तपाईँ हामीले भोगेको एउटा भयावह प्राकृतिक विपत्ति याद छ तपाईँलाई ? हो, त्यही गोरखाको बारपाक केन्द्रबिन्दू भएको भूकम्प।
हामी भन्थ्यौँ पनि, यो कुरा त हामी जिन्दगी भर भूल्न सक्दैनौँ। तर सब गफै रहेछ। किनभने आज अनलाइनखबर, रातोपाटी, सेतोपाटी जस्ता प्रमुख अनलाइन मिडियाहरुले नै भूकम्पको मिति बिर्सेछन्।
त्यो भूकम्प २०७२ साल वैशाख १२ गते गएको थियो। तर आज यी सब अनलाइनले लेखेछन्- २०७१ सालको भूकम्प। नपत्याउनुभएको? आउनुस् हेरौँ।
यो अनलाइनखबरको समाचार
अर्काइभ लिङ्क हेर्न यता क्लिक गर्नुस्।
यो रातोपाटीको समाचार
अर्काइभ लिङ्क हेर्न यता क्लिक गर्नुस्।
रातोपछि अब सेतोपाटीको समाचार
अर्काइभ लिङ्क हेर्न यता क्लिक गर्नुस्।
यो हो नेपालसमयको समाचार
नेपालसमयको समाचारको अर्काइभ लिङ्क
यो चाहिँ नाम फरकधार भए पनि फरक हुन नसकेको समाचार-
फरकधारको समाचारको अर्काइभ लिङ्क
यो लोकपथको समाचार
लोकपथको समाचारको अर्काइभ लिङ्क
यो अभियान दैनिकको समाचार
अर्काइभ लिङ्क
यो सगरमाथा टिभीको समाचार
अर्काइभ लिङ्क
भनेपछि धेरै ठाउँमा २०७१ सालमा भूकम्प गएको लेखेर इतिहास नै बङ्ग्याइएछ। गुगलमा खोज्दा २६० ठाउँमा २०७१ सालमा भूकम्प गइसकेछ।
कसरी यस्तो भयो, के हो रहस्य ?
यो रहस्य, रहस्य भनेर क्लिकबेटे पारा चाहिँ मैले अनलाइनहरुबाटै सिकेको 🙂 खासमा के हो कारण लेख्नुपर्ने। अलि युट्युबे पाराको सनसनी देखिनलाई पनि यस्तो लेख्देको माथि हेडलाइनमै। भन्न खोजेको चाहिँ यस्तो कसरी भयो भन्ने बारेमा हो।
तपाईँले माथिका सबै न्युजहरु सर्सर्ती हेर्नुभयो भने देख्नुहुन्छ- भाषा एउटै छ, लिङ्कहरु क्लिक गर्नुभएको भए देख्नुहुन्छ- फोटो एउटै छ।
पूरै समाचार पढ्नु भयो भने त्यहाँ कसैले लेखेका छन्, कसैले छैनन्। तर कुरो बुझिन्छ कि ती फोटोहरु न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले खिचेका हुन्। फोटोमात्र होइन, विवरण पनि न्युज एजेन्सी नेपालकै हुनुपर्छ। किनकि सबैतिर हुबहु छ।
अब रहस्यमा जाउँ। अस्ति पनि लेखिसकेको- अनलाइनको डेस्कमा बस्ने पत्रकार मान्छे हैन मेसिन बन्दा यस्तो दुर्घटना हुन गएको हो। मान्छे भएको भए दिमाग लगाउँथ्यो र भूकम्प कति सालमा गएको थाहा भइहाल्थ्यो। अर्थात् २०७१ साल होइन २०७२ सालमा पो गएको हो भनेर सच्याइहाल्थ्यो। तर डेस्कमा ‘मेसिन’ भएपछि उसले गर्ने भनेको न्युज एजेन्सीबाट जे आयो, त्यसलाई Ctrl+C गरेर आफ्नो सीएमएसमा Ctrl+V गर्ने हो। मतलब कपिपेस्ट। यसो गर्नलाई दिमाग केही लगाउनु पर्दैन।
अनलाइनमा बिचरा डेस्कमा बस्ने मानिस सबैभन्दा बढी खट्छ। प्रशंसा सम्पादकले वा रिपोर्टरले पाउँछ, केही मानवीय कमजोरी भएर गल्ती भएर सामाजिक सञ्जालमा उडाउन थालेपछि गाली जति डेस्कले पाउँछ। बिचरा डेस्कमा बस्ने पत्रकारलाई समाचार धेरै हाल भन्ने प्रेसर पनि हुन्छ। रिपोर्टर यता उता कता कता रिपोर्टिङमा छु भनेर डुल्न पाउँछ, बिचरा ऊ कम्प्युटरअगाडि ढुकेर बस्नुपर्छ। काम गर्ने समय पनि धेरै घण्टाको हुन्छ जसले दिमाग चलाउनु पर्ने मान्छे मेसिन हुन पुग्छ।
अनि बिचरालाई २०७२ सालमा भूकम्प आएको कुरा त थाहा हुन्छ, तर समाचार भने २०७१ सालमा आएको भनेर पोस्ट गरिरहेको हुन्छ।
न्युज एजेन्सीको समाचार पनि गलत हुनसक्छ भन्ने डेस्कले बुझ्नु पर्यो। केही उदाहरण-
सरकारी पत्रकारले अङ्ग्रेजी नबुझ्दा नाम चलेकै मिडिया पनि बने उल्लु, फैलाए ‘फेक न्युज’
यसकारण भ्रामक छ भाइरल भएको ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ : डब्लुएचओ’ शीर्षकको समाचार
राससको पछि लागेर समाचारमा अश्लील शब्द घुसाउने अनलाइनहरुलाई लाज लाग्यो कि लागेन?
राष्ट्रपतिको बचाउमा राससको हाँसउठ्दो समाचार
राससको यो समाचार लेख्नेलाई पत्रकारिताको सबैभन्दा ठूलो पुरस्कार दिने हो कि
रासस कि फेक न्युज ? भौतिक विज्ञानमा नेपालको सनसनीपूर्ण उपलब्धि
पत्रकारिता हैन पार्टीकारिता कसरी हुन्छ- राससले एउटै हेडलाइनमा दिएका दुई समाचार हेर्नुस्, दङ पर्नुस्
भएन भएन । सालोक्य जी ले पनि रहस्य लाई क्लाईमेक्समै छाडिदिनुभयो । सबै लेख्नुभएको होला भन्ने आशले विस्तृतमा पढ्न थिचेको नभए थिच्ने थिइनँ यतिको लागि त मैले पनि 😀 ।
कताबाट सारेको भन्ने लेख्नुभयो तर किन सार्नुपरेको, पहिले पनि सार्थे कि के हो लेख्नुभएनछ ।
NEWS AGENCY NEPAL गुगल सर्च गर्दा एउटा newsagencynepal.com भन्ने त्यही हो जस्तो लाग्यो । त्यो खोलेर हेर्दा ‘हाम्रो बारेमा’ पनि केही देखाएन।
‘हाम्रो टिम’ थिच्दा पनि केही देखाएन । यो राष्ट्रिय समाचार समिति जस्तै हो कि के हो जान्न चाहेको मैले ।
हो, राष्ट्रिय समाचार समिति जस्तै समाचार एजेन्सी हो यो पनि। न्युज एजेन्सीको समाचार पैसा तिरेर आफ्नोमा राख्नुलाई सार्नु भनिँदैन। अहिले नेपालमा रासस, न्युज एजेन्सी नेपाल र न्युज कारखानाले पनि समाचार फोटो र भिडियो बेच्ने गर्छन्।