Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘गुगल गर्न बिर्सँदा’ अन्नपूर्ण पोस्टको सम्पादकीयमै गल्ती

Posted on January 9, 2023January 9, 2023 by Salokya

अन्नपूर्ण पोस्टले १७ पुस २०७९ को अङ्कमा एउटा सम्पादकीय लेखेको छ। जसको शीर्षक छ- शासनमै छ फजुल खर्च।

सम्पादकीयको अन्तिम अनुच्छेदमा लेखिएको छ- ‘डिल्लीराज खनाल संयोजकत्वको आयोगको सुझाव थियो— मन्त्रालयको संख्या १६ बनाऊ। थुप्रै मन्त्रालयहरू यस्ता छन्, जसलाई गाभ्न सकिन्छ। विभाग ३५ वटामात्रै बनाउने र महाशाखाहरू पनि ३ देखि ५ वटा बनाउने र एउटा मन्त्रालयमा एकजनामात्रै सचिव राख्ने लगायत खनाल आयोगका सुझाव व्यावहारिक छन्। तर सरकारले खनाल आयोगको प्रतिवेदन कार्यान्वयन त कता हो कता सार्वजनिकसमेत नगरी थन्क्यायो।’

कुरा सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ को प्रतिवेदनको हो। सम्पादकीयका अनुसार सरकारले यो प्रतिवेदन सार्वजनिकसमेत नगरी थन्क्याएको छ। सार्वजनिक नगर्नु भन्नुको अर्थ यो गोप्य छ, कसैले खोजेमा पनि पाइँदैन भन्ने नै हो। तर के यो सही हो त ?

हामीले गुगलमा ‘सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन’ लेखेर सर्च गर्‍यौँ। पहिलो रिजल्ट मै यस्तो देखायो।

त्यो लिङ्कमा क्लिक गर्दा ३७१ पेजको त्यो प्रतिवेदन पीडिएफमा सजिलै भेटियो।

यहाँ क्लिक गरी हेर्न सकिन्छ अन्नपूर्ण पोस्टको सम्पादकीयले सार्वजनिक नभएको दावी गरेको प्रतिवेदनको पूरा अंश।

यहाँ क्लिक गरी हेर्नुस् अर्काइभ।

भनेपछि सामान्य गुगल गर्न नजान्दा अन्नपूर्ण पोस्टको सम्पादकीयमै त्रुटी भएछ। अब यो गल्ती सच्याइएला त ?

कालान्तरमा यसलाई ‘अन्नपूर्ण पोस्ट गुगल सम्पादकीय काण्ड’ भनेर बुझिन्छ होला 🙂

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme