सोमबारको जेन जी प्रदर्शनपछि तीव्र गतिमा परिवर्तन हुँदै गरेको देशको राजनीतिक परिस्थिति आज चौथो दिनमा आइपुग्दा हल्लै हल्लाले हल्लाएको छ। पुष्टि कसैले गर्न सकेका छैनन् तर हल्ला त यस्तो छ मानौँ आजै मध्यरातसम्म केही भइसक्छ। कतिले राजा फर्काइसके, कतिले राष्ट्रपतिलाई थुतिसके। कतिले कू नै गराइसके। कतिले श्री एयरलाइन्सको उडान दिल्लीमा अवतरण गराइसके भने कतिले इन्डिगो एयरलाइन्सबाट कसलाई हो काठमाडौँमा अवतरण गराइसके। तर ब्लग लेख्दा रातको ११ बजिसकेको छ, भएको केही छैन।
कान छामेर हेर्दा हुनुपर्ने ठाउँमै छ। तर कानभित्र पसेका हल्लाहरु अनेकन् छन्। अचेल त कान पनि चाहिँदैन, सोसल मिडिया स्क्रोल गर्दा देखिने पोस्टहरु काफी छन्।
हल्लै हल्लाको बीचमा यो एउटा पोस्टमा पनि ध्यान गयो। जहाँ एक जना युवक राष्ट्रपति रामचन्द्र पौडेललाई थुत्छु भनेर आर्मीलाई धम्की दिइरहेका छन्।
१० देखि ११ बजेसम्म डिसिजन भएन भने थुत्ने कुरा भनिए पनि यो ब्लग लेख्दा रातको ११ नाघिसकेको छ। केही नयाँ कुरा आएको भने छैन।
नयाँ कुरा भनेको चाहिँ अघि साढे ८ बजेतिर आर्मीको एउटा विज्ञप्ति आएको थियो जहाँ निषेधाज्ञा र कर्फ्युको समय तोकिएको छ। पहिले भए जिल्ला प्रशासन कार्यालयबाट सिडिओले कर्फ्युको समय तोकिन्थ्यो। अहिले चाहिँ सिधै आर्मीबाट वक्तव्य आउँछ। भोलिको लागि केही समय आजको भन्दा बढी छुट दिइएको छ।

राष्ट्रपति खै भन्दै प्रश्न बढ्न थालेपछि आज राष्ट्रपति रामचन्द्र पौडेलको विज्ञप्ति पनि देख्न पाइयो। राष्ट्रपति सार्वजनिक गर्न र सैनिक शासनको विरोधमा आज केही प्रदर्शन भएको पनि भिडियो हेर्न पाइएको थियो।

पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई अन्तरिम कार्यकारी प्रमुख बनाउने भन्ने सहमति भयो भनिए पनि आज त्यसबारे केही निर्णय भएको खबर आएन। बरु जङ्गी अड्डा बाहिर दुई जेन जी समूहले आपसमा ग्याङ फाइट गरे रे भन्ने भिडियोसहितका समाचार हेर्न पाइयो।
यो अन्यौलको अवस्थामा केही जानकारी पाइन्छ कि भनेर अनलाइनहरु हेर्नुभयो भने चाहिँ झन् अलमलमा पर्नु हुन्छ।
दुई उदाहरण-

