Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सन् २०२५ लाई फर्केर हेर्दा….देश जलेको र व्यक्तिगत निराशाको वर्ष

Posted on December 31, 2025January 1, 2026 by Salokya

सन् २०२५ आजदेखि सकिएको छ। यो वर्ष देशै जल्यो। व्यक्तिगत रुपमा पनि यो वर्ष मलाई खासै राम्रो भएन। माइसंसारमा त सेप्टेम्बर १७ यता अर्थात् १०५ दिनपछि पहिलो पटक ब्लग लेख्दैछु। किन मेरो हात माइसंसारमा चलेन, त्यसबारे विस्तृत लेख्ने नै छु। आशा छ नयाँ वर्ष २०२६ मा यस्तो हुने छैन। यस पटक भने एआईको सहयोगमा यो वर्ष मैले के कस्ता ब्लग लेखेँ, त्यसको रिक्याप मात्र।

यो वर्षमा सबै ब्लगहरुलाई नोटबुकएलएम एआईमा हाल्दा त्यसले तीन भागमा वर्गीकरण गरेछ।

जनवरीमा कान्तिपुरको वाइडबडी ब्लन्डरको बारेमा ब्लग थियो। जनवरी १ मा नै छापिएको ब्लग थियो- ‘कान्तिपुर’को मेन न्युजमै गल्ती : अमेरिकी अदालतले नगरेको फैसला ‘मिडिया’ले नै गरिदिएको? 

अनि त्यसैको फलोअप थियो- कान्तिपुरको वाइडबडी मेनन्युज काण्डको थप शल्यक्रिया : यी हुन् ब्लन्डर तथा सिल्ली मिस्टेकहरु

फेब्रुअरीमा नागरिकन्युजले छापेको प्रदीप ज्ञवाली र ट्रम्प काण्डबारे यो ब्लग छापिएको रहेछ- अङ्ग्रेजी नबुझेका रिपोर्टरले लेखेको समाचार भाइरल भएपछि नागरिकन्युजलाई लाज छोप्‍न समेत गाह्रो 🙂

न राजनीतिक दल, न कुनै विदेशी संस्था, न कुनै व्यापारिक संस्था- तर फेसबुकको एउटा रहस्यमय पेजले साढे १९ लाख रुपैयाँभन्दा बढीको विज्ञापन खर्च गरिसक्यो। तर यो पेज कसको? किन? के कुनै लुकेको शक्ति नेपालमा जनमत बदल्न खोज्दैछ? फेसबुक एड लाइब्रेरीमा देखिएका चकित पार्ने तथ्यहरू, अज्ञात सञ्चालकहरू, र विज्ञापनमा लुकेको सन्देश भन्दै मार्चमा यो ब्लग लेखियो- फेसबुकको एउटा रहस्यमय पेज जसले एक वर्षमा झण्डै २० लाख रुपैयाँ खर्च गरिसक्यो

त्यस्तै अप्रिलमा अनलाइन मिडियाहरुको अर्को एउटा गल्ती बारे ब्लग लेखियो- अनलाइन पत्रकारहरुको ‘अंकड स्पिड’ काण्ड

अप्रिलमा एउटा अर्को चलेको ब्लग थियो- न्यायालयको ‘कपिपेस्ट’ आदेश : रवि लामिछानेलाई थुन्ने र सन्दीपलाई छाड्ने आदेशमा भेटिएका हुबहु लाइन

अप्रिलमा नै माइसंसारको दुई दशक पूरा : धन्यवाद सबैलाई ! भन्दै अर्को ब्लग लेखेँ। 

त्यसमा लेखेको रहेछु- जीवन अनिश्चितताको भुमरी रहेछ। सोचेको कुरा नहुने, नसोचेको कुरा भइदिने। त्यही भएर यो वर्ष खासै यस्तो गर्छु, माइसंसारमा यस्तो गरौँला भन्ने केही सोचेको छैन।

सबभन्दा बढी सक्रिय भएको महिना अप्रिल नै रह्यो। राजावादीको आन्दोलनमा मिडियाको रवैयाबारे चर्को आलोचना गरेर केही ब्लग लेखियो।

२० जनालाई गोली लागेको समाचार न ‘गोरखापत्र’मा आयो, न ‘कान्तिपुर’मा

बधाई छ नेपाली पत्रकारितालाई: अब चौथो अङ्ग होइन, ‘चौतर्फी आँखा बन्द’ युग सुरु!

सरकार भन्छ एउटा, मिडियाहरु हेडलाइन ठोक्छन् अर्को : यो केको संकेत हो ?

आन्दोलनमा तीन जना मरेको गलत समाचार भारतीय मिडियामा कसले लेख्यो ?

८२ दिनको मौनता केवल मौनता थिएन, त्यो त भित्रैभित्रैको चीत्कार थियो—जसलाई सुन्‍न कसैको कान थिएन। यसो भन्दै मैले अगस्तमा ब्लग लेखेँ- आफूसँगको युद्ध जित्न खोज्दै : ८२ दिनपछि फेरि शब्दमा

अगस्तको अन्त्यतर्फ फेरि लेखेँ- ओरालो लागेको सालोक्यलाई ब्याङ्कले पनि खेद्छ !

अनि सुरु भयो जेन जी आन्दोलन र विध्वंस।

१९ जनाको हत्यापछि कर्फ्यु नाम मात्रको, रोक्न सकेको छैन आक्रोश

देशमा के भइरहेको छ ?

संकटको बेला सरकारी समाचार एजेन्सीले नै झुटो खबर फैलाएपछि…

आतंकित बनाउने फेसबुक लाइभको खास कुरा यस्तो रहेछ

वाक्कलाग्दो संसार, दिक्कलाग्दो दिन !

त्यो मेरो अन्तिम ब्लग थियो यो वर्ष। त्यसपछि हात चलेन।

पाहुना ब्लगका रुपमा सूर्य खड्काको ब्लग छापियो अक्टोबरमा पानी माथिको ओभानो हुन खोजिरहेका ओली

तपाईँहरुको नयाँ वर्ष शुभ रहोस् र मलाई आशीर्वाद दिनुस्, सन् २०२६ मा म पहिले झैँ सक्रिय हुन सकौँ- माइसंसारमा पनि।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme