Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा निर्वाचित हुनसक्ने १३ उम्मेदवार

Posted on December 7, 2022December 7, 2022 by Salokya

पूर्व सञ्चारकर्मी रवि लामिछानेले पाँच महिना पहिले मात्र गठन गरेर पहिलो पटक चुनाव लड्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यस पटक ठूलै सफलता पायो। यसले प्रत्यक्षतर्फ ७ सिट मात्र जितेन, समानुपातिकमा ११ लाख भोट कटाएर चौथो ठूलो दल बन्यो। समानुपातिकतर्फ यसले १३ सिट पाएको छ। यी १३ सिटमा उसले निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसारका उम्मेदवारहरु निर्वाचित हुन्छन्।

अब प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार निर्वाचन आयोगले संघीय संसदमा ३३% महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित गर्नुपर्ने महिलाको संख्यासमेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउने छ। संघीय संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा बुझिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक चुनाव लड्दै गरेको हुनाले राष्ट्रिय सभामा यसका सांसद छैनन्।

निर्वाचन आयोगले तीन दिनको समय दलहरुलाई दिनेछ। त्यसपछि दलहरुले केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी निर्वाचित हुने उम्मेदवारको छनौट गरी आयोगलाई पठाउनेछ। यसरी पठाउँदा निर्देशिका अनुसार जातीय क्लस्टरसमेत मिलाई यथासम्भव बन्दसूचीको क्रम अनुसार हुनुपर्ने भनिएको छ।

कान्तिपुरमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भनेका छन्,  ’यसमा बन्दसूचीको क्रम तलमाथि पार्न मिल्दैन। अपांगता भएका व्यक्ति, अल्पसंख्यक समुदाय र पिछडिएको क्षेत्रको प्रतिनिधित्व गराउँदाबाहेक सम्बन्धित समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको छनोट नगरी तल्लो क्रमको उम्मेदवार छान्न पाइने छैन।’

रास्वपाले १३ सिट जितेको छ। तर प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाबाट महिला भने दुई उम्मेदवार मात्रै विजयी छन्। यसअनुसार संसदमा ३३% पुर्‍याउन उसले समानुपातिकबाट कम्तिमा ५ जना निर्वाचित गर्नुपर्नेछ।

किन ?

यस्तो छ हिसाब-

राष्ट्रिय स्वतन्त्र पार्टीका कूल सांसद = २०
संविधान अनुसार ३३ % महिला हुनुपर्ने = ७
रास्वपाका प्रत्यक्षतर्फ निर्वाचित = ७ (२ महिला ५ पुरुष)
समानुपातिक सांसद = १३
अब समानुपातिकबाट छान्नुपर्ने महिला ‍‍‍= ५

यसमा पनि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९ को दफा १३ को उपदफा ४ र दफा ३३ को उपदफा ७ अनुसार १३ जना छान्दा निम्न क्लस्टर मिलाउनु पर्ने देखिन्छ-

आदिवासी जनजाति ३
खस आर्य ४
थारु १
दलित २
मधेसी २
मुस्लिम १
(पिछडिएको क्षेत्र १ समेत)

को को होलान् त निर्वाचित ?

यसमा पार्टीले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको क्रम अनुसार खोज्दा यी व्यक्ति निर्वाचित हुने देखिन्छ-

आदिवासी जनजाति : ३ जना

  1. डा. ढाकाकुमार श्रेष्ठ, कास्की (बन्दसूचीको क्रमसंख्या १, क्लस्टरभित्रको पुरुष प्राथमिकता १)
  2. इन्दिरा राना मगर, झापा (बन्दसूचीको क्रमसंख्या ८, क्लस्टरभित्रको महिला प्राथमिकता १)
  3. सुमना श्रेष्ठ, काठमाडौँ (बन्दसूचीको क्रमसंख्या १०, क्लस्टरभित्रको महिला प्राथमिकता २)

खस आर्य : ४ जना

  1. प्रा.डा. चन्दा कार्की, ललितपुर (बन्दसूचीको क्रमसंख्या २ क्लस्टरभित्रको महिला प्राथमिकता १)
  2. डोलप्रसाद अर्याल, काठमाडौँ (बन्दसूचीको क्रमसंख्या ३ क्लस्टरभित्रको पुरुष प्राथमिकता १)
  3. निशा डाँगी, झापा (बन्दसूचीको क्रमसंख्या १२ क्लस्टरभित्रको महिला प्राथमिकता २)
  4. विनिता कठायत, जुम्ला (बन्दसूचीको क्रमसंख्या ७२, पिछडिएको क्षेत्र)

थारु : १ जना

अशोक चौधरी, सुनसरी (बन्दसूचीको क्रमसंख्या ११, क्लस्टरभित्रको पुरुष प्राथमिकता १)

दलित : २ जना

  1. सन्तोष परियार, भक्तपुर (बन्दसूचीको क्रमसंख्या २०, क्लस्टरभित्रको पुरुष प्राथमिकता १)
  2. शिव नेपाली, कास्की (बन्दसूचीको क्रमसंख्या २१, क्लस्टरभित्रको पुरुष प्राथमिकता २)

मधेसी : २ जना

  1. लक्ष्मी तिवारी, बाँके (बन्दसूचीको क्रमसंख्या ६, क्लस्टरभित्रको महिला प्राथमिकता १)
  2. मनिष झा, धनुषा (बन्दसूचीको क्रमसंख्या ९, क्लस्टरभित्रको पुरुष प्राथमिकता १)

अथवा अपाङ्गता भएकोलाई प्राथमिकता दिने भए

2. सौरव दुगर, मोरङ (बन्दसूचीको क्रमसंख्या ३३, क्लस्टरभित्रको पुरुष प्राथमिकता ४)

मुस्लिम : १ जना

असिम शाह, काठमाडौँ (बन्दसूचीको क्रमसंख्या ४, क्लस्टरभित्रको पुरुष प्राथमिकता १)

सम्बन्धित ब्लगहरु :

यी हुन् समानुपातिकमा कांग्रेसबाट निर्वाचित हुनसक्ने ३२ उम्मेदवार, आरजु देउवा र मञ्जु खाण निश्चित
समानुपातिकमा एमालेबाट ३४ सांसद को-को बन्लान् ? (सम्भावित सूची)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme