Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यी हुन् समानुपातिकमा कांग्रेसबाट निर्वाचित हुनसक्ने ३२ उम्मेदवार, आरजु देउवा र मञ्जु खाण निश्चित

Posted on December 7, 2022December 7, 2022 by Salokya

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको देशभरको मतगणना मंगलबार सकिएको छ। अब प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार निर्वाचन आयोगले संघीय संसदमा ३३% महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित गर्नुपर्ने महिलाको संख्यासमेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउने छ। संघीय संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा बुझिन्छ। निर्वाचन आयोगले तीन दिनको समय दलहरुलाई दिनेछ। त्यसपछि दलहरुले केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी निर्वाचित हुने उम्मेदवारको छनौट गरी आयोगलाई पठाउनेछ। यसरी पठाउँदा निर्देशिका अनुसार जातीय क्लस्टरसमेत मिलाई यथासम्भव बन्दसूचीको क्रम अनुसार हुनुपर्ने भनिएको छ।

समानुपातिकमा देशभरबाट सबैभन्दा बढी भोट ल्याउनेमा दोस्रो भएकोले नेपाली कांग्रेसले ३२ सिट जितेको छ। तर प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसबाट महिला भने एक उम्मेदवार मात्रै विजयी छन्। यसअनुसार संघीय संसदमा ३३% पुर्‍याउन उसले समानुपातिकबाट कम्तिमा २९ जना निर्वाचित गर्नुपर्नेछ। अर्थात् हरेक जातीय क्लस्टरको शीर्ष सूचीमा रहेका पुरुषमध्येबाट तीन जना मात्रै निर्वाचित हुन पाउने छन्। कसलाई छान्ने काम पार्टीको हुनेछ।

किन ?

यस्तो छ हिसाब-

कांग्रेसका समानुपातिक सांसद ३२
कांग्रेसका प्रत्यक्ष सांसद ५७ ( महिला १)
राष्ट्रिय सभामा सांसद : १० (महिला ३)

संघीय सांसद कूल : ३२+५७+१०= ९९
संविधान अनुसार हुनुपर्ने ३३% ‍= ३३ जना (३२.६७ लाई राउन्ड अफ गरेको)
हाल भएका महिला = ४ जना
समानुपातिकबाट आउनु पर्ने महिला= २९ जना

यसमा पनि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९ को दफा १३ को उपदफा ४ र दफा ३३ को उपदफा ७ अनुसार निम्न क्लस्टर मिलाउनु पर्ने देखिन्छ-

आदिवासी जनजाति ९
खस आर्य १०
थारु २
दलित ५
मधेसी ५
मुस्लिम १

(यसमा पिछडिएको क्षेत्र कम्तिमा १ जना समावेश हुनुपर्छ)

को को होलान् त निर्वाचित ?

यसमा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको क्रम अनुसार खोज्दा यी व्यक्ति निर्वाचित हुने देखिन्छ-

आदिवासी जनजाति ९ जना

  1. यो क्लस्टरमा पुरुष छानिए सम्भावना : गोपालमान श्रेष्ठ, स्याङजा (बन्दसूचीको क्रमसंख्या ३५)
  2. सरस्वती बजिमय, खोटाङ (बन्दसूचीको क्रमसंख्या ५१)
  3. लिलादेवी वोखिम (लिम्बू), ताप्लेजुङ (बन्दसूचीको क्रमसंख्या ५२)
  4. सीताकुमारी राना, दैलेख (बन्दसूचीको क्रमसंख्या ५३)
  5. सुशीला थिङ, सिन्धुली (बन्दसूचीको क्रमसंख्या ५४)
  6. सपना राजभण्डारी, काठमाडौँ (बन्दसूचीको क्रमसंख्या ५५)
  7. माया राई, भोजपुर (बन्दसूचीको क्रमसंख्या ५६)
  8. कुसुम थापामगर, पर्वत (बन्दसूचीको क्रमसंख्या ५७)
  9. मनोरमा शेरचन, रुपन्देही (बन्दसूचीको क्रमसंख्या ५८)
  10. यो क्लस्टरमा पुरुष नछानिए सम्भावना : अञ्जनी श्रेष्ठ, चितवन (बन्दसूचीको क्रमसंख्या ५९)

खस आर्य १० जना

  1. प्रकाशशरण महत, नुवाकोट (बन्दसूचीको क्रमसंख्या १)
  2. अम्बिका बस्नेत, काठमाडौँ (बन्दसूचीको क्रमसंख्या १८)
  3. सरिता प्रसाइँ, झापा (बन्दसूचीको क्रमसंख्या १९)
  4. आरजु राणा देउवा, डडेलधुरा (बन्दसूचीको क्रमसंख्या २०)
  5. ईश्वरी न्यौपाने, कैलाली (बन्दसूचीको क्रमसंख्या २१)
  6. प्रतिमा गौतम, काठमाडौँ (बन्दसूचीको क्रमसंख्या २२)
  7. मञ्जु खाण, सिराहा (बन्दसूचीको क्रमसंख्या २३)
  8. रमा कोइराला पौड्याल, भक्तपुर (बन्दसूचीको क्रमसंख्या २४)
  9. कान्तिका सेजुवाल, जुम्ला (बन्दसूचीको क्रमसंख्या २५) पिछडिएको क्षेत्र १
  10. मैना रावल कार्की, जाजरकोट (बन्दसूचीको क्रमसंख्या २६)

थारु २ जना

  1. यो क्लस्टरमा पुरुष छान्ने भए सम्भावना योगेन्द्र चौधरी, दाङ (बन्दसूचीको क्रमसंख्या ९९)
  2. कल्पना चौधरी, सुनसरी (बन्दसूचीको क्रमसंख्या १०२)
  3. यो क्लस्टरमा पुरुष नछान्ने भए बिना कुमारी थनेत, नवलपरासी (बन्दसूचीको क्रमसंख्या १०३)

दलित ५ जना

  1. यो क्लस्टरमा पुरुष छान्ने भए सम्भावना जीवन परियार, कास्की (बन्दसूचीको क्रमसंख्या ६७)
  2. शान्ति विक, चितवन (बन्दसूचीको क्रमसंख्या ७४)
  3. रुपा विक, कपिलवस्तु (बन्दसूचीको क्रमसंख्या ७५)
  4. सीता मिजार, नुवाकोट (बन्दसूचीको क्रमसंख्या ७६)
  5. आशा विक, बाँके (बन्दसूचीको क्रमसंख्या ७७)
  6. यो क्लस्टरमा पुरुष नछान्ने भए सम्भावना : विष्णुमाया परियार, चितवन (बन्दसूचीको क्रमसंख्या ७८)

मधेसी ५ जना

  1. यो क्लस्टरमा पुरुष छान्ने भए : विमलेन्द्र निधि, धनुषा (बन्दसूचीको क्रमसंख्या ८२)
  2. नगिना यादव, महोत्तरी (बन्दसूचीको क्रमसंख्या ९०)
  3. मुक्ताकुमारी यादव, धनुषा (बन्दसूचीको क्रमसंख्या ९१)
  4. चन्दा चौधरी, सर्लाही (बन्दसूचीको क्रमसंख्या ९२)
  5. संगीता मण्डल, महोत्तरी (बन्दसूचीको क्रमसंख्या ९३)
  6. यो क्लस्टरमा पुरुष नछान्ने भए सम्भावना : नीनुकुमारी कर्ण, महोत्तरी (बन्दसूचीको क्रमसंख्या ९४)

मुस्लिम १ जना

  1. यो क्लस्टरमा पुरुष छान्ने भए सम्भावना : फरमुल्लाह मन्सुर, बारा
  2. यो क्लस्टरमा पुरुष नछानिए सम्भावना : जावेदा खातुन जागा, बर्दिया

सजिलोको लागि कांग्रेसले प्रत्येक क्लस्टरमध्ये तीन जना पुरुषलाई मात्रै छान्न पाउनेछ। (३२.६७ लाई दशमलव पछाडिएको संख्या नमान्ने व्याख्या भए चार जना) यसमा खस आर्यतर्फ एक नम्बरमा रहेकाले प्रकाशशरण महत निश्चित जस्तै हुन् निर्वाचित हुने।

बाँकी क्लस्टरमध्ये आदिवासी जनजातिमा गोपालमान श्रेष्ठ, थारुमा योगेन्द्र चौधरी, मधेशीमा विमलेन्द्र निधि, दलितमा जीवन परियार र मुस्लिममा फरमुल्लाह मन्सुर मध्ये दुई जना छान्नु पर्नेछ। अथवा अर्को व्याख्या भए तीन जना छान्नुपर्नेछ।

सम्बन्धित ब्लग :

समानुपातिकमा एमालेबाट ३४ सांसद को-को बन्लान् ? (सम्भावित सूची)

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा निर्वाचित हुनसक्ने १३ उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme