Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिकमा एमालेबाट ३४ सांसद को-को बन्लान् ? (सम्भावित सूची)

Posted on December 7, 2022December 7, 2022 by Salokya

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको देशभरको मतगणना मंगलबार सकिएको छ। अब प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार निर्वाचन आयोगले संघीय संसदमा ३३% महिलाको प्रतिनिधित्व हुने गरी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित गर्नुपर्ने महिलाको संख्यासमेत यकिन गरी सम्बन्धित दललाई जानकारी गराउने छ। संघीय संसद भन्नाले राष्ट्रिय सभा र प्रतिनिधि सभा बुझिन्छ। निर्वाचन आयोगले तीन दिनको समय दलहरुलाई दिनेछ। त्यसपछि दलहरुले केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिबाट निर्णय गरी निर्वाचित हुने उम्मेदवारको छनौट गरी आयोगलाई पठाउनेछ। यसरी पठाउँदा निर्देशिका अनुसार जातीय क्लस्टरसमेत मिलाई यथासम्भव बन्दसूचीको क्रम अनुसार हुनुपर्ने भनिएको छ।

समानुपातिकमा देशभरबाट सबैभन्दा बढी भोट ल्याएको नेकपा एमालेले ३४ सिट जितेको छ। तर प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेका महिला भने ४ उम्मेदवार मात्रै विजयी भएका छन्। यसअनुसार संघीय संसदमा ३३% पुर्‍याउन उसले समानुपातिकबाट कम्तिमा १८ जना निर्वाचित गर्नुपर्नेछ।

किन ?

यस्तो छ हिसाब-

एमालेबाट समानुपातिक सांसद निर्वाचित हुने संख्या = ३४
एमालेका प्रत्यक्ष सांसद ४४ = (महिला ४)
राष्ट्रिय सभामा सांसद : १५ (महिला ९) *यसमा एमालेबाट निर्वाचित अध्यक्षको हिसाब राखिएन

संघीय सांसद कूल : ३४+४४‌+१५= ९३

संविधान अनुसार हुनुपर्ने ३३% ‍= ३१ जना

हाल भएका महिला = १३ जना

समानुपातिकबाट आउनु पर्ने महिला= (३१-१३) = १८ जना

यसमा पनि प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७९ को दफा १३ को उपदफा ४ र दफा ३३ को उपदफा ७ अनुसार निम्न क्लस्टर मिलाउनु पर्ने देखिन्छ-

आदिवासी जनजाति १०
खस आर्य ११
थारु २
दलित ५
मधेसी ५
मुस्लिम १

(यसमा पिछडिएको क्षेत्र कम्तिमा १ जना समावेश हुनुपर्छ)

को को होलान् त निर्वाचित ?

यसमा एमालेले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको क्रम अनुसार खोज्दा यी व्यक्ति निर्वाचित हुने देखिन्छ-

आदिवासी जनजाति १०

  1. नैनकला थापा मगर, रुपन्देही (बन्दसूची क्रमसंख्या ३५)
  2. सूर्यकुमारी श्रेष्ठ, दैलेख (बन्दसूची क्रमसंख्या ३६)
  3. उर्मिला थेवे, ताप्लेजुङ ((बन्दसूची क्रमसंख्या ३७)
  4. ईश्वरी घर्ती, रोल्पा (बन्दसूची क्रमसंख्या ३८)
  5. रणकुमारी बलम्पाकी मगर, सिन्धुली (बन्दसूची क्रमसंख्या ३९)
  6. शान्ति श्रेष्ठ, काठमाडौँ (बन्दसूची क्रमसंख्या ४०)
  7. सरस्वती सुब्बा, सर्लाही (बन्दसूची क्रमसंख्या ४१)
  8. अन्जान शाक्य, काठमाडौँ (बन्दसूची क्रमसंख्या ४२)
  9. निरमाया पुलामी, झापा (बन्दसूची क्रमसंख्या ४३)
  10. अमृता सुब्बा लिम्बु, सुनसरी  (बन्दसूची क्रमसंख्या ४४)

खस आर्य ११

  1. मेनुकाकुमारी पोखरेल, दाङ (बन्दसूची क्रमसंख्या १)
  2. सरिता भुसाल, नवलपरासी (बन्दसूची क्रमसंख्या २)
  3. शोभा ज्ञवाली, बर्दिया (बन्दसूची क्रमसंख्या ३)
  4. बिजुला रायमाझी, अर्घाखाँची (बन्दसूची क्रमसंख्या ४)
  5. निर्मला कोइराला, सिन्धुली (बन्दसूची क्रमसंख्या ५)
  6. सम्झना थपलिया, सिराहा (बन्दसूची क्रमसंख्या ६)
  7. दीपा शर्मा, दैलेख (बन्दसूची क्रमसंख्या ७)
  8. सुनीता बराल, झापा (बन्दसूची क्रमसंख्या ८)
  9. भागरथी कुमारी चन्द, बझाङ (बन्दसूची क्रमसंख्या ९) पिछडिएको क्षेत्र
  10. लिलाकुमारी भण्डारी, कैलाली (बन्दसूची क्रमसंख्या १०)
  11. नर्वदा देवी शिवाकोटी पाठक (बन्दसूची क्रमसंख्या ११)

थारु २

  1. अस्मा कुमारी चौधरी, दाङ (बन्दसूची क्रमसंख्या ६७)
  2. शान्ति चौधरी, बर्दिया (बन्दसूची क्रमसंख्या ६८)

दलित ५

  1. रुक्मणी राना बराइली, काभ्रेपलान्चोक (बन्दसूची क्रमसंख्या ७४)
  2. हर्कमाया विश्वकर्मा, झापा (बन्दसूची क्रमसंख्या ७५)
  3. इन्दिराकुमारी पन्थी, अर्घाखाँची (बन्दसूची क्रमसंख्या ७६)
  4. अञ्जु प्रसाइँ बर्देवा, झापा (बन्दसूची क्रमसंख्या ७७)
  5. अञ्जु नेपाली, बारा (बन्दसूची क्रमसंख्या ७८)

मधेसी ५

  1. वीना देवी, रौतहट (बन्दसूची क्रमसंख्या ८९)
  2. अमृता देवी अग्रहरी, कपिलवस्तु (बन्दसूची क्रमसंख्या ९०)
  3. प्रतिक्षा तिवारी मुखिया, धनुषा (बन्दसूची क्रमसंख्या ९१)
  4. यशोदा कुमारी, धनुषा (बन्दसूची क्रमसंख्या ९२)
  5. बुधनीदेवी महतो नुनिया, महोत्तरी (बन्दसूची क्रमसंख्या ९३)

मुस्लिम १

  1. रुही नाज, सर्लाही (बन्दसूची क्रमसंख्या १०६)

एमालेले बन्दसूची बुझाउने क्रममा सबै क्लस्टरको अगाडिका नम्बरमा महिला राखेका कारण यसमा सबैतिर महिलामात्रैको नाम देखिएको हो।

२०७४ को चुनावमा एमालेले बुझाएको बन्दसूचीमा हरेक क्लस्टरको अगाडिका नम्बरमा पुरुष थिए। त्यसकारण पहिलो नम्बरका पुरुष र बाँकी महिला निर्वाचित भएका थिए।

यस पटक भने महिला १८ जना मात्र भए पुग्ने भएकोले पार्टीले हरेक क्लस्टरको शीर्ष नम्बरमा रहेका पुरुषलाई पनि छानेर पठाउन सक्ने सम्भावना छ कि छैन कन्फ्युजन छ। बन्दसूचीको नम्बर अनुसार हेर्ने हो भने महिला नै निर्वाचित हुनुपर्ने हो।

यद्यपि पुरुष पनि निर्वाचित गरेर पठाउन सक्ने हो भने हरेक क्लस्टरका शीर्ष स्थानमा रहेका पुरुषहरु यी हुन्। यिनैमध्येबाट निर्वाचित हुनुपर्छ। पुरुषको नाम आउँदा माथि रहेका महिलाको नाम भने काटिनेछ। (यी मध्ये कसलाई निर्वाचित गर्ने, पार्टीले निर्णय गर्छ)

आदिवासी जनजातिका शीर्ष स्थानमा रहेका पुरुषहरु

  1. देवीप्रसाद भट्टचन, ललितपुर (बन्दसूची क्रमसंख्या ५१)
  2. हेमराज राई (बन्दसूची क्रमसंख्या ५२)

खस आर्यमा शीर्ष स्थानमा रहेका पुरुषहरु

  1. रघुजी पन्त, काठमाडौँ (बन्दसूची क्रमसंख्या १८)
  2. एकनाथ ढकाल, गोरखा (बन्दसूची क्रमसंख्या १९)
  3. दयालबहादुर शाही, बाजुरा (पिछडिएको क्षेत्र) (बन्दसूची क्रमसंख्या २१)

थारु 

सत्यनारायण चौधरी, मोरङ (बन्दसूची क्रमसंख्या ७१)

दलित 

ईश्वरबहादुर रिजाल (विक), दोलखा (बन्दसूची क्रमसंख्या ८२)

प्रभु हजारा दुसाध, पर्सा (बन्दसूची क्रमसंख्या ८३)

मधेसी 

गंगाप्रसाद यादव, सिराहा (बन्दसूची क्रमसंख्या ९८)

अमृतलाल राजवंशी, झापा (बन्दसूची क्रमसंख्या ९९)

मुस्लिम 

सराज अहमद फारुकी, कपिलवस्तु (बन्दसूची क्रमसंख्या १०९)

सम्बन्धित ब्लग :

यी हुन् समानुपातिकमा कांग्रेसबाट निर्वाचित हुनसक्ने ३२ उम्मेदवार, आरजु देउवा र मञ्जु खाण निश्चित

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकमा निर्वाचित हुनसक्ने १३ उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme