Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वाक्कलाग्दो संसार, दिक्कलाग्दो दिन !

Posted on September 17, 2025September 17, 2025 by Salokya

हेडलाइन मेरो हैन। यो अहिले जेन जी आन्दोलनभन्दा अगाडि टिकटकमा ट्रेन्डिङमा रहेको गीतको बोल हो।

ब्लगको सुरुमै केरमेट देख्दा अचम्म लाग्यो होला। खासमा मैले यी शब्द आन्दोलन हुनुभन्दा केही दिन अगाडि नै लेखेको थिएँ। तर त्यसलाई पूरा नगर्दै देशमा अकल्पनीय घटना भयो। अहिलेसम्म त ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। सिकिस्त घाइतेहरु बाँकी छन्। बेपत्ताहरु गन्ती हुन बाँकी छन्। संख्या त अझै बढ्नेवाला छ।

मैले त्यतिबेला लेखेका थप कुरा यस्ता थिए-

यसलाई मैले पछिल्लो पटक ८२ दिनको कठिन परिस्थितिलाई दाँजेर लेख्दैछु। त्यो बेलाको अवस्थालाई म एक किसिमको ‘कोमा’मा रहेको ठान्छु। ‘कोमा’ मा रहँदा केही कुराको होस रहन्न। तर म होसमा हुँदाहुँदै पनि बेहोसी जस्तो अवस्थामा थिएँ।

अहिले ‘वाक्कलाग्दो संसार, दिक्कलाग्दो दिन’ बोलको गीत सुन्दा रमाइलो लाग्छ। कतिलाई हाँसउठ्दो पनि लाग्ला। तर त्यो अवस्थामा भने त्यही शब्द यथार्थ थियो। संसार वाक्कलाग्दो नै थियो भने हरेक दिनको सुरुवात दिक्क लागेर हुन्थ्यो। बिहान उठ्ने बित्तिकै ‘ह्या..फेरि दिक्कलाग्दो दिन सुरु भयो’ भन्नेबाट हुन्थ्यो।

बाँकी कुरा पछि लेख्छु भन्दै थिएँ, देशमा यस्तो घटना भइहाल्यो। केही दिन निकै एक्टिभ भइयो, सोसल मिडिया, अनलाइन समाचारहरु हेरियो, पाँच दिन जति लगातार ब्लग पनि लेखियो।

शुक्रबार अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका रुपमा सुशीला कार्कीले शपथ लिएपछि शनिबार दुई वटा ब्लग लेखियो।

देउवा निवास बाहिर देखिएको ढुंगाले लेखेको अश्लील गाली

नेताका जलेका घरहरुमा नोट भेटियो भन्ने विषय के रहेछ भनेर बुझ्न  शुक्रबार तोडफोड र आगजनी भएको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र त्यतिबेलाका ऊर्जा मन्त्री दीपक खड्काको घरमा पुगेको पनि थिएँ। केही प्रमाण पनि भेट्टाएको थिएँ। त्यसबारे फ्याक्ट चेक लेख्नुपर्ला भन्ने पनि सोच्दै थिएँ।

तर शनिबार रातिदेखि मलाई फेरि गाह्रो हुन थाल्यो।

सब कुरा पहिले जस्तै नै थिए। औषधी नियमित थियो, काउन्सेलिङ थेरापी भइरहेकै थियो। नियमित ध्यान गर्ने प्रयास गरिरहेकै थिएँ। मेरा व्यक्तिगत समस्याहरु यथावत थिए। अब त ठीक हुन्छु होला जस्तो पनि भएको थियो।

तर गत हप्ता र यो हप्ता म फरक छु।

किन होला ?

शायद् स्कूल ड्रेसमा भएका विद्यार्थीसहितका प्रदर्शनकारीहरु ड्याङ ड्याङ गोली लागेर ढलेका, आगजनी भइरहेका, लुटपाट भइरहेका दृश्य धेरै सोसल मिडियामा हेरेर हो कि ? पछाडि सार्वजनिक सम्पति जलिरहेको दृश्य राखेर अगाडि रमाइरहेका, नाच्दै भिडियो बनाइरहेका भिडियोहरु हेरेर हो कि ? प्रहरीलाई आत्मसमर्पण गर्न लगाएर हात उठाउन लगाएर नाङ्गै हिँड्न लगाएका भिडियो हेरेर हो कि? कति भिडियोहरु हेर्दा त यस्तो शान्त, सुन्दर देशमा बस्ने नेपालीहरुले यस्तो गरे र जस्तो पनि लाग्ने। कति भिडियो त द्वन्द्वग्रस्त देशको बारेमा बनेका वृत्तचित्र हेर्दाका जस्तो।

म यति आतंकित भएछु कि अहिले मलाई सोसल मिडिया हेर्न र समाचार पढ्न पनि डर लाग्ने भएको छ। हिजोको शवयात्राका समाचार र भिडियो त मैले हेर्नै सकिनँ।

तर बाटोमा हिँड्दा पनि जलेर ध्वस्त भएका गाडी र भवनका संरचनाहरु देखिन्छन्- युद्धग्रस्त देशको झल्को आउने गरी।

आफ्नै व्यक्तिगत कम्ता समस्या छ र, देशको चिन्ता लिइरहन। चिन्ता त त्यस्तो कुराको लिने हो, जुन आफ्नो नियन्त्रणमा हुन्छ। तर भनेर के गर्नु, नसकिने रहेछ। मन उदास हुने रहेछ। रुन मन लागिहाल्ने रहेछ।

आज म यो लेख्ने अवस्थामा पनि थिइनँ। खै कसरी हो, लेखेँ।

म व्यक्तिगत पीडामा थिएँ, तर अहिले देख्छु—देश नै सामूहिक थेरापीमा जानुपर्ने अवस्थामा पुगेको छ।

 

8 thoughts on “वाक्कलाग्दो संसार, दिक्कलाग्दो दिन !”

  1. Dilip Gurung says:
    October 2, 2025 at 2:23 am

    Salokya bro.. Sometime you have to say WTF and snap out of it.. You will remain a victim as long as you choose to be. Everything is within. It’s time to move on…

    Reply
  2. रोशन says:
    September 29, 2025 at 7:48 am

    शीघ्र स्वास्थ्य लाभ प्राप्त होस। यो अवस्थाको देशलाई देखेर दुखी नहुने को होला। औषधी र थेरापीसँगै रमाइला ठाउँमा घुम्ने नियमित रुपमा कसरत गरी पसिना बगाउने गर्नुस है।

    Reply
  3. Yasir shrestha says:
    September 27, 2025 at 11:07 am

    I prey for your speedy recovery salokya sir.

    Reply
  4. sanumaya says:
    September 25, 2025 at 5:57 pm

    Please don’t undermine your self. Among all these people engaged in deconstruction with personal agendas and mission, you are worried about people, nation, future. And that means you are absolutely OK. I am also feeling hopeless about where we are heading. Stay Strong, Stay Safe and Stay Blessed. Happy Bijaya Dashami.

    Reply
  5. Ravi says:
    September 20, 2025 at 3:02 am

    Continue with medication ,it will give your life back. It wont change your personality but helps you to feel more yourself, combine with therapy is really effective. Many people misunderstand them ,they are not happy pills ,they are like Insulin to people who have diabetics. Get well soon

    Reply
  6. arjun says:
    September 19, 2025 at 3:14 am

    salokya ji please get well.

    Reply
  7. Ramu dhakal says:
    September 18, 2025 at 11:21 pm

    शीघ्र स्वास्थ्य लाभ को कामना छ भाई

    Reply
  8. G Rizal says:
    September 18, 2025 at 1:32 am

    Get well soon, Salokya! My 🙏🏽 prayers are with you!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme