Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कतै तपाईँको भोट पनि समानुपातिकमा खेर त गएन? १२ लाख बढी भोट यसरी काम नलाग्ने भयो

Posted on December 9, 2022 by Salokya

मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा तपाईँले समानुपातिकतर्फ कुन चिह्नमा भोट हाल्नुभयो?

हैन हैन, भन्नु पर्दैन।

गोप्य मतदान हो, किन खोल्नुपर्‍यो र? तर तपाईँको भोट काम लाग्यो कि खेर गयो, त्यो त तपाईँले थाहा पाउनै पर्छ।

यो पटक देशभरबाट १२ लाखभन्दा बढी भोट खेर गएको छ। निर्वाचन आयोगमा राखिएको तथ्याङ्कमा हिसाब गर्दा ठ्याक्कै १२ लाख ८८ हजार ३ सय ७०भोट। यो बदर भएको भोटको संख्या हैन, सदर भएकैको संख्या हो। सदर भए पनि कसरी सदर भोटमा गणना भएन त यति धेरै भोट? आउनुस् बुझौँ विस्तृतमा।

आयोगको वेबसाइटमा कूल  १ करोड ५ लाख ६० हजार ८२ सदर भोट गणना भएको तथ्याङ्क छ। अर्थात् यति भोट विभिन्न दललाई गएको छ।

तर, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार सिट बाँडफाँट गर्दा यो संख्यालाई सदर मत भने मानिएन। किनभने ऐनको दफा ६० को उपदफा १२ ले यसो भनेको छ-

कूल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कूल मतमा गणना गरिने छैन। तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दल ४० वटा थिए। तीन प्रतिशत कटाउने दल यी ७ वटामात्र थिए।

 

 

एमाले
२८,४५,६४१
नेपाली काँग्रेस
२७,१५,२२५
माओवादी
११,७५,६८४
राष्ट्रिय स्वतन्त्र पार्टी
११,३०,३४४
राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८८,८४९
जनता समाजवादी पार्टी, नेपाल
४,२१,३१४
जनमत पार्टी
३,९४,६५५

यी दलले पाएको कूल मत ९२ लाख ७१ हजार ७१२ लाई मात्रै कूल सदर मत मानेर गणना गरी यिनै दलहरुलाई मात्रै सिट बाँडफाँट गरियो।

यसको अर्थ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को कलम र त्यसदेखि मुनि भएका सबै चुनाव चिह्नमा दिइएका मत खेर गयो। यी मुनिका सबै दल एउटै चुनाव चिह्नमा लडेको भए माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पनि बढी मत ल्याएर तेस्रो ठूलो दल भएर प्रशस्त समानुपातिक सिट पनि जित्थ्यो।

 

१२ लाखभन्दा बढी भोट यसरी खेर गयो। तपाईँको भोट खेर गयो कि काम लाग्यो त? भन्नु परेन, बुझ्नुस् मात्र !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme