Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राप्रपालाई समानुपातिकमा सबभन्दा धेरै भोट काठमाडौँमा, कम बाजुरामा

Posted on December 19, 2022 by Salokya

अघिल्लो चुनावमा थ्रेसहोल्डसमेत कटाउन नसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपालि राजेन्द्र लिङदेनको नेतृत्वमा देशभर राम्रो भोट पायो। प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ नै ७ सिट सित्न सफल उसले समानुपातिकमा पनि देशभरबाट ५ लाख भोट कटाएर पाँचौँ ठूलो दल बन्न सफल भयो। राप्रपाले कुन जिल्लामा कति कति भोट ल्यायो त ? हेर्नुस् यो नक्सामा।

सबभन्दा धेरै भोट काठमाडौँमा

राप्रपाले कुन जिल्लाबाट कति भोट ल्यायो, माथिको नक्सामा माउस चलाउँदै हेर्न सक्नुहुन्छ। निर्वाचन आयोगको यो तथ्याङ्क अनुसार उसले सबैभन्दा धेरै भोट काठमाडौँमा ल्याएको छ। काठमाडौँमा राप्रपाले सदर मतको १५.७ प्रतिशत भोट ल्याउन सफल भएको हो। त्यसैगरी काठमाडौँ पछि नवलपरासी बर्दघाट सुस्ता पश्चिममा राप्रपाले सदर भोटको १४.५४ प्रतिशत ल्याउन सफल भएको छ। त्यसैगरी ज्ञानेन्द्र शाहीले चुनाव लडेको जुम्लाबाट पनि राप्रपाले सदर भोटको १३.४३ प्रतिशत ल्याउन सफल भयो।

सबभन्दा कम भोट बाजुरामा

राप्रपाको सबैभन्दा कमजोर प्रदर्शन बाजुरामा रह्यो। यहाँ उसले ०.३ प्रतिशत भोट मात्रै पाएको छ। कूल ५८ हजार ६१० सदर भोटमा राप्रपाको हलोमा १७८ भोट मात्रै परेको हो। राप्रपा कमजोर भएका अन्य जिल्लाहरुमा भोजपुर, जाजरकोट, दार्चुला, ओखलढुंगा पर्छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme