Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनलाइनखबर, रातोपाटी अनि कान्तिपुरसमेत बारम्बार झुक्किने एउटा फोटो

Posted on March 14, 2025 by Salokya

उहिले सन्ध्याकालीन पत्रिकाहरुको जमानामा हकरले दुर्घटनामाकृष्णप्रसाद भट्टराई ठहरै भनेर चिच्याइ चिच्याइ समाचार बेच्थे रे। के रैछ भनेर मान्छेलाई चासो लाग्थ्यो अनि हतार हतार किनेर पढ्थे। पढ्दा त नेता कृष्णप्रसाद भट्टराई नभएर उही नामको अर्कै सामान्य व्यक्ति हुन्थ्यो रे।

झण्डै झण्डै त्यस्तै काम अहिले एआईको जमानामा भइरहेको छ। चाइनिज एआई डिपसिकले तहल्का मच्चाउँदा चर्चामा आयो यसका संस्थापक लियाङ वेनफेङ। तर वेनफेङ को हुन् भन्ने चाहिँ विश्वका धेरै मिडियाले चिन्दै चिनेनन्। यसमा नेपाली मिडिया पनि पर्छन्। विश्वका अरु मिडियाले त आफूले गल्ती गरेको थाहा पाएर सच्याउन थालिसके। तर नेपाली मिडिया भने अझै झुक्किरहेको छ।

अनलाइनखबरले आज एउटा समाचार राखेको थियो- डिपसिक संस्थापकको गाउँमा दैनिक १० हजार पर्यटक, ढुंगामाटो ‘चिनो’ लानेको ओइरो

अलि अघि अर्थात् माघ १५ गते रातोपाटीले पनि ‘को हुन् डिपसिक बनाउने लियाङ वेनफेङ ?’ शीर्षकको समाचारमा यही फोटो राखेको थियो। स्क्रिनसट हेर्नुस्-

कान्तिपुरले पनि माघ १६ गतेको पत्रिकामा यही टाइसहितको कोट लगाएको चश्माधारी युवकको फोटो राख्दै उसैदाई डिपसिकका संस्थापक लियाङ वेनफेङ भनेर चिनाएका छन्।

नेपालका तीन वटा नाम चलेका मिडियाले भन्दैमा यही सही हो भन्ठान्नु होला फेरि।

यिनी पनि लियाङ वेनफेङ नै हुन्। तर डिपसिकका संस्थापकवाला वेनफेङ हैनन्। उनी त अर्कै कम्पनीका डाइरेक्टर हुन्। हेर्नुस् यसबारे चिनियाँ विकिपिडिया स्टाइलको वेबसाइटमा जानकारी

 

हुनुपर्ने यो मान्छे

खासमा हुनुपर्ने चाहिँ यो मान्छे हो। डिपसिकका संस्थापक लो प्रोफाइलमा बसिरहेका थिए। चिनियाँ सरकारी टेलिभिजनमा डिपसिकका संस्थापकले चिनियाँ प्रधानमन्त्रीलाई भेटेको भन्दै प्रसारण भएको दृश्यपछि अरु अन्तर्राष्ट्रिय मिडियाले पनि गल्ती महसूस गरेका थिए।

त्यसपछि न्युयोर्क टाइम्सलगायतका मिडियाले यही फोटो चलाउने गरेका छन्। यसबारे रोयटर्सले गएको जनवरी ३० मा नै फ्याक्ट चेक पनि गरिसकेको छ।

के नेपाली मिडियाले पनि आफूले अर्कै व्यक्तिको फोटो राखेकोमा गल्ती महसूस गरी सही फोटो हाल्लान् त ?

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme