Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मिडियाको गल्ती : राप्रपालाई समानुपातिकमा १७ सिट बाँड्ने ‘नागरिक’ले ‘घण्टी’लाई दियो ७ मात्रै

Posted on December 6, 2022 by Salokya

समानुपातिकको सिट हिसाब निकाल्दा मिडियाले जोडघटाउ बिर्सेर भद्रगोल

नागरिक राष्ट्रिय दैनिकको आज (२० मंसिर २०७९) को पहिलो पेजमा ‘समानुपातिकतर्फ १३ लाख मत खेर’ शीर्षकको समाचार छापिएको छ। सो समाचारको ‘क्यारीओभर’ पेज २ मा गरिएको छ। त्यसमा लेखिएको एउटा वाक्यमा ध्यान गयो। लेखिएको थियो- हालसम्मको मत परिणामअनुसार एमालेले करिब ३४ सिट, कांग्रेसको ३२, माओवादी केन्द्रले १४, राप्रपाले १७, रास्वपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सिट हासिल गर्ने अनुमान छ।

समानुपातिकको सिट हिसाब ऐन अनुसारको मत परिणाम विभाजक सूत्र लगाएर पहिलेदेखि गरिआएको हुनाले यसमा मलाई विशेष चासो थियो। राप्रपाले १७ सिट पाउने लेखेको देख्ने बित्तिकै अचम्म लाग्यो।

नागरिकमा प्रकाशित समाचारको स्क्रिनसट

राप्रपालाई माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा बढी सिटको हिसाब पो गरिएको रहेछ। जबकि राप्रपाले पाएको भोट मंगलबार दिउँसोसम्म ५ लाख ८८ हजार मात्र हो। राष्ट्रिय स्वतन्त्र पार्टीको भोट ११ लाखभन्दा बढी छ।

५ लाख भोट पाउनेले १७ सिट र ११ लाख भोट पाउनेले ७ सिट पाउने कुरो चाहिँ सामान्य हिसाब जानेकोले पनि नमिलेको बुझिहाल्छ।

त्यसमाथि सबै दलको सिट संख्या जोड्दा (३४‌+३२+१४+१७+७+५+५) ११४ हुन आउँछ। जबकि प्रतिनिधि सभाको समानुपातिकतर्फ जम्मा ११० सिट छ। सामान्य जोडघटाउको हिसाब समेत बिर्सेछन् समाचार लेख्ने अनि सम्पादन गर्नेले।

यो विषय देख्ने बित्तिकै ट्विट गरेको थिएँ। त्यसपछि अनलाइनमा समाचार सच्याएर यसो बनाएछन्-

नागरिकन्युजमा सम्पादन गरिएको समाचार। अर्काइभ लिङ्क हेर्न यहाँ क्लिक गर्नुस्। 

तर सच्याइएको समाचारमा पनि गल्ती भयो। ५ लाख भोट ल्याउने राप्रपा र ११ लाख भोट ल्याउने रास्वपा दुवैले ७ सिट ल्याउने पनि हुन्छ र ?

अनि फेरि क्याल्कुलेटर बिग्रिएछ। सबै सिट जोड्नुस् त- ३४+३‌२+१४+७+७+५+५=१०४ पो हुन्छ त। ६ सिट चाहिँ कसलाई दिने त ?

नागरिकको अर्को गल्ती

नागरिकले समानुपातिकको सिट हिसाब गर्दा यसअघि पनि गल्ती गरेको थियो। १८ मंसिर २०७९  आइतबारको अङ्कको पहिलो पेजको  ‘समानुपातिक मत : ठूला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए’ शीर्षकको समाचारमा यस्तो लेखिएको छ-

तर यसमा पनि ३४+३२+१४+१४+७+५+५ गर्दा १११ हुन आउँछ। जबकि समानुपातिकमा सिट ११० मात्र हुन्छ। ११० को सिटमा १११ लाई सिट बाँड्न त भएन नि !

अनलाइनखबर पनि उस्तै

सोमबार अनलाइनखबरले पनि उस्तै खाले हिसाब आफ्नो होमपेजमा राखेको थियो।

यसमा पनि सबैलाई बाँडेको सिटको हिसाब गर्दा ११० हैन १११ हुन आउँछ।

3 thoughts on “मिडियाको गल्ती : राप्रपालाई समानुपातिकमा १७ सिट बाँड्ने ‘नागरिक’ले ‘घण्टी’लाई दियो ७ मात्रै”

  1. GK says:
    December 6, 2022 at 10:10 pm

    I think they are using the percentage and rounding off to calculate the number of seats instead of using the Sainte-Laguë method as described in the Election Law. Such practice is often responsible for answers that are off by 1 to 2 seats.

    Reply
    1. Salokya says:
      December 7, 2022 at 2:56 am

      त्यसो गरेको भए पनि राप्रपालाई १७ सिट त नहुनु पर्ने 😛

      Reply
      1. Kryban says:
        December 9, 2022 at 2:23 pm

        Mudran rakshyas bhako hola.

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme