Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के सन्दीप लामिछाने १० लाख धरौटीमा छुटेका हुन्?

Posted on December 28, 2022December 28, 2022 by Salokya

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० लाख रुपैयाँ धरौटीमा रिहा भए।

अदालतले अन्तिम फैसला गर्‍यो।

के यस्ता समाचारहरु तपाईँले पनि सामाजिक सञ्जालमा देख्नुभएको छ ?

त्यसो भए सुरुमा तपाईँलाई के लाग्छ जानौँ।

यहाँ क्लिक गरी आफ्नो विचार व्यक्त गर्नुस्।

यसरी भयो भाइरल

२ लाख ३८ हजार फलोअर्स भएको ‘लभ डायरी’ नामको एउटा फेसबुक पेजले साझाएक्सप्रेस डट कममा प्रकाशित एउटा लिङ्क आइतबार २५ डिसेम्बरमा सेयर गरेको छ।  बुधबार बिहानसम्म यो पोस्टमा ११ हजार रियाक्सन, ४०६ कमेन्ट र ९३ सेयर देखिन्छ जसले यो सामग्री भाइरल भइसकेको देखाउँछ।

नाम छ लभ डायरी। नामैले देखाउँछ यो कुनै मिडियाको फेसबुक पेज होइन। तर त्यसका फलोअर्स कुनै मिडियाको फेसबुक पेजमा भन्दा कम छैन। मिडियाका समाचार पनि फेसबुकमा आउने, यस्ता पनि फेसबुकमा आउने- मान्छे कन्फ्युज !

उक्त पोस्टको फोटोमा आज सन्दीप लामिछाने १० लाख धरौटीमा रिहा, हार्दिक बधाई र भर्खरै अदालतबाट आयो खुसीको खबर लेखिएको छ। साथमा फूलमाला लगाएका सन्दीपको फोटो, वर्तमान गृहमन्त्री रवि लामिछानेको फोटो र केही महिलाको फोटो राखिएको छ। पोस्टमा भने ‘सन्दिप लामिछाने आज सम्मानपूर्वक रिहा ? अदालत बाट आयो अन्तिम फैसला’ लेखिएको छ।

त्यसैगरी क्यानडानेपाल डट नेट नामको फेसबुक पेजमा पनि ‘आज सन्दिप लामिछाने १० लाख धरौटीमा रिहा ! नाबालिकलाइ लाग्यो ठूलो झट्का’ लेख्दै इन्फोक्याननेपको एउटा पेज सेयर गरिएको छ। हेर्नुस् स्क्रिनसट

यस्तै @ATOZKhabar25 युट्युब च्यानलले पनि ५ दिन अगाडि “आज सन्दिप लामिछाने १० लाख धरौटीमा रिहा ! नाबालिकलाइ लाग्यो ठूलो झट्का” शीर्षकमा एउटा भिडियो राखेको छ जसमा बुधबार मध्याह्नसम्म २२ हजार भ्युज देखिन्छ।

सोही च्यानलले तीन दिनअघि पनि अर्को भिडियो राखेको छ जसको शीर्षक छ- सन्दिप लामिछाने १० लाख धरौटीमा रिहा ! अदालत बात आयो अन्तिम फैसला  यसको भ्युज ९ हजार नाघिसकेको छ।

के हो तथ्य ?

यो विषयमा थप जानकारीका लागि हामीले काठमाडौँ जिल्ला अदालतको आधिकारिक वेबसाइटमा रहेको विवरण खोज्यौँ। सन्दीप लामिछाने प्रतिवादी रहेको जबर्जस्ती करणी गरेको मुद्दा २०७९ कात्तिक १४ मा दर्ता भएको थियो।

बुधबारसम्म यो मुद्दामा ११ वटा पेशी चढिसकेको छ तर अन्तिम फैसला भइसकेको छैन अर्थात् मुद्दाको अवस्था ‘चालु’ नै छ। पछिल्लो पटक २०७९ पुस १२ गते मंगलबार जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा ‘प्रमाण बुझ्ने’ आदेश भएको वेबसाइटमा उल्लेख छ। हेर्नुस् विस्तृत जानकारी

त्यसैगरी न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरेले पीडित भनिएकी किशोरीको जन्मको बारेमा सम्बन्धित कागजातहरु सम्बन्धित कार्यालयहरुबाट मगाउनु भन्ने आदेश अदालतले दिएको समाचार राखेको छ। हेर्नुस् अर्काइभ लिङ्क।

हामीले यो खबरमा राखिएको युवतीको फोटोलाई पनि गुगल रिभर्स इमेज सर्चमा खोज्यौँ। त्यस क्रममा हामीहरु हेयरस्टाइलका फोटोहरु राखिएका विभिन्न पेजमा पुग्यौँ। अर्थात् प्रयोग भएको फोटो घटनासँग असम्बन्धित रहेको यसबाट प्रष्ट हुन्छ।

तथ्य जाँच

दावी : क्रिकेटर सन्दीप लामिछाने १० लाख धरौटीमा रिहा भए।

दावीकर्ता : साझाएक्सप्रेस, @ATOZKhabar25 युट्युब च्यानल

तथ्य : मिथ्या सूचना। काठमाडौँ जिल्ला अदालतले यो केसमा अन्तिम फैसला गरिसकेको छैन। सन्दीप लामिछाने १० लाख धरौटीमा रिहा पनि भएका छैनन्। अदालतमा मुद्दा जारी छ। उनी पुर्पक्षका लागि अझै थुनामा छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme