माइसंसारको १९ वर्षको इतिहासमा कहिले पनि एक महिनाभन्दा बढी समयसम्म नयाँ ब्लग नलेखिएको इतिहास छैन। तर यसपालि यस्तै भयो। पछिल्लो पोस्ट अप्रिल ८ मा भएको रहेछ अनि आज मे ११। कहाँ हराएँ म ?
केही एकदम निकट साथीहरु बाहेक धेरैलाई थाहा छैन म समयको यो कालखण्डमा कस्तो अवस्थाबाट गुज्रिरहेको छु। सबैलाई भन्दै हिँड्ने कुरा पनि भएन। भन्न पनि के भन्ने ? भन्न लायक कुरा भए पो भन्ने ! तर धन्यवाद छ ती केही सीमित साथीहरु, जसले मलाई यो कठिन अवस्थामा साथ र आडभरोसा दिए। शायद् मेरो यो जन्मका वा पूर्वजन्मका केही कर्महरु राम्रा पनि थिए कि, नत्र यो बीचमा म अप्रिय निर्णयको संघारमा समेत पुगिसकेको थिएँ।
यो बीचमा मैले धेरै कुरा भोगेँ। जीवनले धेरै शिक्षा दियो। केही शिक्षा पढेर पनि पाइने रहेछ केही परेर। भोगाइबाट पाइने शिक्षा कहिलेकाहीँ निकै कठिन पो हुँदो रहेछ। यसलाई साक्षी र समता भावले हेर्न पर्ने कुरा सिद्धान्तमा मात्र सीमित हुन खोज्दो रहेछ।
अति विश्वास कहीँ पनि उपयुक्त नहुने रहेछ। आफ्नै परिवारका सदस्यसँग पनि। अविश्वास त झन् किन पो उपयुक्त हुन्थ्यो र। बीचमा गर्नुपर्ने ब्यालेन्स नजान्दाको फल निकै प्रतिकूल हुन सक्ने रहेछ।
यसो फर्केर हेर्छु- विगत ८ महिनाको लाइफ त सस्पेन्स, थ्रिलर, हरर मुभीको स्क्रिप्ट जस्तो पो भएछ। सस्पेन्स मुभीमा पनि नभेटिने रहस्यका पर्दाहरु उघ्रिएका छन्। निकट भनिएकाहरुको बोली र व्यवहार महसूस गर्न पाइएको छ। बरु केही न केहीको नाता नै नभएकाहरु यति धेरै नजिक भएका छन्।
साँच्चै लाइफ त यस्तै कुराहरुको संयोग पो रहेछ।
सधैँ वसन्त त के हुन्थ्यो र। कहिले पतझड पनि भइहाल्ने रहेछ। सधैँ दिन त कहाँ हुन्छ र, कहिलेकाहीँ रात पनि परिहाल्दो रहेछ। जीवनको यस्तो सामान्य सत्य स्वीकार्न पनि मलाई कति गाह्रो पो भएको थियो।
पहिले मसँग धेरै कुरा थियो। अहिले मसँग केही छैन। न घर, न बास, न परिवार, न कमाई। म सून्यमा छु। अझ परिवारका सदस्यले मैले नलिएको ऋणको बोझ बोकाइदिने हो भने सून्य मात्र हैन माइनसमा हुनेछु। तर केही नहुनुको मजा पनि गजब हुने रहेछ। केही नभएकासँग पनि आशा गरेर गिद्दे नजर लाउने आफ्नै निकट भनिनेहरुको वास्तविकता बुझ्नु जतिको रोचक अरु के नै पो हुँदो रहेछ त।
जीवन कसैले सोचे जस्तो पनि नहुने भए पछि मैले सोचे जस्तो त झन किन पो हुन्थ्यो र। हुन त म सार्वजनिक चासोको मानिस होइन तर पनि चासो राख्ने आफन्त शुभचिन्तक केही कमाएको छु, दुश्मन नकमाउने त कुरै भएन, झन बढी नै कमाएको हुँदो हुँ। तर मैले कसैलाई दुश्मन मानेको छैन। म त सबलाई मित्र नै मान्छु। कसैप्रति वैरभाव राख्न नपरोस्, मैत्री भाव नै होस् भन्ने तर्फ नै म प्रयासरत हुन्छु चाहे उसले मलाई जतिसुकै नराम्रो गरेको होस्।
अनेकौं कोशिशका बाबजुद पनि बिग्रिन निश्चित भएको मेरो पारिवारिक जीवन र त्यसले सिर्जना गर्न सक्ने सम्भावित बदनामीले थोरै डराएको छु, तर बिराएको चाहिँ केही पनि छैन। त्यसैले नबिराउनु नडराउनु भन्ने उक्ति म जस्ता मान्छेलाई लागू नहुने रहेछ। मैले नबिराउँदा नबिराउँदै पनि झुठा कर्तुतको आरोप खेप्नु पर्ला, मैले नबिराउँदा नबिराउँदै पनि बदनामी र सार्वजनिक बेइज्जतीको सामना गर्नु पर्ला, मैले नबिराउँदा नबिराउँदै पनि मैले लिँदै नलिएको, मेरो जानकारीमा समेत नभएको बैंकको कर्जा नतिरेको भनी नाम निस्केला, मैले कल्पना गर्न सके भन्दा फरक परिस्थितिको समेत सामना गर्नु पर्ला भनेर केही समय म निकै डराएँ।
मेरो पारिवारिक जीवन विग्रहको अन्तिम मोडमा आइपुगेको छ। यस घडीमा म मलाई राम्रोसँग चिन्नेहरु बाहेकका सबैलाई कुनै भ्रम पर्ला कि भनेर डराएको मात्र हुँ। बिना कारण खराब र बेकार मान्छेमा आफूलाई दर्ज गर्न मलाई पटक्कै मन छैन। त्यसैले सम्पूर्ण शक्ति लगाएर तपाईँहरुलाई सम्झाउँदैछु, आफैलाई बुझाउँदैछु। यस परिस्थितिका लागि दोष लगाउन म सँग आफू बाहेक कोही छैन। गल्ती गरेर आफूलाई दोष लगाएको होइन, सजिलो हुने भएर हो। सम्बन्ध जोगाउन मैले नै जानिनँ, मैले नै सकिनँ। यति कुरा सार्वजनिक गर्ने हिम्मत नजुटाएको भए सायद म अप्रिय निर्णयको संघारमा पुग्थें होला। तर केही साथी भाइ र परिवारका केही सदस्यहरुले मलाई यो आँट दिए। नबिराएरै डराउँदा डराउँदै पनि मैले अब हर परिस्थितिको सामना गर्ने अठोट गरेको छु। समाप्तिको चरणमा पुगेको मेरो पारिवारिक जीवन र त्यसले सिर्जना गर्ने परिस्थितिले मेरो आर्थिक पारिवारिक र सामाजिक प्रतिष्ठामा ठूलो प्रश्न तेर्स्याइने छ। र म नबिराउँदा नबिराउँदै पनि यी सबै भारी बोक्न तयार हुनु पर्ने भएको छ। यत्ती कुरा सार्वजनिक गर्न मैले ब्लग रोजें, किनकि अब त मेरो परिवार भन्नु यही ब्लगको परिवार पनि हो। यति लेखेर केवल मन हलुको मात्र भएको छ। चुनौतिको पहाड त मैले चढ्नै बाँकी छ। मलाई नबिराउँदा नबिराउँदै पनि हिँड्नु परेको यो बाटोमा हिम्मत दिनु होला, हात दिनु होला,हौसला दिनु होला। अरु कसैलाई गाली र दोष नलगाइदिनु होला। पारिवारिक जीवन जोगाउन मैले नै नसकेको हो, मैले नै नजानेको हो।
धन्यवाद।
Stay strong सर जी
म तपाईको नियमित पाठक हु । जिवनमा यस्ता उदारचढाब अाईरहन्छन सामना गरेरै अगाडी बढ्नुको बिकल्प छैन ।
तपाइ राम्रो मान्छे हो, तपाइ लाइ नराम्रो हुंदैन । राम्रो होस् ।।।
Be strong, Salokya jee !
Thank you for sharing. Stay strong.. Please message me your PayPal address. I would like to help you with little financial donation.
Thank you.
Sushil
अरु थुप्रै झैं म पनि पूरानो प्रशंसक हुँ तपाईंको । म विगत चार वर्षदेखि विग्रहमा बाँचिरहेको छु । फेसबूक समेतमा केही बोल्ने वा बह पोख्ने आँट जुर्दैन । लेख्यो भने, “किन जथाभावी लेखेर sympathy खोज्दै हिँड्छस्” भनेर भन्ने आफन्त नै हुँदा रहेछन् । यहाँ यति भन्दा मन हलुको भएको छ ।
जुन कुराले तपाईंलाई मार्दैन त्यसले तपाईंलाई बलियोचाहिँ बनाउँछ । एक्लै जुनी काट्न सकिन्छ तर गाह्रो भने हुन्छ । त्यस्तै, एक्लो जीवनमा पारिवारिकभन्दा बढी स्वतन्त्रता हुन्छ । बन्धन हुँदैन, छेकबार हुँदैन । अनुशासन, आफूले राख्ने जोगाउने, प्रयोग गर्ने कुरा हो । Keep going.
I am facing the same problem Umesh ji. It’s hard to face such kind of stressful situation but there will be a hope of day after night. Stay strong brother.
Stay Strong!
Be Strong.
Face The Challenges.
Time Never Remains The Same Be It Good Or Bad. It Has To Change.
सबैकाे मंगल कामना गर्ने तपाईंको कहिले नराम्राे हुन सक्दैन । केही बेर बादल लागे पनि घाम अवश्य उदाउने छ । धैर्य धारण गर्नु हाेला । 🙏❤️
I am your well wisher and used to read your blog . be strong bro
You are the only one in the world like you. Only one, only one… Have strong hope that this time will pass. Will definitely pass. A lot of love from Kailali, Dear Umesh Sir, I am very happy to be a part of MySansar family.. This is my trustable Sansar… This is MySansar.
Stay Strong Salokya ji. You have been a source of inspiration for so many.
The pain is truly felt by the one who is bearing it, however, if few words from your decade-long follower and your reader like me matter to you even just a little, please have some patience and you will see that it´s the time, that will heal everything.
तपाईलाई समस्याहरुबाट चाँडो मुक्ति मिलोस् मनमा शान्ति र एकाग्रता छाओस्
समस्यहारुसँग जुध्ने शक्ति मिलोस प्रार्थना!!!
Dear Umesh Ji,
Time will be change and everything will be great like before.Big fan of your from 2005..
दाइ, तपाईं जीवनको यति कठिन घडीमा हुनुहुन्छ ? तर, नआत्तिनुहोस् । समयले सबै ठीक बनाउँछ । तपाईंको संसार त्यही मात्र हो त ? पक्कै हैन, यो संसार नै तपाईंको हो । त्यसले त माई संसार चलाउनुभयो । यसैलाई परिवार मानेर तपाईं चल्नुपर्छ ।
हामीलाई पनि नजिक नै ठान्नुभयो भने नजिकै छौँ । अप्रिय निर्णय त के ? अप्रिय सोचसमेत नराख्नुहोला । यति धेरै मान्छे कमाउनुभएको छ । हेर्नुस् त शुभेच्छा ।
Dear Umesh Ji,
सन् २००७ देखि २०११ सम्म म कामको शिलशिलामा कतारमा थिएl २०१० देखि नै मैले तपाइको ब्लग mysansar.com पछ्याईरहेकी थिएl कतारमा हुदा कुनै पनि ब्लग मिस नगरी पढ्ने गर्थिये, पछी नेपाल आए नेपाल आएर नि समय मिले सम्म पढ्ने गर्थिये र गर्छुl करिब करिब १३/१४ वर्ष देखि हजुरको ब्लग पढिरहेकी आज अचानक एस्तो पढ्न पर्दा मन धेरै भारि भएको छ, हिम्मत नहार्नुस, धैर्य गर्नुसl Nothing in this life is permanent. And time heals everything. Just be strong enough to face the situation with full of positivity. My thoughts and prayers are with you. Be bold and strong. For any assistance, I am here for you. Take care!
Dear Umesh jee,
Please be strong, if you need any kinds of help please let us know. We are ready to help yo.
शायद merosansar.com.np थियो क्यारे पैले मैले तपाईको ब्लग पढ्न थालेको । म हरेक दिन सबै भन्दा पहिले mysansar.com खोल्थे । कान्तिपुर वा अन्य मिडियामा कुनै बिग न्यूज ब्रेक भए mysansar.com ले यस बारे के लेखेको छ त्यो खोज्थेँ । जबसम्म mysansar.com ले लेख्दैन थियो कुनै पनि समाचार मेरो लागि आधिकारिक हुँदैन थियो । तर लामो समयदेखि तपाईको ब्लग नियमित हुन छोडेकोले मैले पनि नियमित हेर्न छोडेँ तर पनि बेला बेला हेर्ने गर्छु । यद्यपि तपाईलाई ट्वीटरमा फलो गरेकोले सम्पर्कविहिन चै भइएको छैन ।
Dear Salokya ji
Spacetime ma hunda hamro computer ko lagi tanatan hunthyo. Tapai nepalmai datera Kam garnubho hami bidesh hindyau. Tapaile as a blogger Medialai lagayeko gun thulo chha. Fact check KO gun Kati ho Kati chha. Yeuta bigriye arko bato khulchha. Be strong .
Tapaile Nepal Bata hamile France Bata blog kekhyaun ganarantra KO andolanako sakchhi bhaiyo. Suchana diyio. Ajhai hamro upayogita sakiyeko chainau.
Pahila tapai bachnuoarchha. Tapai bhanda kharab halatamaaa manisharu chhan. Sira thado parera uthaunuoarchha.
Garo bhaye yeta aaunuhola. Kam khojaunla adjust garaunla.
Tapaile harnu hundaina. Ajha hami sanga kehi barsa kaam garne takat chha .
Pariwar tapaiko matra hoina aruko Pani tutchha. Pariwar tutnuma dubaiko dos hunchha. Swikar garnuparchha .
Europe ma easy rupale linchhan.
Be strong . We are proud of your computer skills …
Be strong umesh
Stay strong.
दशकौ भयो म पनि जोडिएको माइ सन्सार सग, जोडिएर शब्द हेर्ने र पढ्ने काम भएको, समय भन्दा बलबान यो सन्सारमा केही छैन ! बर्सौ पछी आज मैले नि कमेन्ट लेखी रहेको छु ! यतिका समय मलाई नि समयले नै पर पुर्याएको थियो ! त्य्सैले हजुर पनि प्रतिक्षा गर्नुहोस ! समय ले एक दिन भने जस्तो दिने छ ! दुख पिडा र कस्ट अबस्य हुने छ ! सहनु पर्ने छ ! भोग्नु पर्ने हुन्छ ! आसा राख्नुहोस ! निरासा कहिले नहुनुहोस ! शुभकामना
I was really worried about why you are not active in social media these days. I knew you through this blog since its start and from FB.
That time was beautiful once and it changed. This time is suffocating right now for you and it too will change soon.
कुनै पनि कुराको निश्चित आयु हुन्छ। त्यो आयु पुगेपछि छुट्टिनु अवश्यम्भावी हुन्छ। भौतिक रूपमा दैवले छुट्याएर परलोक लैजानु भन्दा त दूरीगत रूपमा टाढै भएपनि यसै लोकमा रहनु सकारात्मक हुन सक्छ। आखिर छुट्टिनु त छदै छ, कुरा आज वा भोलि, त्यति मात्र हो।
सायदै नेपालको पहिलो व्लग माइसंसार र तपाइलाई मइले शुरुवाती समय देखि नै पछयाइ रहेको छु । साथी भाइहरुलाई पनि माइ संसारका बारेमा वताउदै आएको हो । म तपाई लाई व्यक्तिगत रुपमा चिन्दिन । तपाईको यो ब्लग पढदा छक्क परे । तर हिम्मत नहार्नुस तपाई एक विपष्वी हो । एक विपष्वीका लागि सवै चिज अस्थायी हुन ।
very sad to hear this happening . Stay positive you will get through this
जीवन सरल रेखामा नहिड्ने रहेछ । जीवन जिउन सकारात्मक र नकारात्मक दृष्टान्त धेरै छन् । यस्तै अवस्थाबाट गुज्रिरेर पनि सफल बनेका व्यक्तित्वहरूको सफल उदाहरणलाई मनन गरेर अघि बढ्नुहोस् । समयले बिस्तारै मल्हम पट्टी गर्छ धैर्यता नछोड्नु होला । समाजमा व्यक्तिलाई ईमान्दारीता साथ जिउन धेरै तगाराहरू आउने रहेछन् । ईमान्दार र निष्ठावान उपर नै बढी चोट आइलाग्ने रहेछन् । हीनताबोध छोडेर अघि वढ्नुहोस् चोटले नै बलवान बन्न मदत गर्छ । ध्यानले समभावमा ल्याउछँ । दुःख सुख सबै क्षणीक हुन् भन्ने सिकाउँछ । शुरूबाट अन्त्यसम्म जीवन आफ्नो हो बाँकी सबै वीचका यात्री । यात्रामा समेटिने समेटिन्छन् बाँकी पाखा लाग्छन् । हिम्मत गर्नुहोस् । होस्टेमा हैसे हामी छौँ ।
Be strong Salokya ji! Our thoughts and prayers are with you! I know you will come back and come back strong!!!
Sad to hear about your situation. Umfortunately, good people get victimized for being good. Be positive and hope for better. Plz free yourself from any bad thought, we all respect you and your journalism.
माइसंसार लाई यसको शुरुवाती दिन देखि नै फलो गरिरहेको छु। तपाई सँग व्यक्तिगत चिनाजानी नभएपनि आफ्नै जस्तो महशुस गरेको छु। नेपाल आउँदा दुई चार चोटी सम्पर्क गरेर भेट्न खोजेको पनि हो, तर खासै रेस्पोन्स पाइएन, शायद संधै व्यस्त रहने भएर होला।
एक्कासी यो किसिमको ब्लग देख्दा अवाक भएको छु।
हिम्मत नहार्नुस, यो समय पनि बितेर जानेछ। ढलेको धरहरा त उठ्यो, तपाई हामी त झन् मान्छे पो त, धुलो टकटक्यार उठ्नु होला।
यो परिस्थितिमा म बाट हुन सक्ने कुनै सहयोग को लागि प्रतिबद्ध रहेको जानकारी गराउन चाहन्छु।
If I trust any independent journalist, it’s you. You are an inspiration. Never give up, life is all about ups and downs. What you have earned is invaluable.
Stay strong!
जीवनको एउटा मोड हो भन्ने सम्झनुस, राख्न नसकेको कुरा बिर्सेर जानुस। आफुलाई अडिग र दह्रो राख्नुस। हामी तपाईं संगै छौ।
If you are in hell, keep moving. Don’t stop. Nothing lasts forever, so is your current pain.
Whatever happened has happened. It can’t be undone. We all suffer in this dukhaalaya. you are not alone in this life of suffering.
There must be a reason why it happened. Its a learning experience.
Also what others say don’t take to heart. Be truthful to yourself. No one is yours. Believe me. We come here alone go from this earth alone. You alone started this revolutionary media called mysansar hoina ta when there was so much of dearth of authentic news coming from Nepal.
So Umeshji Take a deep breathe and let it go. This time will pass.
Life is not always as straightforward as most of us expect. On matter how good you are, or how well you treat others, sometimes the results are different. Expect the unexpected and be prepared for the worst. It’s easy to advise but the person who suffers knows the best. We are always with you Umesh ji…Keep inspiring us…..don’t lose hope…
This too shall pass. Time will heal everything. Stay strong and have patience.
Sorry to hear about what you have gone through. I can imagine the suffering, and I salute your courage to share it with us, this family of blog readers. Remember that this, too, shall pass. This is all a part of life. I am too in a similar vein, and that’s okay, man.
Stay calm and strong, and keep writing. We are with you
Umesh ji,
Stay strong and stay positive in the time of difficulty.
समय एकनासको हुँदैन, भावना पनि एकैनाशका हुँदैनन्। त्यसैले यो समय पनि जानेछ। भगवानले अझै बढी शक्ति दिउन्।
It is the price for your excellent journalism and devotion to your craft. This is a recurring theme. Some people are too advanced to be understood by an average Joe. You are a gem in what you do. The reason you are so good in what you do is also the reason you are struggling with family matters. Please be strong. This is probably the bottom and things will get better. The loss is for those that did not understand your value.
-Prakash. Faithful reader since 2008.
Sorry to hear about what you have been through. I can imagine the suffering and salute your courage to share it with us, this family of blog readers. Remember that this, too, shall pass.
Stay strong and keep writing. We are with you.
Be positive as you always are and stay Strong!
Be positive, stay strong. Hope to see mysansar more active. Take care.
धेरै नै नराम्रो लाग्यो यो पढेपछि तर जिन्दगी भनेकै यहि त रहेछ उकालो र ओरालो यात्रा , तर हार खानु भएन किन कि भोली फेरि नया बिहानी उदाउने छ , घाउहरु बिस्तारै निको हुदै जानेछन , नया यात्रा फेरि सुरु हुनेछ …..जीवन रहेसम्म यो चलि रहन्छ !
यो समय बितेर जानेछ दाइ । आफुलाइ समाल्नुस be positive & strong
Tapile blog dwara kamayako punya ko faal milos yo sankat ko bela ma.
Stay strong brother!
Be strong, you are the true journalist of nepal. come back strong.
UmeshJi,
I am extremely sad to hear about the things that you are going through in your life. Please stay strong and reach out to your remaining close friends and family if you need help. Believe me, this shall pass! There’s no journalist/blogger available in Nepal who has the highest integrity, ethics, passions and commitments like you have. You are a treasure! Please keep writing!
Namaste Salokyo ji.
Tapaiko awostha sunera dukhi chhu. Tara naattinus. Yo naramro pal pani kehi samaya lai ho. ahile bhanda pani ramro din awoshya aunechha. kehi parema sahayog garne hami chhau.
भवतु सब्ब मंगलम
J hunxa ramro ko Lagi hunxa… Aile vanda ali naramro suniyela but paxi ramro din aauxa… tapai jasto khoj partikarita garne manxe Dherai kam xan Hamro desma…Yesto galat kadam ko barema soch pani narakhnu hola….tapail le ajhai uchai chunu xa …. Stay strong
Dear Friend, this too shall pass, stay strong and stay positive !
Salokya ji,
I had the same fate last year. I am sad to learn that a person of integrity like you had to go through such a hassle. The most important thing is that you should stay strong. And you should skeek help from the people around you. Some of the close ones may surprise you negatively too. But hold on with the supportive ones, be they close friends or people you hardly know. you will prevail.
Stay strong.
We are with you. Remember time is very strong. Vanchhan ni kukur ko pani din aauxa. Haami sabai ko din pani aauxa, raat pani aauxa. Jheldai jaanu nai jeevan ho.
यो समय बितेर जानेछ । भगवानले धैर्य गर्ने शक्ति प्रदान गरून ।
Stay strong! Everyone goes through ups and downs. You will bounce back higher and stronger.
Something that doesn’t kill us, makes us stronger.
सन २०१४ देखि नियमित तपाईंको पाठक हुँ । नेपालको टप न्युज साईटहरु भन्दा बढी तपाईंकै पोष्टहरुमाथि विश्वास लाग्छ । तपाईंकै कारणले पहिलोपोष्ट साइट पनि पहिलो रोजाई थियो मेरो कुनैबेला । आज यस्तो समस्यामा पर्नुहुँदा केही गर्न सकिएन, माफी चाहन्छु । इश्वरले आगामी यात्रा शान्तिको मार्गमा डो¥याउन्, यही प्रार्थना छ मेरो तपाईंको लागि । र माइसन्सार नियमित अपडेट हुनेछ भन्ने अपेक्षा राखेको छु ।
I read your blog and felt sad about the situation you are experiencing. I know you as one of the most committed bloggers and a hard-working journalist. Stay strong! We are all with you. Sanjeev Pokharel
Umesh ji,
Stay strong Umesh Ji, the whole mysansar family is with you. You are the inspiration for many people. Your experience sharing had led many people to follow Vipasyana.. as your follower since 2006, i just want to see stronger than ever.. there is still a lot in this world waiting for you..
Take care Umesh ji. Time is the best healer so you will recover soon from what you have gone in your life. Best wishes for your new beginnings even though it is painful. We are with you so feel free to reach out if we could be of any help. Sending all positive thoughts and wishing and praying that you will recover soon.
Be strong. Let go. विपश्यनाको आत्मशक्ति जागृत होस।
Salokya ji, stay strong! Remember, even in the darkest of tunnels, there’s always a glimmer of light waiting to guide you through. You’ve got this!”
Stay strong Brother 💪
कठिन परिस्थितिमा नै हो मान्छेले विवेक प्रयोग गर्नुपर्ने । तपाईं यहाँसम्म त्यो प्रयोग गरेरै आउनुभएको हो । आगामी जीवन उर्जाशील रहोस् । शुभकामना उमेश जी ।
Umesh Ji, extremely sad to hear about your situation.
Stay strong! We fall, we learn.
Our thoughts and prayers are with you.
Be strong
Be strong be positive sir
Really sad to hear about what happened in your personal life. Stay strong sir! Everything will start to fall back in place. I’m certain that you’ll be able to overcome this harsh situation. My best wishes for brighter days ahead.
Be strong, Salokya ji!
Sir, Plz be strong.
So sorry yo hear that. I am big fan of yours. Your blogs have always been informative and unbiased. There was a time sometime 10 yrs ago when I was in Shanghai. I could not wait for your blogs. Used to check multiple times a day.
Back to the topic. I have been through lows of life that I had never imagined. I am still going throuh it and have to deal with it every single day. Though my story is different from yours but it is same in essence. I am more than happy to provide a small financial support if that helps. But if all the readers of yours stand up for financial support that would be of some good amount.
Thanks for sharing and wish u all the best. Keep us updated.
I have been reading your blogs since 2007. I still remember those days when the comment sections were full of interactions and support for each other. My Sansar was like a public relations office. As a person, we have not met yet; however, we have never noticed anything wrong coming from you. We always believe in you and will continue to do so. Please feel free to share any difficulties you are facing, but please be strong and take all your readers as your hard-earned assets.
Umesh ji, I’m very sad what you have been through. As a regular reader of your blog, I can tell you are a good analyst/researcher and unbiased person who can dig out the facts. Our life journey is not in a straight line and unexpected bumps and bends, high and lows is part of it. Please be strong, mentally prepare yourself for any unexpected and take it easy. Do not keep blaming yourself which might bring negative thoughts. We all have one life, make the most out of it. We love to hear you overcoming bad times and getting on your happy life ahead.
पढेर धेरै दुःख लाग्यो । परिवारको साथ नहुनु धेरै दुखद । दुखमा धेैर्य गर्नुबाहेक अरू ओखति के होला र । उहिले त नखाएको विष लाग्दैन भन्थे, यो कलिजुगमा नमिल्दो रहेछ । यो कालकूट पचाउने शक्ति मिलोस् सालोक्यलाई । संकटामाईले तपाईको जीवनमा आईपरेका सबै सङ्कटहरूको नाश गरून् , आगामी दिनमा तपाईको जीवनमा सुखशान्ति छाओस्, धनधान्य श्रीवृद्धि होओस् , माईसंसारको सुकीर्ति अझै फैलियोस् भन्ने कामना गर्दछु ।
Yo khabar padera nikai dukha lagyo.tapai sakusal rahanus aru sabai nirman hudai ra gardai janechha samayantar pachhi.nepalma esto ko dabai chhaina . Ekchhin bisram garnuhos ani yatra ta chhadai chha.narokikana agadi bada umesh sir yo vanda pida aru kehi rahena.ajhai sahas garnuhos.tapai nai ho nirman garne aru sabai sahayak matra Hun.
यस्तै छ जिन्दगी । बाचुन्जेल सकारात्मक बन्नसक्नु पर्दोरहेछ । भन्न सजिलो, गर्न साह्रै गाह्रो ।
Big fan of your sir. i always respected your good and selfless journalism. There are ups and down in life & its part of everybody’s life. your good karma will for sure bring good days in your life. keep going!
Ma auta niyamit “reader” bhayako natale, garna sakne kei sahayog bhaya please janakari pau hai.
Please be positive, dukha ta sabai lai nai parchha ni !!
Kaha haraunubho bhaneko ta samasya parera rahechha. Time will heal everything Umeshji. Best wishes.
“The world is afflicted by death and decay. But the wise do not grieve, having realized the nature of the world.” – Buddha
हिम्मत नहार्नुस् भाई। त्यस्ता क्षणहरु राजा देखि रैती सबैको जीवनमा आउने रहेछन्। अहिलेको समय सबैका लागि संकटकै छ। आउने दिनमा समस्याहरू समाधान हुने छन्।
Life is not what we want it to be. We should be ready to face it and I encourage you to make it meaningful. Be strong and positive. We are with you. Keep posting your blog please.
Life is a bitch but will only make you a better version with this kind of attitude.
Sending positivity!
Please 🙏 be positive & strong
Be strong, we r with you.