Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चितवनको नाममा सारा मिडिया एक साथ कसरी चिप्लिए ?

Posted on March 14, 2025March 14, 2025 by Salokya

फागु पूर्णिमा (होली) नेपालमा क्षेत्र अनुसार फरक फरक समयमा मनाउने गरिन्छ। सरकारले हिमाली तथा पहाडी जिल्लामा होली मनाउन बिहीबार र तराई मधेशका जिल्लाहरुमा होली मनाउन शुक्रबार विदा दिएको थियो। यति कुरा त सबैलाई थाहा भएकै हो। तर आज भएभरका मिडिया एकसाथ चितवनका नाममा चिप्लिएको देख्दा अनौठो लाग्यो। चितवनमा सरकारले हिजै विदा दिएको थियो। तर मिडियाले भने आज विदा दिएछ।

सबैभन्दा पहिला नेपाल सरकारले कुन जिल्लामा कहिले विदा दिएको भन्ने जान्न नेपाल राजपत्रमा २०८० माघ २९ गते प्रकाशित गृह मन्त्रालयको सूचना हेरौँ। त्यसमा स्पष्ट लेखिएको छ-

नक्सामा हेर्दा

तर, मिडियाका समाचारमा भने चितवनमा पनि शुक्रबार विदा भएको आयो।


गोरखापत्रमा। अर्काइभ लिङ्क।

नेपाल टेलिभिजनमा। अर्काइभ लिङ्क

नागरिकन्युजमा। अर्काइभ लिङ्क

त्यसैगरी बाह्रखरी, रातोपाटी लगायतका मिडियामा पनि यही समाचार छ।

चितवनमा समुदाय अनुसार हिजो र आज दुवै दिन मनाउनेले होली मनाए होलान्। तर सरकारले सार्वजनिक विदा भने चितवनका लागि आज अर्थात् शुक्रबार दिएको होइन, बिहीबार नै हो।

सब मिडिया चिप्लनुका पछाडि भने राष्ट्रिय समाचार समिति (रासस)को हात छ। यो सरकारी न्युज एजेन्सीले आफ्ना ग्राहकलाई पठाएको समाचार जस्ताको तस्तै हाल्दा चितवनको विषयमा सबै चिप्लिएछन्।

अधिकांश मिडियाले राससलाई क्रेडिट दिएका कारण दोष जति राससको थाप्लोमा हाल्न पाए पनि उकालोले भने आफैले लेखेको समाचार जस्तो गरी समाचार राखेको छ। तर पनि बिचरा चिप्लन चाहिँ चितवनमा नै चिप्लिएको छ 🙂 अर्काइभ लिङ्क

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme