Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हिजोको ‘नाइट सो’ मा के-के भयो देशमा ? १० बूँदामा

Posted on September 12, 2025September 12, 2025 by Salokya

देश हिजो हल्लैहल्लाले हल्लाएको थियो। तर हिजो रातभर केही महत्त्वपूर्ण कुरा पनि भएको छ जसलाई ‘नाइट सो’ छुटाउनु भएकाहरुका लागि छोटकरीमा १० बूँदामा

१. सुशीला कार्की कार्ड
अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने कुरा त हुने निश्चित जस्तै भएछ।  जेनजीले उनैलाई बनाउनु पर्ने माग गरेका छन्। राष्ट्रपति पनि सहमत भएछन्। परम्परागत दलहरु पनि सहमत भएछन्। अब न्यायालय हाँकिसकेको हातले सरकार पनि हाँक्ने तयारी भएछ। नेपालको इतिहासमा पहिलो महिला कार्यकारी प्रमुख पनि।

२. संसद् विघटनको टाँसो
संसद् राख्ने कि नराख्ने भन्नेमा भने रातभर तर्कवितर्क चले, तर निर्णय? छैन। बालेनले संसद् विघटन भएपछि मात्र वार्तामा बस्नु पर्ने बताएका थिए स्टायटसमार्फत्। राष्ट्रपति संसद् राखेरै निकास दिनु पर्ने पक्षमा भएको बुझिएको छ। नेपाल दुई सदनात्मक व्यवस्था छ। प्रतिनिधि सभा अर्थात् तल्लो सदन पाँच पाँच वर्षमा निर्वाचन भएर चुनिन्छ। निर्वाचन अघि विघटन गरिन्छ। राष्ट्रिय सभा अर्थात् माथिल्लो सदन भने स्थायी संसद हो। यो कहिले विघटन हुँदैन। यसका सदस्यहरु बीच बीचमा चुनाव भएर चुनिन्छन्। दुवैलाई मिलाएर संघीय संसद् भनिन्छ।

३. जेनजीको अल्टिमेटम
जेनजीकोप्रतिनिधित्व गर्ने एउटा संस्था हामी नेपालका सुदन गुरुङले हिजो आर्मीलाई धम्क्याउँदै फोन गरिरहेको देखिएको थियो।

४. राति ११ को धम्की
जेनजी प्रतिनिधिहरूले राति ११ बजेसम्म निकास नआए बिहानैदेखि आन्दोलन चर्काउने चेतावनी दिएको भिडियो भाइरल भएको थियो। उनीहरुले राष्ट्रपतिलाई पनि थुत्ने भनिरहेका थिए।

५. शीतल निवासमा सल्लाह
राष्ट्रपति रामचन्द्र पौडेलले राति अबेरसम्म फोन, बैठक, कानुनविद्, सेना—सबैसँग गरेको खबर आयो। सुझाव आएछ—जरुरत परे गैरसांसदलाई पनि प्रधानमन्त्री बनाउन सकिन्छ रे। नेपालमा सबथोक सम्भव!

६. पुरानाको सल्लाह
प्रचण्ड राति शीतल निवास पुगेछन् रे। कांग्रेस नेताहरू? उनीहरू फोनमै सल्लाह दिन व्यस्त भएछन्, अबेरसम्म।

७. अडानको दोहोरी
जेनजी: संसद् फाल!
राजनीतिक दलहरू: संसदबाटै निकास!
राति–राति यस्तो दोहोरी चल्यो।

८. सेनाको चिन्ता
“लामो संक्रमणकालले देशै डुब्छ है” भनेर सेनाले राजनीतिक नेताहरूलाई होशियार बनाइदियो।

९. हल्लाले हल्लाउँदा
पूर्वराजा फर्किन्छन् भन्ने हल्लाले रातभर जनताले निदाउन सकेनन्। राजपरिवारका सदस्यको नामका फेसबुकका स्टायटस अनि सुरक्षाको लहरो देख्दा झन् त्रास। ज्ञानेन्द्रको एउटा पुरानो भिडियोलाई जेनजी भेटेको भनेर फैलाएपछि त हल्ला फैलिन झन् के समय लाग्थ्यो र। तर मध्यरातिपछि वार्ता सकारात्मक छ भन्ने खबर आयो र थोरै राहत महसुस भयो।

१०. सेनाको ‘नाइट मोड’
अफवाहबीच सेनाले बख्तरबन्द, नाइटभिजन हेलिकप्टर र थप जनशक्तिसहित सुरक्षा कडाइ भएको हल्ला चल्यो। देशै युद्ध मोडमा हो कि जस्तो भयो। तर त्यो बख्तरबन्द गाडी युएनको शान्ति सेनाका लागि पहिले पनि आएको र अहिले पनि नियमित प्रक्रिया अन्तर्गत नै आएको भन्ने कुरा पनि सुनियो

यसरी देशले फेरि एउटा ‘नाइट शो’ हेरेको छ। स्क्रिप्ट लेख्ने को? खेल्ने को? दर्शक भएका जनता कतिपय त निदाउन नै पाएका छैनन्।

(फिचर इमेज यही ब्लगका आधारमा एउटा चित्र बनाउने प्रम्प्ट राख्दा च्याटजिपिटीले बनाएको हो)

1 thought on “हिजोको ‘नाइट सो’ मा के-के भयो देशमा ? १० बूँदामा”

  1. Kumar Sapkota says:
    September 12, 2025 at 6:40 pm

    Thank you Salokya ji for clearing the fog about armoured cars and the return of the monarchy. I was in verge of believing that the surreptitious military maneuvers from the South obvious.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme