Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा

Posted on June 4, 2025June 4, 2025 by Salokya

“म पीडामा छु श्रीमान्, साँच्चिकै पीडामा छु। हुनत पुरुष पीडित भएको कुरा भन्न गाह्रो हुन्छ। तर म पीडित भएकै कारण न्याय खोज्न यहाँ आएको हुँ।

मेरो पीडाका डकुमेन्टहरु पेश गरिएका छन्। सिसिटिभी फुटेजहरु प्रमाण राखिएका छन्। मलाई न्याय दिनुस्। योभन्दा बढी म केही भन्न चाहन्नँ।”

जिल्ला अदालतको इजलासको कठघरामा उभिएर यति भन्दै गर्दा म भक्कानिएँ। आवाज थर्थरायो। आँखा चिम्लिएरै यति भनेँ। आँसु आउन खोज्यो। तर रोकेँ। त्यो एउटा गीत सम्झिएँ- ‘लोग्ने मान्छे भएर, रुनु हुन्न रे..’

भन्नुपर्ने कुराहरु धेरै थिए। अर्को पक्ष आक्रोशित रुपमा प्रस्तुत भइरहँदा र अर्को पक्षका कानुन व्यवसायी मलाई थाहा भएकै कुरामा कूतर्क गर्दै इजलासलाई मिसलिड गरिरहँदा मैले केही कुरा प्रष्ट पार्न सक्थेँ। तर जब कठघरामा उभिएर न्याय माग्ने बेला आयो, म चुपचाप भएँ।

किनकि कहिलेकाहीँ मौनताले पनि चिच्याइरहेको हुन्छ।

फलतः नखाएको विष पनि लाग्ने भो ! नलिएको ऋणको भार पनि मलाई अदालतले बोकाइदिने भयो।

एक वर्ष भएछ मैले कहाँ हराएँ म शीर्षकमा आफ्ना केही नितान्त व्यक्तिगत कुरा सार्वजनिक गरेको। त्यसदिन म शब्दमा हराएको थिएँ। आज म अस्तित्वमै हराइसकेको छु।

त्यो निकै कठिन समय थियो। त्यति कुरा लेख्न पनि मलाई निकै गाह्रो भएको थियो। तर पीडा त्यो भन्दा धेरै अगाडिदेखि थियो। राम्रो के भइदियो भने पीडा पोखेपछि मन हलुका भयो।

हुनत मैले पहिले पनि लेखेको थिएँ- सधैँ वसन्त त के हुन्थ्यो र, कहिले पतझड पनि भइहाल्ने रहेछ। सधैँ दिन त कहाँ हुन्छ र, कहिलेकाहीँ रात पनि परिहाल्दो रहेछ। जीवनको यस्तो सामान्य सत्य स्वीकार्न पनि मलाई कति गाह्रो पो भएको थियो।

अहिले पनि यही सामान्य सत्य स्वीकार्न मलाई गाह्रो भइरहेकै छ। यति मात्र स्वीकार्न सके जीवन कति सहज हुन्थ्यो!

जीवन कसैले सोचे जस्तो पनि नहुने भए पछि मैले सोचे जस्तो त झन् किन पो हुन्थ्यो र!

र, अन्ततः झण्डै दुई वर्ष लाग्दै गर्दा अदालती मुद्दाको चरण टुङ्गियो। अदालती प्रक्रिया निकै लामो हुने रहेछ भन्ने विषय थाहा नभएको त के हुन्थ्यो र, नपरेकोले-नभोगेकोले महसूस पो नभएको। यसपालि नराम्रै अनुभव हासिल गरियो।

हुनत मेरो जस्तो विषयलाई समग्रतामा हेरिनु हुन्न। यो देशमा म जस्ता पुरुष थोरै होलान्, पीडित महिला नै धेरै छन्। त्यसैले यसको गलत अर्थ नलगाइयोस्। तर पनि अपवादका केसलाई अपवादकै रुपमा हेरेर तथ्य प्रमाणलाई बुझ्ने विश्वास थियो।

मैले ममाथि भएका केही विषयको प्रमाण पेश गरेको थिएँ। प्रहरीको कागज, फोटोहरु, घाउ चेक जाँच फाराम अनि सिसिटिभी फुटेज राखिएको पेनड्राइभसमेत। त्यो पेनड्राइभका भिडियो नहेरिएलान् भनेर स्क्रिनसट समेत मैले आफ्नो निवेदनसाथ पेश गरेको थिएँ।

कठघरामा उभिएर न्यायको याचना गर्दैगर्दा पनि अरु बोल्न नसके पनि मैले त्यो फुटेजको कुरा उप्काएकै थिएँ। जब न्यायको आधार प्रमाण हो भने, किन मेरो प्रमाण हेरेको मलाई महसूस भएन?

पहिले पनि मैले लेखेको थिएँ- पहिले मसँग धेरै कुरा थियो। अहिले मसँग केही छैन। न घर, न बास, न परिवार, न कमाई। म सून्यमा छु।

तर यो सून्य पनि सायद धेरैको भाग्यमा हुँदैन, किनभने म त माइनसमा छु, नलिएको ऋणको बोझले।

सम्पतिको नाममा एउटा घर थियो- बाले माया गरेर अंशभाग भन्दा बढी उहाँको आफ्नै अंशबापतको रकम पनि थपेर किनिदिनुभएको। त्यसलाई मैले मेरो घरपरिवारको आपत्तिलाई बेवास्ता गर्दै आफ्नो नाममा नराखी पत्नीको नाममा राखेको थिएँ। अहिले मलाई घरपरिवारले ‘हाम्ले भनेकै हो, तेरै कारणले यस्तो भएको’ भन्छन्।

हो, मेरै कारण हो।

त्यो बेलाको अवस्थामा त्यही कदम ठीक थियो। समयक्रममा मतभिन्नता होला भनेर त्यतिबेला अविश्वास गर्नुको कुनै तुक थिएन भन्ने मलाई अझै लाग्छ।

मनमा ‘हरि’ हुँदो हो त मतभिन्नता भएर अदालतमा मैले आफ्नो अंश दावी गर्दा ‘मेरो स्वआर्जनको कमाई, अंश दिन मञ्जूर छैन’ भनिँदैन थियो। र, केस यति लम्बिँदैन पनि थियो।

त्यही घर धितो राखेर बैँकबाट लिएको डेढ करोड ऋणको पैसा कहाँ खर्च भयो, कसरी खर्च भयो- मैले केही थाहै पाइनँ। अझ बैँकबाट मात्र होइन, मेरै साथीभाइसित मेरै नाकमुनि लिइएका लाखौँ ऋणबारे पनि मलाई त पत्तै थिएन। खैर व्यक्तिगत कारोबारको त मैले कानुनी दायित्व भोग्न नपर्ला तर संस्थागत रुपमा लिइएको बैँकको ऋण पनि मैले उपभोग नगरेको र मेरो जानकारीमा नभएकोले मलाई वण्डा नलाग्नु पर्ने भन्ने मेरो तर्क थियो।

कानुन (मुलुकी देवानी संहिता २०७४) ले पनि लिखित सहमति भएको कारोबारमा लागेको ऋण मात्र वण्डा हुने भनेको रहेछ। नेकाप २०७४, अंक १२, निनं ९९०४ को एकासगोलमा रहे बसेकै कारणले मात्र एकासगोलमा लिएको ऋण भनी सगोलका अंशियारहरू सबैले दायित्व बहन गर्नुपर्दछ भनी अर्थ गर्न पनि नमिल्ने भनी सर्वोच्च अदालतबाट नजीर सिद्दान्त प्रतिपादित भएको कुरा पनि मेरो पक्षका कानुन व्यवसायीले भनेकै हुन्।

मैले नलिएको ऋण, नदेखेको पैसा, नबुझेको कारोबार। तर मलाई थमाइयो – डेढ करोडको ऋणको आधा हिस्सा। अर्थात् ७५ लाख। त्यति रकम त मैले अहिलेसम्म देखेको पनि छैन।

हो रहेछ, कानुनले दफाको खोज गर्छ, तर पीडाको खोज गर्दैन। सगोलमा बसेको भन्दै ऋण बाँडिन्छ, तर माया सगोलको होइन रहेछ।

२०८० सालको दशैँपछि नै म घरबारविहीन भएँ। अंशमा पाएको घर र जीवनभर कमाएको सम्पति सबै उतै। मेरो नाममा केही पनि थिएन। मानसिक तनावले नियमित काम पनि गर्न सकिनँ। नियमित आम्दानी पनि हुन सकेन।

तर ममाथि थोपरियो- मानाचामलको अर्को मुद्दा। जसमा मनोरञ्जन खर्चसहित ५० हजार रुपैयाँ मासिक पाउनु पर्ने दावी गरिएको थियो।

मैले सम्पति सबै उतैको कब्जामा, म घर छाडेर बाहिर बस्न बाध्य छु। मानाचामल भनेको त सक्षमले असक्षमलाई पो दिने हो त भनेर दावी गरेँ। तर यहाँको मानसिकतामा लोग्ने रोडपति र स्वास्नी करोडपति भए पनि रोडपतिले करोडपतिलाई मासिक रुपमा खर्च दिनै पर्ने भन्ने रहेछ भन्ने मलाई बारम्बार मेरा कानुन व्यवसायीले सम्झाएका थिए। मैले कहाँ त्यस्तो होला र भन्दै बसेँ।

तर मैले कामै नगर्ने पदमा काम गरेको भनी दावी गरिएको अफिसको बारेमा मैले आधिकारिक पत्र लाँदासमेत जुन किसिमले कूतर्क गरियो, मलाई इजलासमै चिच्याएर प्रतिवाद गर्न मन थियो। तर त्यसो गर्न नपाइने रहेछ।

मानसिक स्वास्थ्यको बारेमा अदालतमा कसैले त्यति हचुवा किसिमले पनि बोल्लान् भन्ने मलाई लागेको थिएन। ठीकै छ, अब के नै गर्न सकिन्छ र।

आखिर मानाचामलको मुद्दामा पनि ‘आंशिक दावी पुग्ने’ नै फैसला भयो।

र, म फेरि माइनसमा आइपुगेँ। मसँग अब म आफै बाहेक केही पनि छैन। तर मैले तिर्नुपर्ने चाहिँ धेरै छ।

माफ गर्नुहोला यति कुरा सुनाउन मैले ब्लग रोजें, साह्रै उकुसमुकुस भयो। अब त मेरो परिवार भन्नु यही ब्लगको परिवार पनि त हो। मलाई थाहा छैन—तपाईँहरु मध्ये धेरैले मेरो पीडा बुझ्नुहुन्छ कि हुन्न। तर एउटा कुरा थाहा छ- पीडाको कुनै ‘जेन्डर’ हुँदैन !

मैले यो बीचमा के बुझेँ भने- पुरुष भएर पीडामा छु भन्नु सजिलो छैन। तर मौन भएर बाँच्‍नु — त्यो त जिन्दगी होइन, जिन्दगीको सजाय हो।

43 thoughts on “माइनसको मान्छे : एउटा पुरुषको मौन पीडा”

  1. krishna sharma says:
    September 28, 2025 at 8:53 pm

    पीडाको कुनै ‘जेन्डर’ हुँदैन

    Reply
  2. Purushotam Rijal says:
    August 29, 2025 at 7:02 pm

    Sad to hear that you are living in this difficult situation. Stay strong sir <3. Everything will be fine .

    Reply
  3. Manoj says:
    August 15, 2025 at 3:27 pm

    Very well agree with JSmagar and Kedar Koirala.
    Shockingly, where is justice? Is there no gray matter in brains of judges in our country? Hell ! charging for the debt for other’s property now and Mana-Chamal ? Are these judges really human? How about fighting the case again in higher court?
    I support the humble initiative by Anonymous.

    Reply
  4. Mahesh says:
    July 24, 2025 at 2:20 pm

    २०६५/०६६ सालतिरबाट तपाईको blog हेर्न शुरू गरेको। आज अलि धेरै समय पछि यो पेज खोल्दा तपाईको आफ्नै पिडावारे थाहा पाउदा स्तब्ध बने । तपाइका शुभचिन्तक तपाईका साथमा छन् । पिडालाई भुल्नु, हिम्मत नहार्नु, नयाँ जोसका साथ अघि बढ्नु।

    Reply
  5. संजय अधिकारी says:
    July 7, 2025 at 11:10 am

    फिनिक्स पंक्षी खरानीबाट उठेर पुन नयाँ जिबन बाँच्दछ भन्ने गरिन्छ । तपाईंमा पनि त्यो उर्जा र साहस छ । मलाई आशा छ अब जिन्दगीको दोस्रो ईनिङ अझै खास रहनेछ ।

    Reply
  6. Krishna says:
    July 6, 2025 at 5:14 pm

    I have been reading and enjoying your blogs since 2005 — for more than 20 years!
    It saddens me to hear that you are going through such a traumatic experience.
    Thank you for sharing it with us. Please know that you are not alone — we are with you.
    You may feel like you’re at rock bottom now, but you will soon bounce back.

    Reply
  7. Rocky B says:
    June 25, 2025 at 7:32 pm

    I don’t have much to add, I will just wish you good luck down the road.
    I just read today, “The storm doesn’t last forever.”
    Challenging situations, like this, will eventually pass, and better times will follow.
    I also went through somewhat similar pain but not dreadful as yours and what you are going through.
    Meditation, self-care and self-love helped. Do what you can and leave rest to ‘Shiva’, that’s what I did on my dark days.
    Take care of your mental, physical and spiritual health as top priority, nothing else matter.

    Reply
  8. joy says:
    June 24, 2025 at 6:08 pm

    Dear Umesh ji,

    I truly feel for you. I’ve been following your blog for a long time, and even today—unknowingly—I found myself typing your name. That’s the kind of lasting impact your words have had on me.

    From everything you’ve written, it’s clear that you’ve always walked the path of truth, with unwavering integrity. You are a gifted writer with a rare voice, and I genuinely believe that even this difficult moment can become a stepping stone—a slingshot—to rise even higher.

    There was a time when your name shone brightly, and I have no doubt that time will come again.
    Rise and shine, Umesh ji.
    We’re still here, waiting for your light….

    With respect and hope,
    Your well-wisher

    Reply
  9. sanumaya odari says:
    June 24, 2025 at 2:24 pm

    यस्तो मान्छेलाई पनि दुख भोग गर्नु पर्दो रहेछ भने अरूको के कुरा गर्ने । हाम्रो अदालतले न्याय पनि गर्छ र जस्तो लाग्छ मलाई त। न्यायधीशहरू कानूनका दफा जानेका कर्मचारी भन्दा फरक नै छैनन् ! तपाईलाई दुख दिनेको पनि भलो त हुन्न होला।
    अंश पनि अर्को नाममा गर्नु भने तपाईको गल्ती नै हो। परम्पराहरू सबै रूढी मात्र हूँदैनन् भन्ने कुरा बुझ्नुपर्छ नि । भएभरको सम्पत्ति पत्निका नाममा राखेर पहिल्यै चिढ्याईसक्नुभएको हुन्छ । छोरीको पो माईति मावलीले हेर्छन् त, छोराको हरिविजोग भएको हेरिदिने कोही हुन्नन् । करूणा देखाएपनि डुबेकालाई उतार्ने गरी सहयोग गर्ने हैसियत सबैसँग हुँदैन । अनि रूनु पनि को सँग र? छोरोमान्छे भएर रूनुहुन्न त्यही भएर भनेको होला ।
    अब जे हुनु भईसक्यो । आफ्नो आशालाई जोगाईराख्नुहोस् किनकी हाम्रो आशा तपाई नै हो । तपाई पारिवारिक समस्यामा फस्नु भएका दिनदेखि हामीले विभिन्न महत्वपूर्ण घटनाको बारेमा सत्यसामग्री पाएका छैनौ। छिट्टै माईसंसार आफ्नो लयमा फर्कियोस् । तपाईका आगामी दिनहरू सुखशान्तिमय, आनन्दमय रहुन् , अबदेखि कहिल्यै कसैले पनि शालोक्यलाई दुख नदेओस् भन्ने कामना गर्दछु् ।

    Reply
  10. santosh pradhan says:
    June 16, 2025 at 1:22 am

    lau na ni k vayo yesto hamro umesh ji lai :-ç :-ç

    Reply
  11. Messenger says:
    June 8, 2025 at 5:55 pm

    कृपया एकहार्ट टोलेको पुस्तक “The Power of Now” पढ्नुहोस्। म पनि धेरै पटक मानसिक स्वास्थ्यको यात्रामा गएको छु — औषधी, थेरापी आदि। कहिल्यै पनि “Life situation” ले तपाईंको अमूल्य “Life” माथि जित्न नपाओस्। म तपाईंको सर्वोच्च र उत्कृष्ट हितको कामना गर्दछु।

    Reply
  12. Anonymous says:
    June 8, 2025 at 3:45 am

    Although this is my first time commenting on his wall, I’ve been following his blog since the 2061 Andolan. While the legitimacy of that movement may be debatable, I genuinely believe he is a professionally sound and innocent individual.
    At times, his writing style can come across as somewhat arrogant—perhaps it’s just the tone (and I hope I’m wrong)—but regardless, I deeply respect and appreciate the hard work he has put in over the years. I truly feel I owe him a lot for that.
    I was thinking—if we could gather 500 donors, each contributing $100, we could raise around 70 lakh Nepali rupees. This would allow him to focus more on his professional work and potentially create even more meaningful content.
    If you feel the same way, please leave a comment.

    To Umesh:
    It’s easy to fall into depression when multiple challenges strike all at once. But please stay strong and positive. Try not to spend too much time alone. Donot go after drugs or alchol as they will kill you more. Dont listen sad songs.

    Yes, we all need the presence of women in our lives—but we must also remember that they need love, care, and emotional support too.

    If you’ve been hurt or betrayed, don’t keep digging up the past—just move forward. In Japan, there’s a famous saying:
    “It doesn’t matter whether your dream comes true or not—what matters is that you need to see dream, and how hard you work toward it.”

    Stay hopeful. Keep going.

    यो मेरो पहिलो पटक हो कि मैले उहाँको वालमा कमेन्ट गरिरहेको छु, तर म २०६१ सालको आन्दोलनदेखि नै उहाँको ब्लग पढ्दै आएको छु। त्यो आन्दोलनको वैधता विवादास्पद हुन सक्छ, तर म विश्वास गर्छु कि उहाँ पेशागत रूपमा सक्षम र निर्दोष व्यक्ति हुनुहुन्छ।

    कहिलेकाहीँ उहाँको लेखाइको शैलीका कारण अलिकति घमण्डी जस्तो लाग्न सक्छ (सायद म गलत पनि हुन सक्छु)। तर त्यो भन्दा धेरै, उहाँको कडा मिहिनेतलाई म गहिरो रूपमा सम्मान गर्छु। उहाँले गरेका कामहरूबाट मैले धेरै पाएको महसुस गर्छु।

    म सोचिरहेको थिएँ—यदि ५०० जना व्यक्तिहरूले प्रति व्यक्ति $१०० सहयोग गरे भने, हामी करिब ७० लाख नेपाली रुपैयाँ संकलन गर्न सक्छौं। यसले उहाँलाई अझ पेशागत कार्यहरूमा केन्द्रित हुन र अझ बढी अर्थपूर्ण सामग्री उत्पादन गर्न सहयोग पुर्‍याउनेछ।
    यदि तपाईं पनि यस्तै महसुस गर्नुहुन्छ भने, कृपया कमेन्ट गर्नुहोस्।

    उमेशजीलाई:
    जब धेरै समस्याहरू एकैपटक जीवनमा आउँछन्, त्यतिबेला डिप्रेसनमा जानु सजिलो हुन्छ। तर कृपया बलियो बन्नुहोस् र सकारात्मक रहनुहोस्। धेरै समय एक्लै नबस्नुस्।

    हो, हामी सबैलाई जीवनमा महिलाको साथको आवश्यकता पर्छ — तर उनीहरूलाई पनि उत्तिकै माया, हेरचाह र भावनात्मक समर्थन चाहिन्छ।

    यदि तपाईं धोका पाउनुभएको छ वा मन टुटेको छ भने, विगतलाई बारम्बार कोट्याइरहनु होइन — सिधै अगाडि बढ्नुस्।

    जापानमा एउटा प्रसिद्ध भनाइ छः
    “सपना पूरा हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण होइन। महत्वपूर्ण कुरा त हो, सपना देख्नु र त्यसको लागि मिहिनेत गर्नु।”

    आशावादी बन्नुहोस् र अगाडि बढिरहनुहोस्। We are with you.

    Reply
    1. Bikash says:
      June 9, 2025 at 11:08 pm

      I agree with you. We can definitely help Umesh ji. I have been following him since merosansar days. Let’s organize gofundme for Umesh ji. It is doable.
      Having said that, you are at bottom, it can’t get worse so pull up yourself and we are all with you brother.

      Reply
    2. [email protected] says:
      June 15, 2025 at 12:22 am

      Let’s go ahead. He needs us NOW.

      Reply
    3. Raju says:
      June 15, 2025 at 4:27 pm

      I am happy to contribute as well.
      Thanks

      Reply
    4. Anonymous says:
      June 23, 2025 at 8:37 am

      Dear all,
      Thank you for your responses — I’ve started. Although the response so far has been smaller than I expected, I believe it’s mainly because many of his long-time readers may no longer visit as frequently.
      Still, I’m confident that if we can reach them, there are many who would be willing to contribute. Let’s help spread the word through our social networks — Facebook, TikTok, Instagram, and others.

      Let’s also contribute directly to his account or support system he established.

      Umesh/Salokya, could you kindly let us know how we can make our contributions?

      Thank you all again.

      Reply
      1. Anonymous189 says:
        June 25, 2025 at 8:48 pm

        He has put a tab up there, named Donate, I have myself contributed some amount. I will consider more on future.

        Reply
  13. Alikhit says:
    June 7, 2025 at 7:59 am

    आफु बाट पनि केहि गल्ति भएको छ की ? मानिस त्यसै त बक्र हुदैन त | मा बाट गल्ती हुदै हुदैन, मैले गल्ती गर्नई सक्दिन भन्दा भन्दै गल्ति गरिरहेको पत्तै हुदैन | एक चोटि retrospect गरि हेर्नुस त |

    Reply
  14. Anil says:
    June 6, 2025 at 8:48 pm

    Tapai ko aabastha le dukhi chhu. Tapai ko sundar samaya ko kamana gardachhu.

    Reply
  15. Roopendra Joshi says:
    June 6, 2025 at 1:10 pm

    हिजो अस्ति झै लाग्छ यति राम्रो ससुराली गाउ जादाको ब्लग पढेको।। खै मान्छेको जीवन कहिले कहाँ पुग्छ थाहा नै नहुने। तपाइको अबको इनिङ्ग गजब होस । साहसको साथ कर्म गर्नुहोस
    म निशब्द।।।।

    Reply
  16. यश घिमिरे says:
    June 6, 2025 at 6:57 am

    शालोक्य जी !
    ” कहाँ हराएँ म ” पढदा तपाई कठिन मोडमा हुनुहुन्छ भन्ने अनुमान गरेको थिएँ तर यो हदको पिडामा हुनुजुन्छ भन्ने लागेको थिएन । ब्लगले स्तबध बनायो ।
    यहाँ धेरै मान्छेहरु माईनस बाटै माथी उठेका छन । हिम्मत नहार्नुस । अबको जिन्दगी शानदारले जिउन पर्छ । ” माना चामल ” सके भर्ने हो नसके कहाँबाट भर्नु र ? । यो विषयमा धेरै तनाव नलिनु होला ।
    low IQ level र मनमा ” हरि” नभएको जमातमा हाम्रो समाज बिस्तारै रूपान्तरण हुँदै गइरहेको छ ।विदेशतिरै सेटल हुन कोशिस पो गर्ने हो कि ?!किनकी तपाईमा technological ज्ञान र अब्बल पत्रकारिताको अनुभव छ । एकपल्ट नराम्रो गरि लडनु भएछ । अब हिम्मत गरेर उठनुहुनेछ । उठने मात्र होइन , फेरि दौडनुपर्छ बीस बर्ष अघिको शालोक्य जसरी ।
    आफ्नै एउटा गजलको शेर अर्ज गर्ने अनुमति चाहेँ –
    एकपल्ट ‘लड्यो’ भन्दा सधैं लडला भन्ने छ र ?।
    जिन्दगी यो आलु हो र ?भित्र सढला भन्ने छ र ??।

    Reply
  17. Ravi Aryal says:
    June 6, 2025 at 2:51 am

    Salokya jee, I’ve been reading Mysansar whenever I get time. Now, Your words touched the deepest corners of the heart. Reading your journey feels like walking through a storm of emotions, silent battles, misunderstood intentions, and an overwhelming sense of helplessness. I cannot even begin to imagine the pain you’ve endured, standing alone, trying to be heard in a system that often struggles to see beyond technicalities.
    Please know that sharing your story is not a sign of weakness—it’s an act of immense courage. Many go through such turmoil silently, but you have found the strength to speak up, to let your truth breathe. That, in itself, is powerful.
    Life has pushed you to the edge, but you are still standing, and that means you still have strength left—more than you perhaps realize right now. You are not defined by what you’ve lost or what others imposed on you. You are defined by the honesty in your words, the integrity of your choices, and the resilience you continue to show even in your lowest moments.

    Pain may not have a gender, but healing too, knows no boundaries. Allow yourself to grieve, but also believe—better days are possible. Sometimes the worst storms in life clear paths we never imagined.

    Keep writing. Keep speaking. Keep surviving. And one day, you’ll look back not at the darkness, but at how fiercely you fought for your light.

    You are not alone. We see you. We hear you. And MYSANSAR PATHAK ,we stand with you. 🌱💙

    Reply
  18. RABIN N says:
    June 6, 2025 at 1:56 am

    Miss you brother umesh. FB ma ni msg grko xu la
    .

    Reply
  19. JMagar says:
    June 5, 2025 at 1:25 pm

    Believe no one
    We all are surrounded by cruel and junk human (they actually do not qualify to be called human), often hard to distinguish one from another. Stay strong, keep faith, believe no one.

    Reply
  20. Devi Ghimire says:
    June 5, 2025 at 10:00 am

    नि:शब्द, तपाइकाे कथा पढेर स्तब्ध भएँ । शब्दमा पोखिएको तपाईँको पीडा केवल कथा होइन, एक जिन्दगीको गहिरो दस्तावेज हो। यति गहिरो चोट भएर पनि शालीनतापूर्वक व्यक्त गर्न सक्नु त्यो तपाईँको आत्मबलको पराकाष्ठा हो। ‘हराएको’ जस्तो लागे पनि तपाईंभित्र अझै एक उज्यालो बचत छ, जुन दिन आउनेछ जहाँ मौनता बोल्नेछ र न्याय आफैँ लजाउनेछ। तपाईं एक्लो हुनुहुन्न, तपाईँका शब्दसँग सयौँ मौन आवाज जोडिएका छन्।

    Reply
  21. Pratap Paudel says:
    June 5, 2025 at 9:34 am

    उमेशजी,

    तपाईंको बारेमा यस्तो दुःखद खबर सुन्दा मन निकै भारी भयो। जीवनमा कहिलेकाहीँ यस्तो कठिन मोड आउँछ, जुन स्वीकार गर्न पनि गाह्रो हुन्छ।
    तर तपाईंको साहस, धैर्यता र आत्मबलले यो अँध्यारो समयलाई पनि पार गर्नेछ भन्ने पूर्ण विश्वास छ।
    एक जना साथ छोडे पनि, सयौं शुभचिन्तकहरू तपाईंको साथमा छन्।

    Reply
  22. Manju Thapa says:
    June 5, 2025 at 8:45 am

    Hi dear! You are strong enough ,eventually in this deep sorrow you are a light even in this darkest moments. Keep going , you are not alone!

    Reply
  23. Ajaya says:
    June 5, 2025 at 5:39 am

    उमेश जी , नभेटेपनि तपाईंलाई फलो गर्न थालेको २० बर्ष जति भएछ। यो पढ्दै गर्दा नरमाइलो लाग्य। तपाइको पोटेन्सियल को प्रयोग भएकै छैन। फेरी सुरु गर्नुस। संगै केहि गर्न सकिन्छ भने भन्नु होला

    Reply
  24. Rajendra Adhikari says:
    June 5, 2025 at 3:32 am

    तपाईँ हराउनुभएको त महसुस गरेकै हो। तर थाहा थिएन त्यस्तो अवस्था आइपरेको रहेछ।
    तपाईँका दुःखहरू पढेर दुखित मात्रै हुन सक्ने अवस्थाप्रति खेद छ।
    रातहरू जति भयानक भएपनि ती गुज्रेर जान्छन् जानै पर्दछ।
    धैर्य गर्नुहोस् तपाईँलाई लड्ने आत्मशक्ति मिलोस्।

    Reply
  25. Khem says:
    June 5, 2025 at 2:50 am

    Wanted to say exactly whatDhak Gurung said-

    हिजो अस्ति झै लाग्छ यति राम्रो ससुराली गाउ जादाको ब्लग पढेको।। खै मान्छेको जीवन कहिले कहाँ पुग्छ थाहा नै नहुने। तपाइको अबको इनिङ्ग गजब होस । साहसको साथ कर्म गर्नुहोस
    म निशब्द।।।।

    Reply
  26. नानू घले says:
    June 5, 2025 at 1:11 am

    पिडाको जेन्डर हुदैन,मोैनता भित्र भयानक आवज गर्जन हुन्छ। यहा सत्य र इमानदारी को ठाउँ रहन्न पीडा चोट असह्य उसैलाई हुन्छ। समाजमा बाच्न रआरामले सास फेर्न समेत दिन्न,,,,, 😥😥😥😥

    Reply
  27. केदार काेईराला says:
    June 4, 2025 at 10:30 pm

    उमेश,कस्ताे बिडम्बना तिमी पनि पिडामा पाे हराएका रहेछाै।मैले त साेचेकाे थिएँ तिमी उतिबेलै प्रबिधीका अब्बल थियाै प्रबिधिकाे महत्व बुज्ने विकसित देश तिर पलायन भयाै हाेला !!! माफ गर मेराे गलत साेचलाई। उमेश दुख र पीडा बाजा बजाएर आउँदाे रहेनछ।तिमीले पाएकाे पीडा पढेर, हे ईश्वर तँ साच्चै परमात्मा हाेस भने त्याे सालिन,निस्वार्थी बिवेकी उमेश लाई किन तैले यतिबिग्न पीडा दिएकाे ?भनेर चिच्याई चिच्याई गालि गर्न मन छ।उमेश,जीवन यात्रामा आईपर्ने आराेह हवराेह सुखदायी हुन सबैकाे भनेर साेच्ने तिमी आफै भुँमरीमा परेका रहेछाै।तिम्राे त्याे निस्कलंकित स्वच्छ मुहार सम्झेर मेराे मन भक्कानिएकाे छ यतिबेला।म तिम्राे वेदना बुज्छु किनभने तिम्ले भाेगेकाे कठिन यात्रा जस्तै यात्राकाे यात्री हूँ म पनि।उमेश मन हल्का बनाउ जे हाेला बाँडाैंला।मलाई 9851060233 मा फाेन गर है।तिम्राे नम्बर छैन म सँग।

    Reply
  28. Je Pi Arghali says:
    June 4, 2025 at 10:22 pm

    सालोक्य जी अबको तपाईको संसार सुन्दर होस। तपाईलाई याद रहोस सबै गुमाइसकेको मान्छे लाई अब भवीष्यमा केही गुमाउनु पर्दैन! पीडाको कुनै जेन्डर हुदैन यो पुरै सत्य हो!

    Reply
  29. Seeta says:
    June 4, 2025 at 10:13 pm

    पीडाको कुनै ‘जेन्डर’ हुँदैन !

    Reply
  30. काइॅल्दाइ says:
    June 4, 2025 at 9:49 pm

    पीडाको कुनै ‘जेन्डर’ हुँदैन !निःशब्द !

    प्रिय सालोक्य, अबको इनिंग धमाकेदार हुनुपर्छ ।

    वि लभ यु डियर जेन्टिलम्यान ।

    Reply
  31. पिK says:
    June 4, 2025 at 8:13 pm

    निःशब्द।
    म जस्तो होंचोलाइ मात्र रहेछ अन्याय भन्ने सोंचेको थिएं। म मात्र रहेनछु। नेपालमा मानवता र न्याय किन यति दुर्लभ हुंदैगइरहेको छ? सालोक्य जी, तपाइको नया इनिगं शानदार हुनुपर्छ।

    Reply
  32. Chandrakant Ganesh nath says:
    June 4, 2025 at 5:41 pm

    पीडाको कुनै ‘जेन्डर’ हुँदैन ! 🥲 !!

    Reply
  33. किरण says:
    June 4, 2025 at 4:25 pm

    तपाइकाे कथा पढेर स्तब्ध भएँ। यस्तै हाे हामी छाेरामान्छेकाे जीवन

    Reply
  34. Lily Kunwar says:
    June 4, 2025 at 2:46 pm

    पीडाको कुनै ‘जेन्डर’ हुँदैन !निःशब्द☹️

    Reply
  35. Amrita Ghimire says:
    June 4, 2025 at 2:05 pm

    पीडाको कुनै ‘जेन्डर’ हुँदैन ! गज्जब !!

    Reply
  36. Suman Jaba says:
    June 4, 2025 at 1:37 pm

    सत्यको वकालत गर्ने मान्छेको जीवनमा नै किन सबै यस्तो आइपर्छन्? के यो संसार राम्रो मान्छेहरुको लागि बस्न योग्य नभएकै हो त? साह्रै मन भारी भयो हजुरको घटनाले ।

    Reply
    1. Indu says:
      June 5, 2025 at 2:34 pm

      पीडाको कुनै ‘जेन्डर’ हुँदैन !

      Reply
  37. Dhak Gurung says:
    June 4, 2025 at 11:17 am

    हिजो अस्ति झै लाग्छ यति राम्रो ससुराली गाउ जादाको ब्लग पढेको।। खै मान्छेको जीवन कहिले कहाँ पुग्छ थाहा नै नहुने। तपाइको अबको इनिङ्ग गजब होस । साहसको साथ कर्म गर्नुहोस
    म निशब्द।।।।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme