Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लौ न नि, के देख्नुपर्‍यो यस्तो !

Posted on September 18, 2024September 19, 2024 by Salokya

गरिमा विकास बैँकले आफ्नो सोसल मिडियामा गएको सेप्टेम्बर १ तारिखमा एउटा पोस्ट गरेको रहेछ। त्यसमा आफ्ना सिइओलाई बधाई दिइएको रहेछ। कुरा के रहेछ भने, त्यो पोस्टका अनुसार, सिइओले मानार्थ डक्टरेट उपाधि पाएछन्।

लौ राम्रो ! कुन युनिभर्सिटी रहेछ भन्ने लाग्यो र नियालेर हेरेँ- ग्लोबल इन्टिग्रेटेड युनिभर्सिटी रे। होला कुनै युनिभर्सिटी भनेर त्यति वास्ता गरिनँ।

तर जब एक जना साथीले उसले चिनेको एक जनाले यस्तो उपाधि पाएछ भनेर फेसबुक भरी बधाई खाएको खायै छ, मलाई त शंका लाग्यो भनेर मलाई लिङ्क पठाए, तब यसो खोजी हेरेँ। अनि त लौ न नि, के देख्नुपर्‍यो यस्तो भइहाल्यो।

सबैभन्दा पहिला गरिमा विकास बैँकले आफ्नो सोसल मिडियामा गरेको पोस्ट हेरौँ-

मानार्थ डिग्री पाउने अरुहरुले फेसबुकमा राखेको व्यहोरा पनि यस्तै यस्तै थियो।

सबैभन्दा पहिला यो कस्तो युनिभर्सिटी रहेछ भनेर खोज्न थालेँ। सबभन्दा पहिला त यसको डोमेनै हाँसउठ्दो थियो। कुनै पनि युनिभर्सिटीको वेबसाइट .edu मा हुन्छ। यसको चाहिँ .com मा रहेछ त्यो पनि युनिभर्सिटीको नाममा हैन awardministry.com रे।

उसले वेबसाइट मै भर्चुअल इन्स्टिच्युट भनेर लेखेको रहेछ। मतलब यो विश्वविद्यालय साँच्चिकै छँदैछैन। भर्चुअलमा मात्र छ।

यसले अरु के के गर्दो रहेछ भनेर हेरेको त- मानार्थ डिग्री बाँड्ने बाहेक इभेन्ट म्यानेजमेन्ट, इलेक्सन म्यानेजमेन्टको कामसमेत गर्दो रहेछ।

युनिभर्सिटीको काम त पढाउने त्यससम्बन्धी अध्ययन, अनुसन्धान गर्ने हुनुपर्नेमा इभेन्ट म्यानेजमेन्ट !

यसको सम्पर्क ठेगानामा पनि इमेल आफ्नो डोमेनको नभएर जिमेल रहेछ।

अझ रमाइलो त यो हेरेर लाग्यो।

कुनै पनि युनिभर्सिटी शिक्षा मन्त्रालयमा दर्ता हुनुपर्छ। UGC ले मान्यता दिएको हुनुपर्छ। तर यो युनिभर्सिटी नामधारी चाहिँ इन्डियन ट्रस्ट एक्ट,  र साना तथा मझौला उद्योग मन्त्रालयमा दर्ता रहेछ।

यो युनिभर्सिटी नामधारीले कतिसम्म फटाहा काम गर्दो रहेछ भन्ने एउटा प्रमाण पनि तपाईँहरुलाई देखाइहालौँ।

यसको वेबसाइटमा फोटो ग्यालरी रहेछ। त्यसमा फोटोहरु हेर्दै जाँदा एउटा फोटो यस्तो भेटेँ-

फोटो हेर्दा यही युनिभर्सिटीले गरेको कन्भोकेसनको जस्तो लाग्छ। तर मलाई शंका लाग्यो। एकचोटी गुगलमा सर्च गरी हेरौँ भन्ने लाग्यो। हेरेको त ndtv को वेबसाइटमा IIM उदयपुरले गरेको कन्भोकेसनको फोटो रहेछ।

सोही इन्स्टिच्युटको वेबसाइटमा पनि यही फोटो भेटियो।

कन्भोकेसनको फोटोसमेत अर्काको चोरेर हाल्ने, अर्काको विद्यार्थीलाई आफ्नो भनेर झुक्याउन खोज्ने यसले अरु कतिलाई के के भनेर समेत झुक्यायो होला। मानार्थ डिग्री दिन्छु भनेर कतिलाई कति रुपैयाँ चुना लगायो होला?

अनि फेरि यस्ताले दिएको उपाधिमा गर्व गरेर बधाई लेनदेन गर्नु त असाध्यै राम्रो त होला नि, कि कसो 🙂

7 thoughts on “लौ न नि, के देख्नुपर्‍यो यस्तो !”

  1. Mausam Koirala says:
    December 8, 2024 at 12:58 pm

    Uffff mariyo hasera

    Reply
  2. Avik says:
    November 6, 2024 at 6:10 pm

    GIU को याद आयो… तपाईलाइ याद छ ? मैले माइ संसार मै पढेको

    Reply
  3. Kri says:
    November 5, 2024 at 1:52 pm

    Chhandani chok ma paratha kiner khaye jasto PhD (PhD Hatiya in Delhi) raichha

    Reply
  4. Bachchu Kailash says:
    September 27, 2024 at 4:57 pm

    सीईओ सर जस्तै खरिद गरेर मानार्थ डा. हुने वा त्यस्तै युनिभर्सिटी भर्ना भएर पढे जस्तो गरी थेसिस खरिद गरेर डा. हुने थुप्रै नेपाली बुद्धिजिवी हरुसंग म परिचित छु। नामको अघि डा. लेख्ने रहरले पैसामा डा. बन्नेहरुको बिगबिगीले गर्दा आजकल पीएचडी को महिमा घट्ने गरेको छ। डिग्री मानको लागि हैन ज्ञान, सिप, दक्षता र विद्धताको लागि हो भन्ने सामान्य जानकारी नहुने मुर्खहरु को के कुरा गर्नु?

    Reply
  5. मुकेश यादव says:
    September 24, 2024 at 10:42 am

    यो फेक न्युज नि सालोक्य सर , आजको इन्टरनेट जमाना भन्दा हजारौं वरस देखि अगाडी अनेकन माध्यम द्वारा प्रेषित हुन्थे। हाम्रा मानार्थ डाक्टर साब लाइ त सजिलो आजभोली इन्टरनेट मा राखिदियो सकियो। उहिले उहिले परापुर्व कालमा घुमन्ते “अभियन्त” हरुले कुना कुना गइ झुठ को खेती गर्थे , नाजी कालमा goebbels ले यौटा झुठ हजार पल्ट दोहर्याए पछी साँचो हुन्छ भन्थे ,
    हाम्रो नेपाल मा समेत चोर, हरुवा देश बेचुवा वाल नरसिंह aka जंग बहादुर कुँवर डाँका ले देश खोक्रो पारेर अंग्रेज संग अनेकन युद्द हारेर , जमिन सुम्पेर , घुंडा टेकेर , आफ्नो परिवार को सामाजिक छलांग को लागि हत्या काण्ड ,गरेर देशको अस्मिता बेचेर अनि जनता लाइ त्रास र धम्कि देखाएर जबर्जस्ति हरेक विवाह समारोह मा “जंगबहादुर को खाँडो जगाउने ” भनेर हरुवा देशद्रोही जंगे ले अंग्रेज लाइ जितेको भन्ने झुटो फेक न्युज फैलाएर हिंडेका छन आज सम्म।
    अब हाम्रा डाक्टर माधव ज्यु को पनि “खाँडो जगाउने” हो कि के अरु नै ##डो जगाउने” हो

    Reply
  6. sun says:
    September 21, 2024 at 4:06 pm

    कति हास्नु हौ।

    Reply
  7. डिल्ली says:
    September 19, 2024 at 12:13 am

    गरिमा बैँकका मानार्थ डा साबलाई वधाइ । सधैँ सधैँ यसै गरी गरिमा बढाउने काम गर्नुहोला सिइओ साप । मानार्थ डा ओली प्रधानमुन्तिर भएको बेला मानार्थ डा उपाद्याय संयोग राम्रै परेछ । तर कतिमा पो खरिद गरिस्या हो कानमा सुटुक्क भनिदिसेला है डा साप !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme