Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

उपराष्ट्रपति निर्वाचनबारे ‘सेतोपाटी’ समाचार : बिहान ३ जना उम्मेदवार, साँझ ४ जनाको मतपरिणाम

Posted on March 17, 2023March 17, 2023 by Salokya

आज भएको उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। उनी बारा-२ बाट जनता समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए।

यसपालि उपराष्ट्रपतिको निर्वाचनमा भद्रगोल गरियो। सुरुमै प्रमुख निर्वाचन आयुक्तले महिलाको मात्र उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको समाचार मिडियाले राखे। तर त्यस्तो समाचार राखेको भोलिपल्ट पुरुषको उम्मेदवारी दर्ता भएको समाचार त्यही मिडियामा आए। यसबारे ब्लग छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।

आज मतदानको दिन पनि त्यस्तै भयो।

बिहान उपराष्ट्रपतिको निर्वाचनमा तीन जना उम्मेदवार भएको समाचार लेखियो। अनि त्यही मिडियाले साँझ मतपरिणामको समाचार लेख्दा चार जना उम्मेदवारलेे कति कति मत पाए भनेर लेखे।

आफैले बिहान लेखेको समाचार विपरीत साँझ समाचार लेख्दा अलिकति पनि अप्ठेरो भएन होला?

हेर्नुस् सेतोपाटीले बिहान लेखेको समाचार-

समाचारको अर्काइभ लिङ्कका लागि यहाँ क्लिक गर्नुस्

यो समाचार बिहान ८ बजेर ३५ मिनेटमा अपलोड गरिएको टाइमस्ट्याम्प राखिएको छ।

तर त्यसको आठ घण्टापछि उही सेतोपाटीमा यस्तो छ मत परिणाम शीर्षकमा उपराष्ट्रपतिका चार उम्मेदवारको मतपरिणाम राखियो।

बिहान तीन जना प्रतिस्पर्धामा शीर्षकमा चौथो नामनिशान थिएन। अनि साँझ चौथो प्रतिस्पर्धी कताबाट आए त ? यसबारे समाचारमा केही प्रष्ट पार्नु नपर्ने ?

 

भएको के हो ?

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाकै कोट राखेर उपराष्ट्रपति निर्वाचनमा महिलाको मात्रै उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको समाचार आएपछि जसपाले एक महिला र एक पुरुष गरी दुई जनाको उम्मेदवारी दर्ता गरायो। खासमा जसपा र नयाँ बनेको सत्ता गठबन्धनका प्रमुख ठूला दलबीच रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने सहमति भएको थियो। तर निर्वाचन आयोगले बाधा पुर्‍याउला भनी सेफ साइडमा बस्न महिला पनि उम्मेदवार बनाइयो।

लास्टमा पुरुष उम्मेदवारको पनि उम्मेदवारी कायमै रहने निर्णय निर्वाचन आयोगले गरेपछि जसपाकी महिला उम्मेदवार प्रमिलाकुमारी यादवले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरिन्।

तर उनले यो घोषणा गरेको फागुन २९ गते थियो। जबकि उम्मेदवारी फिर्ता लिने मिति निर्वाचन आयोगको तालिका अनुसार फागुन २८ गतेसम्म मात्रै थियो।

म्यादभित्र उम्मेदवारी फिर्ता नलिएपछि उनको उम्मेदवारी कायम रहेको थियो र मतपत्रमा समेत उनको नाम र फोटो रहेको थियो। अनि मतपरिणाममा समेत उनलाई एउटा भोट गएको देखियो।

उम्मेदवार चार जना किन भए, तीन जना मात्र प्रतिस्पर्धामा कसरी भए  त्यो सब समाचारमा खुलाए पो पढ्ने पाठकले सजिलै बुझ्थे। बिहान तीन जना उम्मेदवार लेखेको समाचार पढेर साँझ चार जना उम्मेदवारले ल्याएको मतसंख्या पढेपछि मान्छे अलमलिँदैन? कि पत्रकारले आफूले जानेको कुरा सबैले जानेकै हुन्छ भन्ने सोचेर लेख्छ? कुरो बुझिएन।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme