Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘थकान मेटान’वाला भाइरल उम्मेदवार : फेसबुक फलोअर्स १ लाख २० हजार, भोट १६

Posted on March 12, 2026March 13, 2026 by Salokya
🔥 VIRAL · फेसबुक · निर्वाचन २०८२

"यस्तो इमान्दार
उम्मेदवार पनि
रहेछन्।"

एक उम्मेदवारले निर्वाचन खर्च फाराममा रक्सीको बिल लेखे। सोसल मिडियाले ताली बजायो। मतपेटिकाले भने अर्कै कुरा भन्यो।

कैलाली क्षेत्र नं.२ · स्वतन्त्र उम्मेदवार · २०८२ को निर्वाचन
निर्वाचन खर्च फाराम निर्वाचन खर्च विवरण

एउटा लाइनले सबैको ध्यान तान्यो।

नेपालमा उम्मेदवारले चुनावी खर्चको पूरा हिसाब निर्वाचन आयोगमा बुझाउनु पर्छ। चाहे त्यो सराद्देमा बिरालो बाँध्‍ने परम्परा जस्तै नै किन नहोस्।

अधिकांश उम्मेदवारले "मिटिङ खर्च" वा "अन्य" भनेर ढाकछोप गर्छन्।

यी उम्मेदवारले भने एकदमै स्पष्ट लेखे।

"खर्चको हिसाब दिन लाज मान्नु पर्दैन - गलत काम गर्नलाई पो लाज मान्ने। रक्सी भनेको खानै नहुने चिज हो र!"
खर्च फाराम · अनुसूची-19 · शीर्षक नं. 7
फाराममा लेखिएको थियो —
« थकान मेटान »

तल तीनवटा सामग्री उल्लेख थिए —

🥃8848 Whisky नेपाली ब्रान्ड
🍾Vodka Imported
🏺Local रक्सी घरेलु · असरदार

नोट: तीनैवटा एकैसाथ। विविधता मन पर्ने मान्छे रहेछन्।

जम्मा खर्च · थकान मेटान · १५ दिन रु. ४५,५००

१५ दिनको चुनाव प्रचार। ३ किसिमको रक्सी। एउटै उद्देश्य — थकान मेटाउने।

💬 सोसल मिडियाको प्रतिक्रिया

"कम्तिमा इमान्दार त छन् नि! अरू उम्मेदवारले रक्सी किन्छन् — तर 'कार्यकर्ता खाना खर्च' भनेर देखाउँछन्। यिनले त सिधै लेखे। यही हो पारदर्शिता।"

रु. २,८४३ प्रति भोट खर्च
रु. ३,०३३ प्रति दिन रक्सी
१५ दिन अवधि
उम्मेदवार परिचय दीपक रावल

को हुन् यी 'इमान्दार' उम्मेदवार?

यी हुन् दीपक रावल, उमेर 27 — कैलाली क्षेत्र नम्बर २ बाट 📷 क्यामेरा चुनाव चिह्नमा उठेका स्वतन्त्र उम्मेदवार।

Digital Creator स्वतन्त्र कैलाली-२ उमेर २७
फेसबुक बायोमा लेखेका छन्- "कुरिती कु-संस्कार विकृति विसंगति, अन्याय अत्याचार र भ्रष्टाचार विरुद्ध ठाडो प्रहार।" चुनाव प्रचारमा लेखेका छन्- राष्ट्रिय अटेरी पार्टी।
फेसबुक · Deepak Rawal
Facebook Followers

उनका फेसबुकमा फलोअर्स छन्:

१,१९,००० जना फलोअर्स

नेपालमा कुनै स्वतन्त्र उम्मेदवारका लागि यो संख्या ठूलो हो। धेरै स्थापित पार्टीका नेताहरूभन्दा पनि बढी।

तर निर्वाचन फरक खेल हो।

कूल प्राप्त मत · कैलाली क्षेत्र नं. २ · २०८२ १

१,२०,००० मान्छेले फेसबुकमा फलो गर्छन्।
मतपेटिकामा भने — जम्मा १६ जनाले क्यामेरामा छाप लगाए।

तुलनात्मक विश्लेषण

संख्याले के भन्छ?

फलोअर, विजेताको मत, र दीपक रावलको मत — एउटै स्केलमा

फेसबुक फलोअर्स (दीपक रावल) १,२०,०००
१,२०,०००
🏆 विजेता केपी खनाल (रास्वपा) १९,०५७
१९,०५७
📷 दीपक रावलको भोट १६
▌ १६ मत

१,२०,००० फलोअर्समध्ये मात्र १६ जनाले भोट दिए। यो ०.०१३% conversion rate हो।

विजेता केपी खनालले १९,०५७ भोट ल्याए। राजनीतिमा फलोअर र मतदाता एउटै हुँदैन।

रु. २,८४३ प्रति भोट रक्सी खर्च
पछाडिबाट तेस्रो अन्तिम स्थान
सन्दर्भ · अन्तर्राष्ट्रिय तुलना
Dr Tasnim Jara · Bangladesh
Dr Tasnim Jara
Dr Tasnim Jara
७५ लाख Facebook Followers
MBBS · MSc Oxford · Co-Founder, Shohay Health
७५ लाख फेसबुक फलोअर्स
४४,००० बंगलादेश चुनावमा मत
तेस्रो स्थान

फेसबुकमा ७५ लाख फलोअर्स भएकी तस्निम जाराले बंगलादेशको चुनावमा ४४ हजार मात्र भोट ल्याएर तेस्रो भइन् — यही उदाहरण दिँदै नेपालमा पनि बालेन र रविको पार्टी रास्वपाको त्यस्तै हालत हुने भन्दै व्यङ्ग्य गरिएको थियो।

रास्वपाले त नेपालमा दुई तिहाईको सपना देखेको थियो — ल्यायो १८२ सिट, तर दुई तिहाईबाट दुई सिट मात्रै अपुग भयो। तर उनीहरूको व्यङ्ग्य अन्तत: थकान मेटानवाला उम्मेदवारसँगै मिल्न गयो। उनी पनि तेस्रो भए। तर पछाडिबाट।

अन्तिम नतिजा · कैलाली-२ चुनाव नतिजा

पछाडिबाट तेस्रो।
अगाडिबाट- भो, नकुरा गरौँ- जमानत जफत

🏆 केपी खनाल (रास्वपा) १९,०५७
📱 खगेन्द्र बहादुर रावत (आजपा) १४
📷 दीपक रावल (स्वतन्त्र) १६
🐴 सम्झना विष्ट थापा (मितेरी) २
📷 क्यामेरा · पछाडिबाट तेस्रो · थकान मेटियो
निष्कर्ष
भोट कम भए।
पारदर्शिता पूर्ण भयो।

नेपाली निर्वाचन इतिहासमा सम्भवतः पहिलो पटक कसैले खर्च फाराममा "थकान मेटान" भनेर रक्सीको बिल सार्वजनिक गर्‍यो।

जित्न नसक्ला — तर "8848 / Vodka / Local (१५ दिन) — थकान मेटान" नेपाली लोकतन्त्रको एउटा अमर पाना भइसक्यो।

जित्नेले इतिहास बनाउँछ — तर कहिलेकाहीँ हार्नेले किस्सा बनाउँछ।

स्रोत: निर्वाचन फाराम · फेसबुक पोस्ट · निर्वाचन आयोग नेपाल

🙏 ब्लग मन पर्‍यो? निरन्तरता चाहनु हुन्छ?

मलाई मोमो किनिदिन सहयोग गर्न सक्नुहुन्छ 👇

🍜 Buy Me Momo

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme