Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रिय जनगणनामा धर्मको तथ्याङ्कले के देखाउँछ ? हेर्नुस् ७ डेटा भिजुअलाइसेन

Posted on June 4, 2023June 4, 2023 by Salokya

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको तथ्याङ्क २०७८ सालमै लिइएको थियो। तर यसको पूर्ण नतिजा आउन भने बाँकी नै थियो। अरु विषयको तथ्याङ्क सार्वजनिक गरिए पनि जातजाति, भाषा र धर्मको तथ्याङ्क आउन भने ढिला भइरहेको थियो। अस्ति जेठ १९, २०८० मा बल्ल यसको पनि तथ्याङ्क सार्वजनिक गरियो। त्यसमध्ये धर्मको तथ्याङ्कमा देखिएका केही रोचक तथ्यलाई समावेश गरी यहाँ मैले सात वटा डेटा भिजुअलाइसेन गरेको छु। आउनुस् हेरौँ। यो ब्लग मोबाइलमा भन्दा पनि ल्यापटप वा डेस्कटपमा हेर्नुभयो भने अझ प्रष्ट देखिन्छ।

कुन धर्म मान्ने कति ?

यो बबल चार्टबाट हामीले कुन धर्म मान्नेहरुको संख्या कति छ, हेर्न सक्छौँ। यसमा संख्याको आधारमा गोलोको आकार बनाइएको छ। अर्थात् धेरै संख्या भए ठूलो आकार, सानो भए सानो आकार।

हरेक गोलोमा माउस लानु भयो भने पुरुष र महिलाको संख्या पनि देखिने हुन्छ।

कुन धर्मावलम्बी बढे, कुन घटे ?

यो चार्टमा भने विगत ७० वर्षको अवधिमा प्रमुख धर्महरुको प्रतिशत देखाइएको छ। १९५२/५४ को जनगणनादेखि २०२१ को जनगणनासम्म प्रमुख धर्महरुको प्रतिशत तपाईँले समय अनुसार हेर्न सक्नुहुन्छ।

यो चार्ट समय अनुसार हेर्नका लागि तपाईँले यसमा रहेको वर्ष नजिकै रहेको त्रिकोणलाई क्लिक गर्नुपर्छ। त्यसपछि यसले समय अनुसारको प्रतिशत पाइचार्टमा देखाउँछ।

त्यसैगरी तलको लाइन चार्टले पनि वर्ष अनुसार कुन धर्मावलम्बीको संख्या कति भयो भन्ने प्रतिशतमा देखाउँछ।

यो चार्टमा पनि दुई वटा अप्सन छ। डिफल्टमा यो Linear मा रहेको छ। यो राख्दा हिन्दू बाहेक अरु धर्मावलम्बीहरुको परिवर्तन भएको तथ्याङ्क सानो प्रतिशतमा भएको हुँदा त्यति प्रष्ट देखिन्न। तर तपाईँले Linear सँगै रहेको अर्को अप्सन Log मा क्लिक गर्नुभयो भने चाहिँ अरु धर्मावलम्बीहरुको परिवर्तन भएको प्रतिशत पनि स्पष्ट देख्न सकिन्छ।

प्रदेशगत जनसंख्याका आधारमा विभिन्न धर्मको प्रतिशत

तल विभिन्न चार धर्मको प्रदेशगत जनसंख्याका आधारमा प्रतिशतको हिसाब राखिएको छ। सबैभन्दा धेरै हिन्दू सुदूरपश्चिममा (९७ प्रतिशत) रहेछ भने सबैभन्दा कम चाहिँ कोशी (६७ प्रतिशत रहेछ।

तपाईँले म्यापमा माउस लानु भयो भने अरु प्रदेशका तथ्याङ्क पनि हेर्न पाउनु हुन्छ।

प्रदेशगत जनसंख्याका आधारमा बौद्ध।

सबैभन्दा धेरै बौद्ध बागमी प्रदेशमा (२२ प्रतिशत) रहेछ भने सबैभन्दा कम चाहिँ सुदूरपश्चिममा (०.८४ प्रतिशत) रहेछ।

तपाईँले म्यापमा माउस लानु भयो भने अरु प्रदेशका तथ्याङ्क पनि हेर्न पाउनु हुन्छ।

त्यसैगरी इस्लामको तथ्याङ्कमा सबैभन्दा धेरै इस्लाम धर्मावलम्बी मधेश प्रदेशमा १३ प्रतिशत देखिन्छ भने सबैभन्दा कम कर्णालीमा 0.२१ प्रतिशत देखिन्छ।

क्रिश्चियनको जनसंख्यामा सबैभन्दा धेरै ३.३ प्रतिशत बागमतीमा रहेको छ भने सबैभन्दा कम मधेशमा

धर्म नमान्ने चाहिँ छैनन् ?

यो जनगणनाको तथ्याङ्कले एउटा रोचक पाटो देखाएको छ। नेपालमा धर्म मान्दिनँ भन्ने/नास्तिक/खुलाउन चाहन्नँ भन्ने चाहिँ कोही रहेनछन्। कम्युनिस्टहरु धर्म मान्दैनन् भन्ने गरिन्छ। नेपालमा भने कम्युनिस्ट भए पनि धर्म मान्दिनँ भन्ने रहेनछन् भन्ने देखिन्छ जबकि जनगणनाको फाराममा 'अन्य' पनि उल्लेख थियो।

3 thoughts on “राष्ट्रिय जनगणनामा धर्मको तथ्याङ्कले के देखाउँछ ? हेर्नुस् ७ डेटा भिजुअलाइसेन”

  1. Sanjay says:
    June 4, 2023 at 4:59 pm

    लुम्बिनी मा नै बौद्ध धर्म मान्ने कम रहेछ!!

    Reply
  2. Rishav Shrestha says:
    June 4, 2023 at 4:09 pm

    Salokya ji, regarding atheism, when the census people came to my house they tried very hard to classify me, an atheist, as a humanist or a nature worshipper. I had to literally fight to get them to write “nastik”. Despite this it seems they did not choose to include me in the survey. There are a lot of atheists or agnostics in Nepal and it is very concerning the Census Bureau wants to hide this.

    Reply
  3. basanta says:
    June 4, 2023 at 2:31 pm

    जसले घरघरमा Tab लिएर जनसंख्याको तथ्याङ्क संकलन गर्न आए उनिहरू सिधै धर्म सोध्दै नसोधि हिन्दु बनाएका पनि उदाहरण छ। मेरो घरमा मैले धर्म नलेख्न मिल्दैन भनेर सोध्दा त हिन्दु होइन र यता त click गरि भ्याइसकेँ पो भन्दै थिई।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme