Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शपथमा ‘प्रतिज्ञा’ हैन ‘प्रतिक्षा’ गर्ने राष्ट्रपति

Posted on March 13, 2023 by Salokya

आजदेखि देशले नयाँ राष्ट्रपति पाएको छ। रामचन्द्र पौडेल गणतन्त्र नेपालका तेस्रो राष्ट्रपतिको कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्नुअघि उनले कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिए।

शपथ लिने समारोहको टेलिभिजनमा लाइभ हेरिरहेका दर्शकले भने रमाइलो दृश्य हेर्न पाए।

सबैभन्दा पहिला त शपथ शपथ जस्तो नै भएन। राष्ट्रपतिको शपथमा जसले शपथ दिलाउने हो, उसले वाक्य पढ्दै जाने अनि शपथ लिनेले त्यसलाई दोहोर्‍याउँदै जाने हो।

तर राष्ट्रपति पौडेलले भने आफै खुरुखुरु पढ्दै गए।

कामु प्रधान न्यायाधीशले ‘म’ भनेपछि राष्ट्रपति पौडेलले म रामचन्द्र पौडेल भने।

कामु प्रधान न्यायाधीशले ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही’ भन्दै गर्दा सँगसँगै राष्ट्रपति पौडेलले पनि भने।

कामु प्रधान न्यायाधीशले नभन्दै राष्ट्रपति पौडेल अघि बढ्दै गए, ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु, ईश्वरको नाममा शपथ लिन्छु कि..’ त्यसपछि माइक मिलाइन्छ। राष्ट्रपति पौडेलले फेरि ‘नेपालको..’ के भन्दै थिए एक जना सुरक्षाकर्मी आएर ‘प्रधान न्यायाधीशज्युले बोलेपछि मात्र हजुरले बोलिदिनुस्, उहाँले भनेपछि मात्र भनिदिनुस्’ भन्दै गरेको सुनिन्छ।

अनि कामु प्रधान न्यायाधीशको फेरि आवाज सुनिन्छ, ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही’

राष्ट्रपतिले फेरि सुरुबाटै ‘म रामचन्द्र पौडेल मुलुक र जनता प्रति पूर्ण वफादार रही’ भन्छन्।

कामु प्रधान न्यायाधीश भन्छन्, ‘सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु’

राष्ट्रपति भन्छन्, सत्य निष्ठापूर्वक प्रतिक्षा गर्छु’

लौ भो त, प्रतिज्ञा भन्नुपर्ने ठाउँमा प्रतिक्षा पो भनिदिए राष्ट्रपतिले।

१४ वर्षअघि अमेरिकी राष्ट्रपति बराक ओबामाले शपथ लिँदा गल्ती भएपछि पुनः शपथ लिनु परेको थियो। अमेरिकी संविधान अनुसार राष्ट्रपति
ओबामाले “that I will faithfully execute the office of president of the United States” भन्नु पर्नेमा “I will execute the office of president of the United States faithfully.” भनेका थिए।

तर हाम्रोमा त प्रतिज्ञा गर्छु भन्नुपर्नेमा अर्थै फरक लाग्ने गरी प्रतिक्षा गर्छु पो भनिदिए राष्ट्रपतिले।

हुन पनि पौडेलले लामो प्रतिक्षा गर्नुपरेकै हो। मुलुकको कार्यकारी प्रमुख हुने उनको धोको थियो। त्यसका लागि लामो प्रतिक्षा गरे। प्रधानमन्त्री बन्नका लागि १७ पटकसम्म प्रतिस्पर्धा गर्दा पनि हुन नसकेर प्रतिक्षा गरेकै हुन्।

प्रतिज्ञाको साटो प्रतिक्षा भनेको भिडियो हेर्नुस्-

1 thought on “शपथमा ‘प्रतिज्ञा’ हैन ‘प्रतिक्षा’ गर्ने राष्ट्रपति”

  1. Kamal says:
    March 15, 2023 at 5:29 pm

    It’s true Salokya Ji, he did a long long Waiting to get a powerful position. So, “प्रतिक्षा” is
    more applicable in his case rather than “प्रतिज्ञा”.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme