समानुपातिक चुनाव विश्लेषण
समानुपातिकमा अन्तिम सिटका लागि
रोचक प्रतिस्पर्धा
केही हजार भोट थपिएको भए रास्वपाले पाउँथ्यो ५८ औँ सिट
सालोक्य-
मतगणना लगभग सकिइसकेको थियो। संख्या स्थिर हुँदै गइरहेका थिए। समानुपातिकतर्फ कुल १ करोड ८ लाख ३५ हजार २७ मत परेको देखियो। सिट बाँडफाँटको गणित पनि लगभग स्पष्ट भइसकेको थियो।
त्यही बेला एउटा रोचक कुरा देखियो — अन्तिम सिटको खेल निकै झिनो अन्तरमा तय भएको रहेछ।
यस अनुसार रास्वपा ५७ सिटमा रोकियो जसका कारण दुई तिहाई बहुमतबाट २ सिट टाढियो।
समानुपातिकमा कुल ११० सिट बाँडिन्छ। पहिला १०९ सिट बाँडिसक्दा अन्तिम ११० औँ सिटका लागि दुई पार्टीबीच प्रतिस्पर्धा देखियो:
राष्ट्रिय स्वतन्त्र पार्टी
५७ सिट
नेपाली काँग्रेस
२० सिट (अन्तिम)
अन्तिम हिसाबमा काँग्रेसले २० औँ सिट जित्यो र रास्वपा ५७ सिटमै रोकियो। तर यो परिणाम धेरै ठूलो अन्तरले होइन।
यदि रास्वपासँग थप करिब ४ हजार मत भएको भए वा नेपाली काँग्रेसको केही मत कम भएको भए, रास्वपाले ५८ औँ सीट जित्ने थियो र कांग्रेसले आफ्नो २० औँ सिट गुमाएर १९ मा सीमित हुने थियो।
३% थ्रेसहोल्ड: कसले पायो सिट लड्ने अधिकार?
यो कसरी भन्ने बुझ्नका लागि तपाईँलाई समानुपातिकमा कसरी सिट विभाजन गरिन्छ भन्ने बुझ्न जरुरी छ।
हाम्रो कानून अनुसार, कुल सदर मतको ३ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलले मात्र सीट प्राप्त गर्नेछन्। ३ प्रतिशतभन्दा कम मत ल्याउने दलको मत गणनामा समावेश गरिने छैन।
कुल सदर मत
३% थ्रेसहोल्ड सीमा
| क्र.सं. | राजनीतिक दल | प्राप्त मत | मत % | थ्रेसहोल्ड |
|---|---|---|---|---|
| १ | ५१,८३,४९३ | ४७.८४% | ✅ योग्य | |
| २ | १७,५९,१७२ | १६.२४% | ✅ योग्य | |
| ३ | १४,५५,८८५ | १३.४४% | ✅ योग्य | |
| ४ | ८,११,५७७ | ७.४९% | ✅ योग्य | |
| ५ | ३,८५,८५६ | ३.५६% | ✅ योग्य | |
| ६ | ३,३०,६८४ | ३.०५% | ✅ योग्य | |
| ७ | जनता समाजवादी पार्टी, नेपाल | १,८२,२८५ | १.६८% | ❌ अयोग्य |
| ८ | राष्ट्रिय परिवर्तन पार्टी | १,७२,४९३ | १.५९% | ❌ अयोग्य |
| ९ | जनमत पार्टी | ७९,४३५ | ०.७३% | ❌ अयोग्य |
| १० | एकल चिन्ह चकिया (जाँतो) | ६२,०६९ | ०.५७% | ❌ अयोग्य |
| ११ | नेपाल मजदुर किसान पार्टी | ४२,३०१ | ०.३९% | ❌ अयोग्य |
| १२ | राष्ट्र निर्माण दल नेपाल | ३९,५७७ | ०.३७% | ❌ अयोग्य |
| १३ | राष्ट्रिय जनमोर्चा | २९,४५५ | ०.२७% | ❌ अयोग्य |
| १४ | अन्य साना दलहरू (मिसाउँदा) | ४,८०,७५१ | ४.४४% | ❌ अयोग्य |
मधेस केन्द्रित जसपा, कुलमान घिसिङले समानुपातिक तर्फ मत मागेको पार्टी राष्ट्रिय परिवर्तन पार्टी, सिके राउतको जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपालले संयुक्त रुपमा एउटै चुनाव चिह्नबाट लडेको चकिया (जाँतो), नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेमकिपा, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुले पाएको मतलाई अब गणनाबाट बाहिर गरिन्छ।
किन यस्तो हुन्छ? (गणितीय कारण)
नेपालको कानुनले “समायोजित कुल मत” (Adjusted Total) प्रयोग गर्छ। जब साना दलको ९ लाख मत हराउँछ, तब रास्वपाको ५१ लाख मतको “हिस्सा” (Percentage Share) ९९ लाखको अनुपातमा बढ्छ।
रास्वपाको हिस्सा कसरी बढ्यो?
छुटेका दलहरूको अवस्था
यदि थ्रेसहोल्ड १% मात्र हुन्थ्यो भने निम्न दलहरूले सिट पाउने थिए:
जसपा, नेपाल
राष्ट्रिय परिवर्तन पार्टी
जनमत पार्टी
तर ३% को नियमले यी सबै सिटहरू अहिले संसदमा रहेका ६ दलमा बाँडिए।
११० सिट कसरी बाँडियो त?
अब नियम अनुसार प्रत्येक दलले प्राप्त गरेको मतलाई १, ३, ५, ७, ९ जस्ता बिजोर संख्या (Divisors) ले भाग गरिन्छ।
🔢 विभाजक (Divisors) कसरी काम गर्छ?
उदाहरण: रास्वपाको मत = ५१,८३,४९३
११० सिटको पूर्ण बाँडफाँड बुझ्नको लागि सबैभन्दा ठूला भागफलहरूलाई क्रमबद्ध रूपमा तलको तालिकामा प्रस्तुत गरिएको छ। यो तालिकामा प्रत्येक सिट कुन दलले, कतिऔँ विभाजक (Divisor) प्रयोग गरेर प्राप्त गर्यो भन्ने स्पष्ट देखिन्छ।
सिट बाँडफाँटको पूर्ण तालिका
११० सिट: दृश्य चित्रण
अन्तिम सिटको रोचक प्रतिस्पर्धा
रास्वपा ले ११३ को विभाजकबाट ५७ औँ सिट सुरक्षित गर्यो। तर ५८ औँ सिटको लागि उसको भागफल ४५,०७३.८५ मा झर्यो।
नेपाली काँग्रेस ले ३९ को विभाजकबाट ४५,१०६.९७ को भागफल निकाल्दै अन्तिम सिट (११० औँ) जित्यो।
यी दुई बीचको अन्तर केवल ३३.१२ रह्यो।
🏆 ११० औँ सिटको लागि अन्तिम प्रतिस्पर्धा
रास्वपाले ५८ औँ सिट जित्न कति मत चाहिन्थ्यो?
रास्वपाले ५८ औँ सिट जित्नको लागि उसले ११० औँ स्थानमा अन्तिम सिट जितेको नेपाली काँग्रेसको भागफललाई उछिन्नुपर्ने हुन्थ्यो। यहाँ त्यसको विस्तृत हिसाब छ:
📐 आवश्यक मतको गणना
थप मात्र यति मत भएको भए, रास्वपाले ५८ औँ सिट जित्थ्यो!
रास्वपाले अहिलेको भन्दा थप मात्र ३,८१० मत प्राप्त गरेको भए उसले नेपाली काँग्रेसको २० औँ सिट खोसेर आफ्नो ५८ औँ सिट सुरक्षित गर्ने थियो। रास्वपाका लागि यो अन्तर निकै सानो (कुल ५१ लाख मतको तुलनामा) देखिन्छ।
रास्वपाले ५९ औँ सिट हात पार्न कति चाहिन्थ्यो?
रास्वपाले ५९ औँ सिट हात पार्न अहिलेको भन्दा थप ९४,०२३ मत प्राप्त गर्नुपर्थ्यो।
समानुपातिक प्रणालीको गणित यस्तै हुन्छ
कहिलेकाहीँ लाखौं मतको चुनाव पनि अन्तिममा केही हजार मतले सिट तय हुन्छ। यस चुनावमा पनि त्यस्तै भयो।
सालोक्य
