Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अर्को गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री, यस्तो बन्यो नयाँ सत्ता गठबन्धन

Posted on December 25, 2022December 25, 2022 by Salokya

राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेकी छिन्। सत्ता गठबन्धनबाट आलोपालोमा पहिलो पटक प्रधानमन्त्री दिन देउवाले आनाकानी गरेपछि बालकोट पुगेर एमालेसित नयाँ गठबन्धन बनाएका हुन्। नयाँ सत्ता गठबन्धनमा सात पार्टी रहेको छ। सबैभन्दा ठूलो पार्टी एमाले रहेको छ। तेस्रो पार्टी माओवादीले नेतृत्व पाएको छ। यस्तो हुनेछ अबको सत्ता गठबन्धन र प्रतिपक्ष-

आलोपालोमा पहिलो पटक प्रधानमन्त्री र राष्ट्रपति दिन नमान्दा कांग्रेस अब प्रतिपक्षमा खुम्चिने भएको छ। अरु संवैधानिक पद र प्रदेशहरुको सरकार पनि कांग्रेसले गुमाउने भएको छ।

अहिलेको एमाले माओवादी सहमतिमा के के भएको छ खासै कुरा बाहिर आएको छैन। तर राष्ट्रपति एमालेले पाउने र साढे दुई वर्षपछि एमालेले प्रधानमन्त्री पाउने भन्ने खबर बाहिर आएका छन्।

अरु पदहरुबारे थप सहमतिहरु हुन बाँकी छ।

नयाँ चुनावमा कसैको बहुमत नआएपछि यो पहिलो सरकार यसरी बनेको छ। हेर्दै जाउँ अब बाँकीका वर्षहरुमा के केसम्म हुने हो वा कति वटासम्म सरकार बन्ने हो। बल्ल त खेल सुरु भएको छ। हामी त हेरेको हेर्‍यै त हो 🙂

@salokyaa

हामी चैँ हेरेको हेर्यै 😛

♬ original sound – Umesh Shrestha

सबै फोटोहरु : बालकोट फेसबुक पेज

1 thought on “अर्को गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री, यस्तो बन्यो नयाँ सत्ता गठबन्धन”

  1. Rk says:
    December 26, 2022 at 12:32 am

    Congratulations to RSP for entering the parliament for the first time we need crypto policy ASAP 🙏

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme