Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुर्गा प्रसाइँ पक्राउ : पुलिस र मिडियाले हामीलाई ‘उल्लु’ बनाए

Posted on April 11, 2025April 11, 2025 by Salokya

दुर्गा प्रसाइँ भारतमा पक्राउ परेको खबर हिजै फैलिसकेको थियो। मिडियामा मात्र होइन, दुर्गा प्रसाइँ लुकेकै अवस्थामा भिडियो र स्टायटसहरु पोस्ट भइरहने फेसबुक पेजबाट समेत ‘आत्मसमर्पण’ गरेको दावी गरियो।

तर नेपाल प्रहरीले भने हिजै राति प्रेस विज्ञप्ति जारी गर्दै ‘दुर्गा प्रसाइँ हालसम्म पक्राउ नपरेको’ दावी गरियो। सर्वसाधारण ट्वाँ परे। यसमा मिडिया गलत होइन, प्रहरीले झुक्याएको रहेछ भन्ने कुरा त भोलिपल्टै पक्राउको खबर आएपछि थाहा भइहाल्यो नि।

कहिलेकाहीँ सरकार वा सरकारी निकायले पनि सही कुरा गर्दैनन् भन्ने एउटा अर्को प्रमाण रह्यो यो कुरा।

अलि अघि मात्रै नेपाल प्रहरीले राष्ट्रगान बजिरहेको बेला मञ्चमा टियर ग्यास हानेको छैन, त्यो डिपफेक भिडियो हो भन्ने दावी गरेको थियो। तर पछि अरु विभिन्न भिडियोहरु हेर्दा राष्ट्रगान बजेकै थियो भन्ने आइसकेको छ।

त्योभन्दा अघि मन्त्रिपरिषद्ले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गर्दा सरकारका प्रवक्ताले हामीलाई त थाहा छैन भनेका थिए। सब मिडियाले समाचार लेखिसक्दा उनले त्यसो भनेका थिए।

तर पछि सरकारका प्रवक्ताले नै गलत कुरा गरेको थाहा भइहाल्यो।

त्यतिबेला प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भनेका थिए- हामीले मन्त्रिपरिषद्‍मा कुन विषय आजै सार्वजनिक गर्ने, कुन विषय पछि सार्वजनिक गर्ने भनेर निर्णय गरेका हुनछौँ। त्यही भएर त्यसो भएको हो।

अब यहाँ पनि प्रहरीको अप्ठेरो बुझिदिनुस्।

नेपाल प्रहरीले भारतको आसाममम गएर पक्रन मिल्दैन। उतैबाट पक्राउ परे पनि नेपालकै कुनै भागमा पक्राउ परेको भनेर सार्वजनिक गर्नुपर्ने हुन्छ। तर उतै पक्राउ परेको समाचार चुहिहाल्यो।

अब के गर्ने?

कि चुप बस्नु पर्‍यो कि खण्डन गर्नुपर्‍यो।

प्रहरीले दोस्रो विकल्प रोज्यो। तर त्यसले नेपाली मिडियामाथि प्रश्न उठाइदियो। थोरैलाई मात्र थाहा थियो र उनीहरु शतप्रतिशत विश्वस्त थिए, भोलिसम्म प्रहरीले नेपालकै कुनै ठाउँमा पक्राउ परेको भन्दै समाचार दिन्छ। नभन्दै त्यस्तै भयो।

हेर्नुस् हिजो रातिको विज्ञप्ति

हेर्नुस् आजको विज्ञप्ति-

…तर मिडिया पनि यसरी चुके

हिजो नेपाल प्रहरीको विज्ञप्तिले बित्थामा नेपाली मिडियाले गाली खाए पनि त्यो विषयमा गल्ती गरेको थिएन।

एउटा अर्को विषयमा भने मिडिया पनि चिप्लिए।

तपाईंले हिजो धेरै मिडियामा लेखेको याद गर्नुभयो होला- नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएको कारण यसो गरिएको हो।

मिडियाले मात्र हैन, केही नाम चलेका व्यक्तिहरुले पनि सोसल मिडियामा यही लेखे।

तर यो गलत हो।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि भएको छ। अहिले हैन, सन् १९५३ मै।

हेर्नुस् भारतको विदेश मन्त्रालयमा विवरण

हेर्नुस् सन्धिको विवरण

यद्यपि, सन्धिलाई नयाँ ढंगले समयानुकूल बनाउनु पर्ने भन्दै नयाँ सन्धिको चर्चा बेलाबेलामा हुने गर्छ। तर त्यसको अर्थ पुरानो सन्धि अस्तित्वमा नै नभएको भन्ने होइन। यो सन्धि खारेज भइसकेको छैन।

यदाकदा यही सन्धि अनुसार अपराधी सुपुर्दगी पनि गरिन्छ। जस्तै यो समाचार हेर्नुस-

भारतले पहिलोपटक नेपाललाई सुपुर्दगी गर्‍यो अपराधी

सन्धि अनुसारको प्रक्रिया झण्झटिलो भएकोले यसबाट
गर्न अलि गाह्रो हुन्छ। तर त्यसो भन्दैमा सुपुर्दगी सन्धि नै नभएको भनेर मिडियाले झुक्याउन त पाइएन नि।

2 thoughts on “दुर्गा प्रसाइँ पक्राउ : पुलिस र मिडियाले हामीलाई ‘उल्लु’ बनाए”

  1. Raghu Ghimire says:
    April 16, 2025 at 7:38 am

    मीडिया र सरकारको रामरो सर्जरी! Hats off MySansar

    Reply
  2. Raju shrestha says:
    April 11, 2025 at 9:47 pm

    Salokya jee,
    I have been your reader since your initial days. You, as a media person, have a deep knowledge on various social, current, economics and political issues. I strongly suggest you to open a YouTube channel, and share your knowledge in a visual medium.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme