Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनसेल मुद्दा : हुँदै नभएको हेगको समाचार अनि लोगो चैँ भारतीय कम्पनीको :)

Posted on March 15, 2022 by Salokya

कहिलेकाहीँ अनलाइनहरुमा बडा रमाइलो समाचारहरु आउँछ। हाँस्न कमेडी शोहरु हेर्न जानै पर्दैन। मोबाइलमै आइपुग्छन् कसैले सेयर गरेका न्युजहरु। खोलेर पढ्यो, नहाँसी बस्न सकिन्न। एउटा त्यस्तै समाचार तपाईँहरुसित बाँड्न मन लाग्यो। तपाईँहरु पनि हाँस्नुस्, ममात्र किन हाँस्ने।

एउटा समाचारको लिङ्क सोसल मिडियामा देखेँ। शीर्षक थियो- ‘एनसेल कर छलीको मुद्दा हेगमा : बिचौलियाको दबदबाबीच सरकारले मुद्दा जित्ने संकेत।’ (यहाँ क्लिक गरी पढ्नुस् अर्काइभ) हिमालप्रेस नामको नयाँ अनलाइनको समाचार रहेछ यो। लौ हेगमा चाहिँ कसरी यो मुद्दा पुग्यो होला भन्ने लाग्यो, अनि खोलेर पढ्न थालेँ।

सबभन्दा पहिला त समाचारमा राखिएको लोगोहरु हेर्नुस्। वर्ल्डब्याङ्क, एनसेलको लोगो त ठीक छ, तर हेगको लोगो चैँ के राख्या त्यस्तो हैट 🙂

गुगलमा हेगको स्पेलिङ heg लेखेर टाइप गरेपछि सुरुमा जे देखायो, त्यही लोगो हालेर हुन्छ र ?

गुगलका अनुसार यो लोगो त भारतीय कम्पनी हेग लिमिटेडको रहेछ जसको काम graphite electrode को उत्पादन हो।

थाहा नभएर लोगो भारतीय कम्पनीको राखेको देखेपछि नै हेग बारे यो अनलाइन मिडियालाई जानकारी नभएको प्रष्ट भइहाल्यो। खासमा हेगको स्पेलिङमात्रै जानेको भए पनि सही लोगो आउँथ्यो र यसो गुगलमा हेर्दा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा कस्ता कस्ता मुद्दा चल्छ, स्पष्ट हुन्थ्यो होला। अर्थात् HEG हैन HAGUE टाइप गरेर खोजेको भए।

हेग भन्या कुन चराको नाम हो ?

राजनीतिमा पनि बारम्बार हेग जाने, हेग लाने भन्ने कुरा आइरहन्छ। यो हेग भनेको चाहिँ ठाउँको नाम हो। नेदरल्यान्डसको द हेग भन्ने ठाउँमा अन्तर्राष्ट्रिय फौजदारी अदालत अङ्ग्रेजीमा International Criminal Court को कार्यालय छ। यहीँ अन्तर्राष्ट्रिय मुद्दाहरुको सुनुवाई हुन्छ।

तर यो अन्तर्राष्ट्रिय अदालतमा समाचारमा लेखिए जस्तो एनसेलको मुद्दाको सुनुवाई हुने हैन। यसमा त नरसंहार, मानवताविरुद्धको अपराध, युद्ध अपराध, आक्रामताको अपराध जस्ता विषयमा व्यक्तिहरुलाई मुद्दा चलाइन्छ।

रोम विधान पास गर्ने देशहरुमा यो अदालतको क्षेत्राधिकार हुन्छ। हालसम्म १२३ वटा देशले यसमा हस्ताक्षर गरेका छन्। त्यसमा नेपाल भने छैन।

नेपालविरुद्ध एनसेलले हेगमा मुद्दा दायर गर्नै सक्दैन। किनभने एक त नेपालले रोम विधानमा हस्ताक्षर गरेको छैन। अर्को, यो अदालतमा देशविरुद्ध हैन व्यक्तिविरुद्ध मुद्दा लाग्ने हो।

हेग अर्थात् अन्तर्राष्ट्रिय अदालतको लोगो यस्तो हुन्छ (मान्छे पछाडिको तराजुसहितको)-

भएको चाहिँ के हो ?

एनसेलले लगानी विवादहरुको निरुपण गर्ने अन्तर्राष्ट्रिय केन्द्र The International Centre for Settlement of Investment Disputes (ICSID)  मा मुद्दा गरेको हो। यो चाहिँ विश्व ब्याङ्क अन्तर्गतको निकाय हो र यसको कार्यालय अमेरिकाको वासिङ्गटनमा छ। यो केसको बारेमा थप विवरण यहाँ क्लिक गरी हेर्न सकिन्छ।

समाचार दिने स्रोतले बिचरा यसरी भनेको थियो होला- अन्तर्राष्ट्रिय अदालतमा एनसेलले मुद्दा हालेको….

बुझ्नेले अन्तर्राष्ट्रिय अदालत भन्ने बित्तिकै हेग बुझिदियो र त्यही अनुसार समाचार लेखिदियो।

अनि डेस्कमा बस्नेले त्यही हेगलाई Heg टाइप गरेर गुगलमा खोज्दा जे लोगो भेटियो, त्यही हाल्दियो।

अनि यस्तो रमाइलो भयो 🙂

1 thought on “एनसेल मुद्दा : हुँदै नभएको हेगको समाचार अनि लोगो चैँ भारतीय कम्पनीको :)”

  1. चित्र says:
    March 16, 2022 at 9:22 am

    फाेटाे चै सच्याएछ समाचार त उही छ त अहिले सम्म ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme