नेपालमा अहिलेसम्म आइपिओ बेचेर सर्वसाधारण पनि हिस्सेदार भएको एउटै मात्र मिडिया कम्पनी छ- नेपाल रिपब्लिक मिडिया जसले नागरिक राष्ट्रिय दैनिक, नागरिकन्युज अनलाइन पोर्टल, रिपब्लिका अङ्ग्रेजी राष्ट्रिय दैनिक र माइरिपब्लिका अनलाइन पोर्टल चलाउने गर्छ। कम्पनीको वार्षिक अडिट रिपोर्ट गएको डिसेम्बर अन्तिममा प्रकाशन गरिएको थियो। त्यस अनुसार पहिलो ब्लग जनवरीमा लेखिएको थियो (छुटाउनु भएको भए पढ्नुस्- ‘नागरिक’को अडिट रिपोर्ट : बक्यौताको समस्याले कम्पनीको भविष्य जोखिममा) यसको दोस्रो भाग लेख्ने भन्दाभन्दै आफ्नै कारणले ढिला हुन गयो। ढिलै भए पनि केही सीए सापहरुसँगको छलफलका आधारमा यो विश्लेषणको क्रम फेरि सुरु गरौँ।
लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) मा कम्पनी भविष्यसम्म चल्न सक्ने कि नसक्ने भन्ने विषय पनि उल्लेख हुन्छ। यसलाई प्राविधिक भाषामा Going Concern भन्ने गरिन्छ।
Going Concern मुख्य रूपमा कम्पनी व्यवस्थापनको जिम्मेवारी हो। व्यवस्थापनले वित्तीय विवरणहरू तयार गर्दा कम्पनीले आफ्नो संचालन निरन्तर जारी राख्न सक्षम छ कि छैन भनेर मूल्यांकन गर्नुपर्छ।
यदि कम्पनीलाई भविष्यमा आर्थिक संकट पर्ने सम्भावना छ भने, व्यवस्थापनले यसबारे खुलासा (disclosure) गर्नुपर्ने हुन्छ।
लेखापरीक्षक (अडिटर)ले कम्पनीको नगद प्रवाह (Cash Flow), बक्यौता भुक्तानी (Trade Payables), र बक्यौता असुली (Trade Receivables) जस्ता विषयहरू हेरेका छन्।
प्रतिवेदनले के संकेत गरेको छ भने- बक्यौता असुलीमा समस्या छ, जसले नगद प्रवाहमा असर पुर्याउन सक्छ।
त्यसैगरी बक्यौता भुक्तानी धेरै ठूलो छ, जसले कम्पनीको तरलता (Liquidity) मा जोखिम ल्याउन सक्छ।
प्रतिवेदनले कम्पनीलाई “Going Concern” को दृष्टिले अहिलेको अवस्थामा ठीक भनेको छ, तर बक्यौता असुली र भुक्तानी व्यवस्थापनमा सुधार नगरेमा भविष्यमा समस्या आउन सक्छ ऐनेको छ। कम्पनीले तुरुन्तै यो जोखिम न्यून गर्न योजना बनाउनुपर्नेछ।
अब यसलाई अलि सरल भाषामा उदाहरणसहित बुझौँ- ‘Going Concern’ को सरल भाषाको अर्थ कुनै कम्पनी या व्यवसायले भविष्यमा पनि लगातार आफ्नो काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा हो।
उदाहरणले बुझौँ:
तपाईंले एउटा किराना पसल खोल्नुभयो।
तपाईंले सामान उधारोमा ल्याउनुभयो।
ग्राहकहरूले सामान किने तर सबैले तुरुन्तै पैसा तिरेनन्।
अब समस्या के हुन सक्छ?
तपाईंले सामान दिने आपूर्तिकर्तालाई पैसा तिर्न सक्नुहुन्छ कि सक्नुहुन्न?
ग्राहकले समयमै उधारो पैसा तिर्छन् कि तिर्दैनन्?
यदि तपाईंले ग्राहकबाट पैसा उठाउन सक्नुहुन्छ र आपूर्तिकर्तालाई समयमै तिर्न सक्नुहुन्छ भने, तपाईंको पसलले भविष्यमा पनि चलिरहन्छ (Going Concern अवस्था)।
तर यदि ग्राहकले उधारो पैसा तिरेनन्, अनि तपाईंले सामान दिने आपूर्तिकर्तालाई पैसा तिर्न सक्नुभएन भने, पसल बन्द हुन सक्छ!
यो अवस्थामा, तपाईंको पसलले Going Concern को अवस्था गुमाउँछ।
कम्पनीको सन्दर्भमा ठूला व्यवसायहरूमा पनि यसैगरी हेर्ने गरिन्छ। कम्पनीसँग आफ्नो बक्यौता असुली गर्ने क्षमता छ कि छैन, नगद प्रवाह सही छ कि छैन, र भविष्यमा ऋण तिर्ने क्षमता छ कि छैन भनेर लेखापरीक्षकहरूले जाँच गर्छन्। यदि सबै कुरा ठिक छ भने, कम्पनी “Going Concern” मा हुन्छ। नत्र, कम्पनीले समस्या झेल्न सक्छ।
सरल भाषामा “Going Concern” भनेको व्यवसायले भविष्यमा पनि बन्द नगरी काम गर्न सक्छ कि सक्दैन भन्ने कुरा बुझाउने शब्द हो।
अब यो कम्पनीको बारेमा अडिटरले के भनेको छ त ?
(क) बक्यौता असुली (Trade Receivables):
कम्पनीसँग धेरै ठूलो रकम उधारो छ, जसको ९५% भन्दा धेरै एक वर्षभन्दा पुरानो छ। यसमा कम्पनीले “शंकास्पद ऋण (Allowance for Doubtful Debts)” का लागि छुट राखेको छैन, जसले जोखिम बढाएको छ। यदि यी पुराना उधारो रकम उठाउन नसकेमा, कम्पनीलाई आर्थिक समस्या आउन सक्छ।
(ख) बक्यौता भुक्तानी (Trade Payables):
कम्पनीलाई ९८.८ मिलियन रुपैयाँ भुक्तानी गर्न बाँकी छ, जुन अघिल्लो वर्षको तुलनामा ११.८% ले बढेको छ। यसले नगद प्रवाह (Cash Flow) र कम्पनीको तरलता (Liquidity) मा समस्या ल्याउन सक्छ।
बक्यौता असुली र भुक्तानीमा रणनीतिक सुधार नगरेमा कम्पनीले भविष्यमा आर्थिक संकट झेल्नुपर्ने जोखिम छ।
Going Concern भनेको व्यवसायले “भविष्यमा पनि काम गर्न सक्छ कि सक्दैन” भन्ने कुरा हो। यो कम्पनी अहिले ठीक छ, तर पुराना उधारो पैसा उठाउन र आपूर्तिकर्तालाई पैसा तिर्न तुरुन्त कदम चाल्न जरुरी छ। नत्र, कम्पनीको भविष्य संकटमा पर्न सक्छ।
अडिट रिपोर्ट कम्पनीको वेबसाइटमा अपलोड गरिएको छ जसलाई यहाँ क्लिक गरी हेर्न सकिन्छ। यो ब्लग प्रकाशित भएपछि त्यसमा केही हेरफेर होला कि भनेर मैले विश्लेषण गरेको अडिट रिपोर्टलाई यहाँ अर्काइभ गरी राखिएको छ।
(नोट : यो ब्लगका फिचर इमेज एआईद्वारा तयार पारिएको हो)
सम्बन्धित ब्लगहरु
एआईले समेत पत्याएन शतप्रतिशत नाफा गरेँ भन्ने ‘नागरिक’को डिभिडेन्ड दिने ‘गफ’
‘नागरिक’ को चलाखी : भइरहेको घाटालाई ‘नाफा’ देखाउन गर्यो यस्तो चलाखी
‘नागरिक’ छाप्ने पब्लिक कम्पनीको रिपोर्टमा भेटियो यस्तो गलत जानकारी
नेपालमा पहिलो पटक निजी मिडियाको हरहिसाब पारदर्शी रुपमा सार्वजनिक, के-के देखियो?
नागरिक IPO सिरिज २ : कम्पनीको उद्देश्य नै नरहेको विषयमा जनताबाट पैसा उठाएर खर्च गर्न मिल्छ ?
नागरिक IPO सिरिज ३ : घाटा भइरहेको पत्रिका ‘पब्लिक’ कम्पनी, नाफा हुनसक्ने अनलाइन चैँ ‘प्राइभेट’ ?
नागरिक IPO सिरिज ४ : ऋण सबै तिर्ने हो भने पनि घाटा मै हुन्छ कम्पनी !
झण्डै ४ लाख पब्लिक अब बने ‘नागरिक’का लगानीकर्ता, अबको बाटो कस्तो होला?