Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेनाको कीर्तिमानको समाचारमा राससले मिडियाकै मादल यसरी बजाइदिएछ

Posted on February 19, 2023 by Salokya

आज शिवरात्रि, सेना दिवस पनि। सेना दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा रमझम हुने गर्छ। यसपालि अलि फरक गरेछ सेनाले। ५५५ वटा मादल एकैचोटी बजाएर विश्व कीर्तिमानै राखेको भन्दै मिडियाहरुमा समाचार आयो।

अधिकांश मिडियामा त्यो समाचार सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले पठाएको रहेछ। तर राससको समाचार आँखा चिम्लेर हाल्दा राससले मिडियाकै मादल बजाइदिएको जस्तो पो देखियो त।

राससको समाचार यसका धेरै ग्राहकले हाल्छन्। त्यसैले सबैतिरको उदाहरण नलिई दुई वटा मात्र लिउँ।

सबैभन्दा पहिला अनलाइनखबर।

अनलाइनखबरले ‘एकैपटक पाँचसय ५५ वटा मादल बजाएर नेपाली सेनाले राख्यो विश्व कीर्तिमान’ शीर्षकमा समाचार राखेको छ। समाचारमा सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि सागर कटुवालले हस्तान्तरण गरेको उल्लेख छ।

अझ त्यसमा फोटोको क्याप्सन पनि त्यसरी नै हालिएको छ। हेर्नुस्-

त्यसैगरी सरकारी अखबार गोरखापत्रको अनलाइनले पनि यो समाचार राखेको छ। शीर्षक छ, मादलमा सेनााको विश्व रेकर्ड। हेर्न यहाँ क्लिक गर्नुस्। 

अब तपाईँलाई यसमा के गल्ती भयो भन्ने लाग्ला। पख्नुस् म बुझाउँछु।

सबैभन्दा पहिला यो फोटोको प्रमाणपत्रमा ध्यान दिएर हेर्नुस् त- त्यसमा कतै गिनिज बुक अफ वर्ल्ड रेकर्डस् लेखिएको छ ? छैन। प्रष्ट नभए जुम गरेर देखाउँछु, हेर्नुस्।

गिनिज बुकको लोगो र प्रमाणपत्र कस्तो हुन्छ, खगेन्द्र मगरले पाउँदाको एएनआईको यो फोटोमा हेरौँ-

त्यसो भए सेनाले पाएको चाहिँ कुनवाला हो त ?

त्यो चाहिँ वर्ल्ड बुक अफ रेकर्डस् नामको अर्को संस्था हो। त्यसको लोगो यस्तो हुन्छ

गिनिज बुकको वेबसाइट हेर्न यता क्लिक गर्नुस्।

वर्ल्ड बुकको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुस्।

अब यहाँ रमाइलो के भयो भने राससका पत्रकारले यसरी झुक्किएछन्-

-उसलाई लाग्यो, वर्ल्ड रेकर्ड भन्ने बित्तिकै गिनिज बुककै वर्ल्ड रेकर्ड हुन्छ।

–  उसलाई लाग्यो गिनिज बुक बाहेक अरु कुनै वर्ल्ड रेकर्ड हुँदैन।

अनि त के छ र, मादल बजाएको विश्व कीर्तिमानको समाचारमा राससले मिडियाकै मादल बजाइदिएछ 😛

यो वाला वर्ल्ड बुक अफ रेकर्डस् चाहिँ बेलायतमा दर्ता भएको तर भारतीयको हालिमुहाली भएको संस्था हो। एकचोटी हफिङटन पोस्टले यो संस्थाको बारेमा राम्रो रिपोर्टिङ गरेको थियो।

त्यसमा लन्डन बेस्ड कार्यालय भनिए पनि यसको सबै काम भारतको इन्दोर सहरको दुई तल्ले घरका ६ जनाले चलाउने उल्लेख थियो। यसले भाजपालाई प्रमोट गरेको पनि आरोप थियो। पढ्नुस् हफिङटन पोस्टको समाचार। 

नेपालमा पनि सम्पर्क व्यक्ति नै तोकेर यसले आफ्नो गतिविधि गर्दै आएको थियो। यस पटक सेनालाई नै कीर्तिमानको भोक जागेछ। अनि राससले यसलाई गिनिज बुक नै ठानिदिएछ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme