Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रदेशको नाम : कोशी कि कोसी ? वाग्मती कि बागमती ?

Posted on March 2, 2023 by Salokya

अन्ततः हिजो बल्ल नेपालका सातै प्रदेशको न्वारन सकिएको छ। पहिलो प्रदेश सभाले कार्यकाल पूरा गरेर नयाँ प्रदेश सभा बनेपछि मात्र प्रदेश १ को नाम कोशी राखियो। सात प्रदेशमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली पहिलेकै अञ्चलका नाम रहे भने सुदूरपश्चिम त्यतिबेलाको विकास क्षेत्रको नाम थियो। मधेश प्रदेशले मात्रै पहिचानका आधारमा नाम राख्यो।

हिजो प्रदेश १ सभाले प्रदेशको नाम राखेपछि समाचारहरुमा नाम फरक फरक किसिमले आएका छन्। कसैले कोशी लेखेका छन् भने कसैले कोसी। कुन सही हो त ?

एक पटक हामी एउटा कार्यक्रमका लागि बागमती प्रदेशको राजधानी हेटौडा पुगेका थियौँ। त्यहाँ ब्यानरमा लेखिएको वाग्मती देखेर अतिथि
प्रदेश सभाका सदस्यहरुले आपत्ति जनाए।

आयोजकले व्याकरण अनुसार मिलाएर लेखेको तर्क गर्दा प्रदेश सभाका सदस्यहरुले सोधे, हामीले प्रदेश सभाबाट आधिकारिक रुपमा ‘बागमती’ नाम पास गरेका हौँ। त्यसलाई परिवर्तन गर्ने तपाईँहरु को ?

उनले त्यसो भनेपछि मैले आधिकारिक दस्तावेज हेरेँ। हो रहेछ, प्रदेश राजपत्रमा प्रकाशित सूचनामा पनि बागमती नै लेखिएको रहेछ। सरकारी कागजातमा बागमती नै हुने रहेछ।

त्यसपछि भने ती प्रदेश सभा सदस्यको तर्क ठीकै लाग्यो। आधिकारिक रुपमा प्रदेश सभाको दुई तिहाई बहुमतले जे नाम पास गर्‍यो त्यही हुने हो नाम। नाममा व्याकरण लाएर हुन्न। कसैले आफ्नो नाम प्रबिन लेख्छ भने हैन यो अशुद्ध छ प्रवीण लेख्नु पर्छ शुद्ध भनेर भएन। नागरिकतामा जे छ त्यही हुन्छ। त्यसैगरी प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा वाग्मती लेखिएको छ

तर के गर्नु, प्रदेश सभाले बागमती पास गरेको छ।

कोशी कि कोसी त ?

अब प्रदेश १ को नाम चाहिँ के त ? कोशी कि कोसी ? मोटो ‘श’ कि पातलो ‘स’?

आजका दुई दैनिकले के लेखे हेरम्-

गोरखापत्रले कोशी लेख्यो भने कान्तिपुर कोसी। कुन सही त ?

फेरि एक पटक हेरौँ प्रज्ञाको शब्दकोश

तर आधिकारिक रुपमा पास भएको नाम कुन हो त ? हेरौँ प्रदेश १ को राजपत्रमा प्रकाशित सूचना-

भनेपछि आधिकारिक रुपमा नाम कोशी प्रदेश हुनुपर्ने हो।

तर नेपाल हो, जे गरे पनि भइहाल्छ नि, कि कसो ? 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme