यस पटकको चुनावमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धेरैको घण्टी बजाएको छ। काठमाडौँका १० सिटमध्ये ४ सिट पहिलो पटक चुनाव लडेको यो दलका उम्मेदवारले जितेको छ। यो ब्लग लेख्दा (मंसिर ६, साँझ ७) बजेसम्म घण्टीले ४ सिट जितिसकेको छ भने ४ वटामा अग्रता लिएको छ। अब धेरैको चासो ११० वटा समानुपातिक सिटमा यो पार्टीले कति सिट जित्छ भन्ने रहेको छ। समानुपातिकमा सिट जित्नका लागि कुनै पनि पार्टीले देशभर पाएको मतलाई एउटा निर्वाचन क्षेत्र जस्तै मानेर गणना गरिन्छ। साँझ ७ बजेसम्मको समानुपातिक मतगणना अनुसार घण्टी थोरै अन्तरले माओवादी भन्दा अघि तेस्रो स्थानमा रहेको छ भने पहिलोमा एमालेले केही अन्तरले कांग्रेसलाई उछिनेको छ। यस पटक अघिल्लो निर्वाचनको तुलनामा राप्रपाको पनि मत उल्लेख्य छ। यही अन्तिम परिणाम भयो भने कसको कति सिट हुन्छ त ?
हेर्नुस् चार्ट-
घण्टीलाई १७, राप्रपालाई ९
हालसम्मको गणनालाई अन्तिम मान्ने हो भने घण्टीले समानुपातिकबाट १७ सिट जित्नेछ। त्यसैगरी राप्रपाले ९ सिट जित्नेछ। यी दुवै राष्ट्रिय दल हुनेवाला छन्। घण्टीवाहक राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक चुनाव लडेको हो। तर राप्रपाले अघिल्लो निर्वाचनमा एक सिट प्रत्यक्षमा जिते पनि समानुपातिकमा सिट पाएको थिएन।
किन ?
किनभने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार कूल सदर मतको तीन प्रतिशत मत ल्याउनेले मात्र समानुपातिक सिट पाउँछन्। तीन प्रतिशत भन्दा कम मत ल्याउनेको मत समानुपातिक सिटका लागि गणना हुँदैन। अर्थात् ती मत बदर सरह हुन्छन्। किनभने तीन प्रतिशत मत ल्याउनेको मात्र कूल मत गणना हुन्छ।
यस अनुसार हालसम्मको मतगणनाका आधारमा एमालेले ३५ सिट पाउने छ भने कांग्रेसले ३३ सिट पाउने छ। यो भनेको अघिल्लो निर्वाचन भन्दा एमालेको ६ सिट कम र कांग्रेसको ७ सिट कम हो।
(नोट : यो नै अन्तिम हैन, अझै धेरै ठाउँको मत गन्न बाँकी नै छ। मत थपिएसँगै सिट संख्या हेरफेर हुनेछ। मधेश प्रदेशको मतगणना सकिएपछि सिके राउतको जनमत पार्टी र उपेन्द्र यादव पराजित भइसके पनि उनको नेतृत्वको जसपाले पनि सिट पाउने सम्भावना म देख्छु)
हामीले यो गणना कसरी गर्यौँ ?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा समानुपातिक सिटका लागि यस्तो प्रावधान छ-
मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।
यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्।
हामीले यसअघि पहिलो संविधान सभा, दोस्रो संविधान सभा निर्वाचन र अघिल्लो निर्वाचनमा पनि यस्तो गणना गरेका थियौँ।
मूर्ख कुरो भोट गन्दै गए पछि घन्टिले देश भरि मत नल्याउने हुनेले प्रतिसत धेरै घटछ काठमाडौमा ठूलो मत ल्याएर पनि जितेको छैनन
It is too early to say anything on distribution of PR seats. With 61% turnout on nearly 180 lakh voters, more than 100 lakh (one crore) of votes to be counted. With 110 PR seats, on an average, a party is required to secure, at least, 1 lakh votes for one PR seat. I don’t think RSP will secure 17 lakh votes under PR system. Earlier, NC and UML secured around 30-31 lakh votes and Maoists 15 lakhs. One interesting observation about FTTP and PR systems of voting is that there is little matching between the two. FTTP is about individual choice while PR is about party ideology.