नेपाल विद्युत प्राधिकरणका बर्खास्त एमडी कुलमान घिसिङका बारेमा अहिले मिडियामा आएका समाचारहरु तपाईँले हेरिरहनुभएको होला। विद्युत प्राधिकरणको नाफा त सबै कृत्रिम रहेछ, कुलमानले नक्कली आम्दानी देखाएका रहेछन्, अहिले त अर्बौँ घाटा रहेको पो देखियो – यस्ता लाइनका समाचारहरु तपाईँले प्रशस्तै देख्नुभएको होला केही दिनअघिदेखि। नयाँ एमडीले सार्वजनिक गरेको श्वेतपत्रका आधारमा यी समाचारहरु देखेपछि मैले केही सीए साबहरुसँग खास कुरो के हो भन्ने जिज्ञासा राखेँ। उनीहरुले प्राविधिक कुरा बुझाइदिएपछि पो छर्लङ्ग भएँ- मिडियाले हिसाब नबुझेका रहेछन्। अथवा कुलमानलाई खुइल्याउने नियतले बुझ पचाएर जनता झुक्याउन खोजेका रहेछन्।
१६ वैशाख २०८२ मा अनलाइनखबरले एउटा शीर्षक दिएर समाचार छाप्यो – विद्युत् प्राधिकरणको श्वेतपत्र : ५ अर्ब घाटा, २ खर्ब ४८ अर्ब ऋण

अरु मिडियाका पनि हेडलाइनहरु हेरौँ-
विद्युत प्राधिकरणको सञ्चित घाटा ५ अर्ब बढी (अर्थसरोकार)
नाफा होइन नोक्सानमा चल्दै आएको थियो प्राधिकरण (वर्णनमिडिया)
कुलमान घिसिङको कागजी नाफाले आर्थिक संकटतर्फ विद्युत प्राधिकरण (बिजनेसन्युज)
शीर्षक पढ्दा लाग्छ – प्राधिकरण डुब्नै लागेको छ। देशको ऊर्जा निकाय धराशायी हुँदैछ।
तर जब तथ्यतर्फ जान्छौं, यो खबर आधा सत्य, आधा भ्रम देखिन्छ। नेपाल विद्युत् प्राधिकरण (NEA) ले सार्वजनिक गरेको श्वेतपत्र पढेपछि पत्ता लाग्छ – यो रिपोर्टले केही तथ्यहरू ‘उचालेर’ र केही ‘छोडेर’ बनाइएको छ। त्यसैले, हामीले यसलाई “Misleading” अर्थात् भ्रमपूर्ण भन्न सक्छौं।
भ्रम १ : ८ वर्षदेखि नाफा कमाएको भन्नु सत्य होइन
समाचारमा लेखिएको छ- नेपाल विद्युत् प्राधिकरणले ८ वर्षदेखि निरन्तर नाफा कमाइरहेको दाबी गरे पनि त्यो सत्य नभएको पाइएको छ। प्राधिकरणले नै तयार पारेको श्वेतपत्र अनुसार संस्था ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा देखिएको हो ।
तथ्य: NEA ले २०७३/७४ पछि प्रत्येक वर्ष सञ्चालन नाफा (operating profit) कमाउँदै आएको छ। २०८०/८१ मा मात्र ४६ अर्ब ४७ करोड सञ्चित नाफा थियो।
समाचारले भनेको छ – “प्राधिकरण नाफामा छैन, बरु ५ अर्ब २६ करोड घाटा देखिएको छ।” तर यो घाटा भनेको आयकर ऐन अनुसार लेखा प्रणालीले देखाउने ‘कागजी घाटा’ हो, जसमा
-
पुराना नोक्सानीहरू समायोजन गरिन्छ,
-
र ‘Accelerated Depreciation’ नामको एउटा लेखा नीति लागू गरिन्छ।
👉 तर प्राधिकरणको वास्तविक आम्दानी भने घाटामा छैन।
यो ‘घाटा’ लेखा अडिटबाट होइन, आयकर ऐन अन्तर्गतको गणनाबाट आएको हो। लेखापालको हिसाबले नाफा देखिन्छ, कर विभागको हिसाबले घाटा।”
भएको के हो ?
NEA को अडिट महालेखापरीक्षकले गर्छ। अडिटको नियम कानुन अनुसार यो संस्थाको नाफा, नोक्सानको हिसाब निस्कन्छ। तर अकाउन्टिङको नियम कानुन अनुसार चाहिँ करले त्यसलाई मान्दैन। करको छुट्टै गणना गर्नुपर्छ- नाफा-घाटा कति हो भनेर। करको आफ्नै ऐन छ, त्यही अनुसार गणना हुन्छ।
त्यही कारण कहिलेकाहीँ संस्था नाफामा आए पनि कर कानुनको कारणले गर्दा संस्था घाटामा जानसक्छ। यसको अर्थ संस्था घाटामा गएको होइन कि करका कारणले घाटा भएको हो। अनि कहिलेकाहीँ संस्था घाटामा गए पनि नाफामा कर तिर्नुपर्ने पनि हुनसक्छ।
किनभने अकाउन्टिङको सिद्धान्त अनुसार अकाउन्टिङको नाफा घाटा हुन्छ, तर करको आफ्नै कानुन भएको कारणले त्यसअनुसार हिसाब गर्दा नाफा घाटा फरक हुनसक्छ।
अब यहाँ NEA को सवालमा भइदियो के भने अकान्टिङका अनुसार नाफै आयो, गलत केही पनि छैन। तर करको गणनामा चाहिँ घाटामा छ भनेर आयो कुरो।
किन घाटामा आयो भन्दा विद्युत प्रसारण, उत्पादन लगायतका सेक्टरहरुमा सरकारले प्रिभिलेज गरेको छ कानुनमार्फत्।
अनि Depreciation लाई पनि बुझौँ।
बिल्डिङहरु पुरानो हुन्छ, फर्निचरहरु आदि पुरानो हुन्छ, यो कारणले निश्चित समयपछि हरेक वर्ष यस्ता कुराहरुको भ्यालु घट्छ।यसलाई पनि Depreciation गर्ने भनिन्छ प्राविधिक भाषामा।
अनि अकाउन्टिङको सिद्धान्त अनुसार Depreciation भयो, नाफा आयो- तर कर कानुन अनुसारको गणनाले के भन्यो भने त्यो Depreciation लाई एक तिहाई बढी खर्च लेख है ताकि तिम्रो नाफा कम आओस् करमा ताकि कर कम तिर्नुपरोस् भनेर कानुनमै त्यो राखिएको हुन्छ।
त्यो भएपछि उसले खर्च त बढी लेख्यो।
उदाहरणका लागि अकाउन्टिङमा १०० रुपैयाँ खर्च लेख्यो भने करमा १३३ लेख्यो खर्च।
भनेपछि करमा नाफा नआउन सक्छ या आए पनि कम हुनसक्छ।
यो सामान्यतया सार्वजनिक हुने चिज होइन। यसलाई नर्मल एडमिनिस्ट्रेटिभ कामका रुपमा लिइन्छ।
यहाँनिर NEA को सवालमा कुलमानलाई पेल्नलाई के गर्न पर्यो भन्दा केही नकारात्मक कुरा बजारमा फाल्नु पर्यो। अनि घाटा देखाइदियो भने त मिडियाको हेडलाइन बन्छ भनेर करमा नोक्सानी छ भनेर असान्दर्भिक कुरो देखाइयो।
खासमा यो करमा नोक्सानी देखिएको हो। वास्तविक रुपमा NEA नोक्सानीमा हो त ?
होइन।
NEA त नाफा मै हो।
अनि अब प्रश्न आउला एक तिहाई Depreciation मा यत्रो फरक आउँछ त ? पख्नुस्, कुरो बुझ्नुस्। NEA को ठूलो परिमाणमा स्थिर सम्पतिहरु छ- भवनहरु, त्यत्रो प्रोजेक्टहरु बनाएका छन्, हाइड्रो पावर, प्रसारण लाइन आदि। त्यो कारणले गर्दा उसको स्थिर सम्पतिहरुको भ्यालु एकदमै धेरै छ। त्यही कारण Depreciation को अङ्क पनि उसको धेरै हुने नै भयो।
त्यसैले एक तिहाई थपिने बित्तिकै ठूलो अमाउन्ट खर्चमा देखियो।
यो खासमा कर प्रयोजनका लागि भएको चिज धेरै मिडियाले कुलमानले ठगेको रहेछ, प्राधिकरण त नोक्सानीमै रहेछ भन्ने लाइनमा हेडलाइन र समाचार ठोक्दिए।
यो कुरालाई पुष्टि हुने एउटा पुरानो समाचार बिजमाण्डुमा हेर्नुस्-

पूरा समाचार यहाँ क्लिक गरी पढ्नुस्।
यो समाचारले बैँकहरुको नाफा भन्दा बढी कर तिर्नुपरेको देखाउँछ। मतलब यस्तो हुन्छ, नहुने होइन।
यसले देखाउँछ अकाउन्टिङको नाफा भन्दा बढी पनि कहिलेकाहीँ कर त आउने रहेछ नि। किनभने कर कानुनले आफ्नै व्यवस्था गरेको हुन्छ।
NEA को विषयमा ‘एउटा मिडियाले लेखेको भए पनि म केही भन्दिनँ थिएँ, अधिकांशले यही लेखेका छन्’, एक जना नाम खुलाउन नचाहने सिए सापले भने, ‘यो त लाजमर्दो नै भयो। नेपाली मिडियाको हैसियत देखियो।’

श्वेतपत्रमा लेखिएको विषयको स्क्रिनसट
सरल भाषामा बुझौँ- दूध बेच्ने दिदीको कथा
कल्पना गरौं, लक्ष्मी दिदीले बिहान उठेर गाई दुहुँछिन्, दूध बेच्न जान्छिन्।
-
उनले दैनिक १,००० रुपैयाँ कमाउँछिन् (यो हो सञ्चालन आम्दानी, NEA ले कमाएको जस्तै)।
-
उनले घाँस, पानी, ग्यास, डेलिभरी खर्च आदि कटाएर पनि दैनिक ६०० रुपैयाँ बचत गर्छिन् (यो हो कम्पनीको नाफा – वास्तविक बचत)।
अब प्रश्न उठ्छ:
उनी नाफामा छिन् कि घाटामा?
पक्कै पनि नाफामा — किनभने उनले खर्च कटाएर पैसा जोगाइरहेकी छन्।
तर अब आयकर विभाग आयो।
आयकरको हिसाब चाहिँ फेरि फरक शैलीमा गर्छ।
-
उसले भन्यो: “लक्ष्मी दिदी, तपाईंले १२ वर्षअघि गाई किनेको ५०,००० रुपैयाँ लागतलाई हालको भ्यालु अनुसार हिसाब गरौं।”
यसलाई लेखा भाषामा भनिन्छ: Accelerated Depreciation। -
कर कानुनले गाईमा धेरै depreciation गर भन्यो भने करको नाफा कम हुन्छ, अकाउन्टिङमा नाफा बढी भए पनि।
अब के भयो त?
-
लक्ष्मी दिदीको खल्तीमा पैसा छ।
-
तर कागजमा भने घाटा देखिन सक्छ वा अकाउन्टिङको नाफा भन्दा कम नाफा देखिन सक्छ।
💡 यसलाई के भन्न सकिन्छ?
👉 यो घाटा ‘balance sheet’ मा देखिएको हो, बैंक खातामा होइन।
जसरी लक्ष्मी दिदीले बिहानको आम्दानीबाट साँझको तरकारी किनेर खाएकी छन्, त्यसरी नै विद्युत प्राधिकरणले पनि आफ्नो सञ्चालनबाट कमाएको पैसा खर्च गरिरहेको छ – घाटामा छैन।
-
प्राधिकरण नाफामा छ, तर लेखा पद्धतिले देखाएको “घाटा” भने एक किसिमको लेखापाल शैलीको माया जस्तो हो।
-
यो बुझ्न गणितभन्दा तर्क र सन्दर्भ चाहिन्छ, नत्र पत्रकारले लेखिदियो—”घाटा”, अनि सबले पत्याइहाल्यो।
अब यस्तै भयो — नेपाल विद्युत प्राधिकरण (NEA) सँग।
-
बिजुली बेच्नेसहितबाट नाफा कमाए — ४६ अर्ब !
-
सबै खर्च कटाएर बचेको पैसा छ, प्रोजेक्टहरू पनि अगाडि बढिरहेका छन्।
तर कर विभागले के गर्यो?
-
Depreciation नामको चिजले–
कर कानुन अनुसार (हाइड्रोले कम कर तिरुन् भनेर कानुन मै कर गणना गर्दा) depreciation expenses बढी लेख भनेर भनेपछि बढी लेखियो। कानुनमै त्यस्तो लेखिए पछि कानुनको कुरा त मान्नै पर्यो।
फरक कति पर्यो त?
-
उदाहरणका लागि प्राधिकरणले खर्च देखायो = १००
-
कर ऐनले भन्यो = १३३ लेख (एक तिहाइ बढी)
अब खर्च बढ्यो भने नाफा घट्छ। नाफा घट्यो भने कर पनि कम तिर्न पाइन्छ। (सरकारले नै यो छुट दिएको हो)
तर मिडियाले के गर्यो?
-
श्वेतपत्रमा देखिएको करका लागि घाटा उठायो।
-
अनि हेडलाइन ठोक्यो — “NEA घाटामा!”
-
पढ्नेले बुझ्दैनन् कि यो करकै हिसाबमा मात्रै घाटा देखिएको हो, वास्तवमा होइन।
सुझाव: पत्रकारिता तथ्यमा आधारित हुनुपर्छ
-
लेखाजोखा, वित्तीय विवरण, र करसम्बन्धी जटिल विषयलाई सन्दर्भ र व्याख्या बिना पस्कँदा पाठकमा भ्रम फैलिन्छ।
-
NEA जस्तो प्राविधिक संस्थाको नाफा-घाटा हेर्दा लेखा विधि, पूँजीगत खर्च, र नगद प्रवाह अलग-अलग बुझ्न जरुरी छ।

your analysis is also not impressive. I suppose, the white paper clearly speaks that actual profit/loss situation, better say, financial position of the NEA, can found after diligence audit (DDA). What I am shocked is that NEA is a public enterprise and you are invoking private sector “profit” criteria to judge its financial performance. Try scrolling for the concept of “public profits” and see how both parties (Kulman blind supporters and opponents) are at heading towards wrong direction. Nobel laurate Prof. Amartya Sen has said that “having established public enterprise and using private sector criteria to judge its performance will be like going to the cinema hall, not to watch the movie but to sleep inside Air Conditioned cinema hall.”
१. “कर ऐेन”को depreciation प्रावधान कर संकलन प्रयोजनको लागि मात्र हो? यसरी देखिने “नाफा/घाटा”को कर तिर्न बाहेक अरु कुनै तात्विक अर्थ छैन?
२. वास्तवमा ति “स्थिर सम्पत्ति”हरुको मूल्य घटेको हुँदैन? कि तपाईंले भनेजस्तो वास्तविक नाफा/घाटमा depreciation समेटिन्न?
अनि बैंक ब्यालेन्स पनि पो शुन्य छ रे त! लेखापालले देखाएको नाफाजति मुल्यह्रास कट्टीको रकम जम्मा गरेर सकिएको हो कि? कर कार्यालयमा करको रकम जम्मा गर्दा सकिएको हो?? 🤔
हामी अधिकतम नेपाली हरु प्राय सामान्य पढे लेखेका हुन्छौं । हामीले त राष्ट्रको चौथाे अंग भनिने संचार माध्यमलाई नै बिश्वास गरिन्छ । तर त्यस भित्र पनि यस्तो जाल झेल हुने रैछ भनेर थाहा पाउँदा दुख लाग्यो । जे होस my sansar ले उदाहरण सहित स्पष्ट पारेकोमा धन्यबाद ।
दुधवाला उदाहरणले प्रष्ट बनायो।
यो लेख बाट कुरो कस्तो लाग्छ भने करको कानुन अर्कै हो , वास्तविकता अर्कै हो भन्ने बुझिन्छ। यसरी अफवाह फैलिन्छ, करको कानुन ले जे भन्यो तेही नै मान्य, सत्य र साँचो नाफा-घाटा हो भन्ने कुरा चाहिँ बुझाउनु पर्यो।
उहाँले गर्दा संस्थाको अवस्था पहिले भन्दा सुध्रिदै गएको हो भन्दै डाटा केलाउनु पर्ने , व्यवस्थापकिय कुशलता अघिल्लो व्यक्ति मा राम्रो थियो भन्ने कुरा लाई चाहिँ जोड दिनु पर्ने थियो , नकि नाफा घाटा २-४ खाले हुन्छ भन्नु चाहिँ अफवाह हो। तपाइले Debunking गर्ने भएर मैले अनुरोध गरेको मात्र हो। यो प्रस्तुति उल्टो भयो।
प्रस्तुति उल्टो भएको होइन, तपाईँको बुझाइ चाहिँ उल्टो भएको हो।
महालेखापरीक्षकले गरेको अडिट रिपोर्टमा देखिने नाफा घाटा चाहिँ वास्तविक नाफा घाटा हो, करको कानुनले चाहिँ १०० को खर्चमा १३३ खर्च देखाउन भन्छ। यति सामान्य हिसाब पनि नबुझी के कमेन्ट गर्न आएको होला। ठीकै छ ओली भक्त भएपछि बुझ्ने र देख्ने यही हो। अलि बुझ्न चाहनुहुन्छ भने लेखा बुझ्ने मान्छेहरुसँग सम्पर्क गर्नुहोला- को उल्टो हो प्रष्ट भइहाल्छ।
Accounting profit ra Tax profit ma antar huncha mahasaya ali research garnu paryo.Patrakar le sabai kura bujhako cha news pura padhera comment garne garam.
धन्यवाद, म पनि यस विषयमा अनभिज्ञ रहेछु। 👍
जालझेलको राजनीतिको फोहोरी रणनीति, नेपाल विद्युत प्राधिकरण घाटामा भनी जारी गरेको श्वेत पत्र र मिडियाको गोयबल्स शैलीको मिडियाबाजी
Amazing analysis
Great Analysis