जब यसको पोष्टमार्टम सुरु भयो, कथा अर्कै निस्कियो।
🔍 गुगल रिभर्स इमेज सर्च
यो भिडिओ वास्तवमा १२ मार्च २०२६ मा मोदीको आधिकारिक युट्युब च्यानलमा लाइभ भएको “NXT Summit” कार्यक्रमको अंश हो।
⏱ मूल भिडिओको लम्बाइ
४२ मिनेट ४८ सेकेन्ड — पूरा भाषण। भाइरल क्लिप: मात्र ५१ सेकेन्ड।
🚫 सबैभन्दा ठूलो तथ्य
मोदीले आफ्नो पूरा भाषणमा एकपटक पनि “नेपाल” शब्द बोलेका छैनन्।
एआईको खेल: मेकानिकल मोदी
अब प्रश्न उठ्छ— यो ५१ सेकेन्डको झुट बन्यो कसरी? उत्तर: एआई।
डीपफेक प्रविधि अहिले यस्तो अवस्थामा पुगेको छ कि मरेको मानिसलाई बोलाउन सक्छ, जीवित मानिसलाई नबोलेको कुरा बोलाएको देखाउन सक्छ।
| Detection Tool | AI सम्भावना | निष्कर्ष |
|---|---|---|
| Truth Scan |
७१%
|
अडिओ एआईबाट बनेको |
| Hive Moderation |
९९.७%
|
अडिओ पूर्णतया एआई |
-
१
मेकानिकल लय — मोदीको वास्तविक भाषणमा हुने प्राकृतिक उतारचढाव छैन। आवाज रोबोटले पढेजस्तो सुनिन्छ।
-
२
ध्वनि असन्तुलन — मोदीको आवाज र पछाडिको भीडको आवाज मिलेको छैन।
-
३
जबरजस्ती कोचिएको वाक्य — “नेपाल” जोडिएको भाग विशेष गरी अस्वाभाविक सुनिन्छ।
👉 ‘मोदीले बालेनलाई चुनावी शुभकामना दिए’ भनिएको भिडियो सही होइन — पूरा तथ्य जाँच पढ्न यहाँ क्लिक गर्नुस्
👉 गगन जोडिएको भारतीय प्रधानमन्त्रीको नक्कली आवाजसहितको भिडियो नेपालमा भाइरल — पूरा तथ्य जाँच पढ्न यहाँ क्लिक गर्नुस्
यसलाई भनिन्छ— लोकतन्त्रीकरण गरिएको झुट।सरकारी छाप
प्राविधिक विश्लेषणले त पोल खोलिसकेको थियो। तर कूटनीतिक विषय भएकाले आधिकारिक प्रतिक्रिया पनि आयो।
भारत सरकारको आधिकारिक इकाइ PIB Fact Check ले पनि यो भिडिओलाई डीपफेक भनेर पुष्टि गरेको छ।
निचोड: राष्ट्रवादी बन्नुस्, फेसबुकिया मुर्ख होइन
हामी अहिले सूचनाको महासागरमा बाँचिरहेका छौँ। यहाँ समस्या सूचना होइन, भ्रमको सुनामी हो। एआईको यो युगमा बाँच्न तीन कुरा सम्झनुहोस्:
-
१
शेयर गर्नुअघि जाँच्नुहोस् — भावनात्मक सामग्री देख्दा तुरुन्त सेयर नगर्नुस्। एक मिनेट रोकिनुहोस्।
-
२
मेकानिकल आवाज पहिचान गर्नुहोस् — भावना नभएको, रोबोटिक आवाज एआईको संकेत हुन सक्छ।
-
३
आधिकारिक स्रोत हेर्नुहोस् — प्रधानमन्त्रीले त्यस्तो ठूलो कुरा बोलेको भए सबै मिडियामा हेडलाइन हुन्थ्यो। केवल एउटा शंकास्पद फेसबुक पेजमा मात्र छ भने — दालमा केही कालो छ।
यो भिडिओ पूर्णतया एआईद्वारा म्यानिपुलेट गरिएको हो। मोदीले “नेपाल”, “अखण्ड भारत”को कुनै घोषणा गरेका छैनन्। PIB Fact Check र प्राविधिक विश्लेषण दुवैले यो प्रमाणित गरिसकेका छन्।
👉 यस विषयमा नेपालफ्याक्टचेकको तथ्य जाँच पढ्न यहाँ क्लिक गर्नुस् ।
राष्ट्रवादी बन्नुस्
फेसबुके मूर्ख होइन
तपाईँको एउटा सेयरले कसैको एजेन्डा पूरा गरिरहेको हुन सक्छ, र तपाईँलाई थाहै नपाई तपाईँ डिजिटल झुटको सिपाही बनिसक्नु भएको हुन सक्छ।
