Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माओवादी सशस्त्र युद्धसित गाँजाको के साइनो ?

Posted on January 6, 2023December 31, 2022 by Salokya

२०५२ सालपछि झन भन्दा झन् सोचेभन्दा छिटो देशभर माओवादी फैलिएपछि यसको मूल जड पत्ता लगाउन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सम्बन्धी संस्था युएस एडले आफ्नो खर्चमा रबर्ट गेर्सोनीलाई कन्सलट्यान्ट बनाउँदै एउटा अध्ययन गर्न लगाएको थियो। ‘सोइङ द विन्ड : हिस्ट्री एन्ड डायनामिक्स अफ दि माओइस्ट रिभोल्ट इन नेपाल्स राप्ती हिल्स’ शीर्षकमा २००३ मा प्रकाशित प्रतिवेदनमा माओवादी जनयुद्धको उद्‍गम स्थलमा विद्रोह सुरु हुनुका विभिन्न कारण पहिल्याइएको छ। त्यसैमध्येका एक कारण हो गाँजा।

४ दशकअघि रोल्पा र रुकुम पश्चिमी पहाडका सम्पन्न जिल्ला थिए। यी ठाउँबाट उत्पादन हुने गुणस्तरीय गाँजाका कारण कमाइने पैसाले उनीहरु नून, तेल, लुगाफाटा, चाँदीको सिक्का भएका नेकलेस, सुनका गहना किन्थे। उत्तरी रुकुम, उत्तरी रोल्पा र पूर्वी सल्यान र सुर्खेतका केही भागका जंगलमा समेत गाँजा उम्रन्थे। त्यतिबेला गाँजा गैरकानुनी पनि थिएन। त्यहाँका बासिन्दाको आयको मूल स्रोत नै गाँजा थियो। तर सन् १९७६ मा सरकारले लागू पदार्थ सम्बन्धी ऐन ल्याएर गाँजाको उत्पादन, बिक्री वितरणमाथि प्रतिबन्ध लगायो। प्रहरीले प्रतिबन्धलाई कडाइका साथ लागू पनि गर्‍यो। भारतीय सीमामा गएर नून वा तेलमा गाँजा साट्न गएका सामान्य किसानहरु समेत समातिए। गाँजा रोपिएका खेतहरुलाई जंगल भन्दै सरकारी जग्गा बनाइयो।

यो स्थानका बासिन्दाहरुलाई गाँजा प्रतिबन्ध टाढाको काठमाडौँ सरकारले लादेको एउटा त्यस्तो नियम थियो जसले उनीहरुको जनजीवनलाई प्रत्यक्ष असर पार्‍यो। गाँजामा प्रतिबन्ध लगाएपछिका वर्षहरुमा (सन् १९७६ देखि १९८० सम्ममा) उनीहरु गरिबीको चक्रमा पिल्सिए। बाँच्नकै लागि समेत छिमेकीहरुसित खाना बाँड्नु पर्ने स्थिति आयो। महिलाहरुले आफ्नो गहना धितो राख्नुपर्‍यो। र, परिवारलाई पाल्न केटाहरु गाउँ छाडेर काम खोज्न हिँड्नु पर्‍यो। गाँजामा प्रतिबन्ध लगाएर सरकारले आफ्ना लालाबालाको मुखबाट गाँस खोसेको उनीहरुले महसूस गरे।

स्थानीय नेताहरुले दरबारमा बिन्ति चढाए, लौ न सरकार केही राहत वा वैकल्पिक विकासको व्यवस्था गरिबक्सनु पर्‍यो। तर सुनुवाई भएन। राजा वीरेन्द्र सन् १९८३ र १९८८ मा हेलिकप्टरमा तकसेरा आएर यो ठाउँलाई राष्ट्रिय विकासको प्राथमिकतामा राख्ने घोषणा त गरे। तर कागजमा मात्रै।

गाँजा प्रतिबन्धले यहाँका बासिन्दामा सरकारविरुद्ध तीतो छाप छोडेको थियो। माओवादी सुरुमा फैलिएका ठाउँहरु गाँजा धेरै उत्पादन हुने ठाउँहरुमा पर्ने दावी त्यसमा गरिएको छ।

3 thoughts on “माओवादी सशस्त्र युद्धसित गाँजाको के साइनो ?”

  1. Krishna says:
    January 18, 2023 at 9:40 pm

    #Legalize for Nature rules mankind not the other way round,

    Reply
  2. pokhrel ananta says:
    January 8, 2023 at 5:02 pm

    अरु बाकी आलेख खै त ?

    Reply
  3. Narayan Manandhar says:
    January 7, 2023 at 9:32 am

    If this writing is to prove “eradication of ganja cultivation in Rapti hills as a precursor of Maoist Movement in Nepal” then how about reasoning this line of thinking: “current demand to legalize ganja cultivation as a restoration of Maoist Movement in Nepal”?
    Besides what is being mentioned in this vague paragraph, let me be precise that USAID funded Rapti Integrated Rural Development Project, during 1980s, was primarily designed to eradicate ganja cultivation. Interesting, I have read many writings where they mentioned US intervention giving birth to Maoist movement Western Nepal.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme