Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संकटको बेला सरकारी समाचार एजेन्सीले नै झुटो खबर फैलाएपछि…

Posted on September 11, 2025September 11, 2025 by Salokya

यहाँहरुमध्ये धेरैले ध्रुव राठीको भिडियो युट्युबमा हेर्नुहुन्छ होला। २९ मिलियनभन्दा बढी सब्सक्राइबर्स भएका उनले हिजो नेपालको बारेमा एउटा भिडियो राखे- जसमा सुरु मै भनिएको छ कि पूर्व प्रधानमन्त्रीको घरमा आगो लगाउँदा उनकी पत्नीको निधन भयो।

प्रमाणका रुपमा उनले भारतीय मिडिया मिन्टको अनलाइनमा प्रकाशित समाचार राखेका थिए। ध्रुव राठीमात्रै होइन, अन्य थुप्रै भारतीय मिडियाले पनि यो खबर छापेका छन्।

तर, यो सही थिएन। यो मिथ्या सूचना थियो। नेपालफ्याक्टचेकमा यसबारे फ्याक्टचेक प्रकाशन भइसकेको छ। हेर्नुस् यहाँ क्लिक गरी। तर प्रश्न उठ्छ- यो मिथ्या खबर फैलायो कसले ?

भारतीय मिडियामा भन्दा पहिला यो खबर नेपाली अनलाइनहरुमा आएको थियो।

दुई दिनअघि अर्थात् मंगलबार भदौ २४ गते अनलाइन समाचारहरु हेर्नुभएको भए तपाईँले याद गर्नुभएको होला- थुप्रै नेपाली अनलाइन मिडियाले यो समाचार राखेका थिए।

मैले हाम्रोपात्रोको फिडबाट केही अनलाइनहरुको शीर्षकको स्क्रिनसट यहाँ हालेको छु-

यी मध्ये केही अनलाइनहरुमा अझै पनि यो समाचार छ। उदाहरणका लागि सूत्रन्युज (यहाँ हेर्नुस् अहिलेको, अर्काइभ गरिएको)

नेपाल समय (यहाँ हेर्नुस् अहिलेको, अर्काइभ गरिएको)

यिनैमध्ये केही अनलाइनका समाचार हेर्दा यो मिथ्या समाचार फैलिनुको मूल स्रोतबारे पत्ता लाग्छ।

उदाहरणका लागि यो हेर्नुस्-

यो समाचारमा समाचारको स्रोत रासस लेखिएको छ। अर्थात् यो झुटो समाचार फैलाउने अरु कोही नभएर सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति पो रहेछ।

राससले पार्टी नेतृ दिलु पन्तलाई उद्‍धृत गरेको छ। जबकि मृत्युसम्बन्धी समाचार अस्पतालबाट मात्र पुष्टि गरेर राख्नु पर्ने हो।

सरकारी समाचार एजेन्सीले नै समाचार पठाएपछि विश्वास गरेर अरु अनलाइनहरुले पनि समाचार हाले होलान्। पछि समाचार गलत साबित भएपछि राससलाई दोष लगाएर माफी माग्दै सच्याए पनि। जस्तै लोकान्तरको यो हेर्नुस् अवस्था-

त्यसैगरी थाहाखबरले पनि सच्यायो। 

वास्तवमा झलनाथ पत्नीलाई गम्भीर अवस्थामा अस्पतालमा लगिएको थियो। उनी घाइते थिइन्।

आज बिहीबार दिउँसो उनलाई उपचारका लागि राखिएको कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मीले भनेका छन्, ‘उहाँको स्वास्थ्य अवस्था क्रिटिकल छ,उपचार भइरहेको छ।’

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme