Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समाचार नपढी हेडलाइन हालेपछि नयाँ पत्रिकालाई लाज, अनलाइनमा चाहिँ यस्तो चलाखी

Posted on December 15, 2022 by Salokya

आजको नयाँ पत्रिका हेर्नुभएको छ भने एउटा समाचारले तपाईँको ध्यान पनि तान्यो होला। शीर्षक छ- ४८ वर्षपछि फाइनलमा अर्जेन्टिना।

बिचरा नयाँ पत्रिकालाई त्यही हेडलाइनले आज निकै लाज भएको हुनुपर्छ। किनभने हेडलाइन गलत छ। सन् २०१४ मा जर्मनी र अर्जेन्टिनाबीच फाइनल खेल भएको र जर्मनीले उपाधि जितेको तपाईँ हामी धेरैले बिर्सेकै छैनौँ। नेपालका अर्जेन्टिनी फ्यानहरुले हारको त्यो पीडा अझै भुलेकै छैनन्। आठ वर्षअघिको त्यो फाइनल हुँदाहुँदै ४८ वर्षपछि फाइनलमा कसरी लेख्न सकेको होला ए! हामीलाई यस्तै लाग्न सक्छ। तर खास कुरो यस्तो होला के !

तपाईँले समाचार पढ्नुभयो भने त्यसमा फेरि कुनै गल्ती देखिन्न। यस्तो छ समाचार-

समाचारमा सन् १९३० मा उरुग्वेले आयोजना गरेको पहिलो विश्वकपमा अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको तर फेरि फाइनल खेल्न ४८ वर्ष लगाएको भन्ने उल्लेख छ। अर्को पटक अर्जेन्टना सन् १९७८ मा फाइनलमा पुगेको थियो। ऐतिहासिक रुपमा यो कुरा सही हो।

तर नयाँ पत्रिकाको डेस्कमा बस्नेले भने समाचारको मूल कुरा नै नबुझी पहिला दुई वाक्य पढेर हेडलाइन ठोकिदिएछन् क्यार। ती व्यक्तिलाई फुटबलमा खासै चासो र रुचि नभएको हुनुपर्छ। अथवा रातभर फुटबल हेरेर निद्रामै हेडलाइन हालेको पो हो कि !

पत्रिकामा त गल्ती भयो भयो, अनलाइनमा पनि समाचार हाल्नेले पत्रिकाको समाचार कपिपेस्ट मात्रै गरेछन्। खासमा पत्रिकामा छापिएको समाचार वा सामग्रीलाई Shovelware गर्नुभन्दा पनि अनलाइन माध्यमलाई ध्यानमा दिएर केही फरक गर्नुपर्ने हो। तर हाम्रो पत्रकारिता ! जे छ त्यही कपिपेस्ट हान्दिएछन्। अनलाइनको डेस्कले पनि ४८ वर्ष अघि फाइनलमा पुगेको हो कि हैन सोधखोज गर्ने सामान्य ज्ञान भएन।

तर अनलाइनको डेस्कले गरेको चलाखी भने रमाइलो छ। सबैभन्दा पहिला उसले ४८ वर्षपछि अर्जेन्टिना फाइनलमा पुगेको हेडलाइनमै समाचार राख्यो। पछि लाज भएपछि त्यो समाचारलाई सुटुक्क हटाएर त्यसैमाथि  ‘१२० महिलाले लिए माउन्टेन गाइड तालिम ‘ शीर्षकको समाचार हालिदियो। जसले त्यसो गरेको हो, उसलाई लागेको होला- मैले यसो गरेपछि कसैले थाहा पाउँदैन। तर अनलाइनको दुनियाँमा एक पटक प्रकाशित भइसकेको कुरालाई मेटेर कहाँ मेट्न सकिन्छ र ! गुगल क्यासमा यो समाचार भेटिहाल्छ-

अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

पछि त्यही समाचारमाथि त्यसलाई मेटेर अर्को समाचार कसरी राखियो, यो हेर्नुस्-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme