Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भाइरल फोटोको तथ्य यस्तो छ

Posted on April 13, 2022 by Salokya

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनिएको एउटा फोटो अहिले फेसबुकमा भाइरल भएको छ। फोटोमा गरिएको दावी अनुसार अध्यक्ष लिङ्देनले दुर्घटनामा परेका व्यक्तिलाई आफ्नो गाडी रोकेर उद्दार गरेका हुन्। फोटोमा मान्छे नचिनिए पनि सडकमा दुई वटा मोटरसाइकल लडेको र घाइते जस्तो देखिएका एक व्यक्तिलाई दुई जनाले उठाउँदै गरेको देखिन्छ। हाम्रो तथ्य जाँचमा यो फोटो पुरानो भएको र त्यसबारे पूरा विवरण नराखी नयाँ सन्दर्भमा भ्रामक सूचनाका रुपमा फैलाइएको देखिएको छ।

कसरी भयो भाइरल ?

फेसबुकमा २ लाखभन्दा बढी फलोअर भएकी इशा गुरुङले शुक्रबार (८ अप्रिल, २०२२) मा ‘दुर्घटनामा परेको व्यक्तिलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गाडी रोकेर उद्दार गर्नुभएको छ’ लेख्दै यो फोटो पोस्ट गरेकी थिइन्-

यो पोस्टमा घटना कहाँको हो, कहिले भएको हो, केही खुलाइएको छैन। पोस्टमा लेखिएको वाक्य हेर्दा आजभोलि नै कुनै ठाउँमा घटना भएको जस्तो बुझिन्छ।

यो पोस्टमा मंगलबार दिउँसोसम्म ३ हजार ९ सय रियाक्सन, ३७० कमेन्ट र ९६ पटक सेयर भएको देखिएको छ।

त्यसैगरी रवि लामिछाने फ्यान क्लब नामको झण्डै चार लाख फलोअर भएको फेसबुक पेजमा शुक्रबार नै यही वाक्य र यही फोटो पोस्ट गरिएको छ।

मंगलबारसम्म यो पोस्टमा एक हजारभन्दा बढी रियाक्सन, ७१ कमेन्ट र ३७ पटक सेयर भएको देखिन्छ।

के हो तथ्य ?

हामीले यो फोटोबारे तथ्य खोज्ने क्रममा राजेन्द्र लिङ्देनको फेसबुक प्रोफाइलमा हेर्‍यौँ। उनले १७ नोभेम्बर २०२० मा एउटा पोस्ट गरेका छन्, जसमा अहिले भाइरल भएको फोटोसहित थप केही फोटो र भिडियो पनि अपलोड भएको छ।

उनले यो फोटो झापाको हल्दिबारी ४, जलथलमा भएको समेत लेखेका छन्। ‘कहिलेकाहीँ यस्तै दुर्घटनामा परी छटपटाइरहेकालाई उद्दार गरी कसैको जीवन रक्षामा सहयोग गर्न पाउँदा भने गौरव लाग्छ’, उनले सो पोस्टमा लेखेका छन्।

यही फोटोसहितको ट्विट पनि उनले त्यही दिन गरेको भेटिएको छ-

लापर्वाह पूर्ण तरिकाले सवारी चलाएका कारण हुने सडक दुर्घट्नाहरू देख्दा असाध्यै दुःख लाग्छ ।
कहिलेकाँही यस्तै दुर्घटनामा परि छटपटाई रहेकालाई उद्दार गरि कसैको जीवन रक्षामा सहयोग गर्न पाउँदा भने गौरव लाग्छ ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
@जलथल,झापा pic.twitter.com/j1bKRnGd3q

— Rajendra Lingden (@RajendraLingden) November 17, 2020

तथ्य जाँच

दावी : फेसबुकमा गरिएको पोस्ट अनुसार दुर्घटनामा परेको व्यक्तिलाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गाडी रोकी उद्दार गरे।

तथ्य : भ्रामक सूचना। आफूले गाडी रोकी दुर्घटनामा परेको व्यक्तिलाई उद्दार गरेको दावीसहितको फोटो र भिडियो लिङ्देनले स्वयं आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेका हुन्।  उनले यो पोस्ट झण्डै एक वर्ष ५ महिनाअघि गरेका हुन्। लिङ्देन राप्रपा अध्यक्ष निर्वाचित भएको भने चार महिनामात्रै भर्खरै नाघेको छ। फेसबुकमा भाइरल भएको पोस्टमा घटना कहिलेको हो भनी खुलाइएको छैन भने लिङ्देनलाई राप्रपा अध्यक्षका रुपमा सम्बोधन गरी भर्खरै भएको घटना जस्तो भान गराइएको छ। जबकि यो फोटो लिङ्देन स्वयंले पोस्ट गरेको बेला उनी राप्रपा अध्यक्ष भइसकेका थिएनन्। तसर्थ पुरानो फोटोलाई नयाँ सन्दर्भसित जोडेर भ्रामक सूचना फैलाउन खोजेको पुष्टि हुन्छ।

हाम्रो तथ्य जाँच वर्गीकरणको अर्थ बुझ्न यहाँ क्लिक गर्नुस्। 

हामीलाई निम्न माध्यमबाट पनि शंका लागेका सामग्री पठाउन सक्नुहुन्छ-

फेसबुक पेज

ट्वविटर डिएम

 

1 thought on “राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भाइरल फोटोको तथ्य यस्तो छ”

  1. Nikesh Ghimire says:
    April 27, 2022 at 7:45 am

    Maybe old. But wasn’t a lie.
    Maybe misleading. But was focused on his character, not timing.
    I wouldn’t expect individuals to construct their posts with same professionalism as a journalist.
    The only misleading thing you highlight is the timing, but a surf reader is bound to assume the whole statement was incorrect. You, as a professional journalist can aspire to do a better job at portraying accuracy of facts even for a surf reader, and not just for those who thoroughly read this post.
    But overall, thanks for your research and approach in making general public more aware and alert to fake posts in social media.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme