जसरी हुन्छ मिडियामा छाइरहन चाहनेहरुका कुरा छाड्दिम, अलि सिरियस मान्छेहरुलाई सोध्नुहुन्छ भने उनीहरु नेपालका पत्रकारहरुले आफ्नो भनाई जस्तो हो त्यस्तो नलेखिदिने गुनासो गर्छन्। अर्थात् बोलेको हुन्छ एउटा, छापिँदा अर्को भएर आइदिन्छ। दिने कोट (लुगा भन्या हैन नि फेरि, quote भनेको) एउटा, छापिने कोट अर्को। कोट अर्थात् तपाईँले उद्धरण चिह्नभित्र केही शब्द वा वाक्य हाल्नुहुन्छ भने जस्तो बोलेको त्यस्तै हाल्नुपर्ने मान्यता हो। तर आफ्नै कुरा थपेर पनि हाल्दिने गर्छन् हाम्रा पत्रकारहरु।
मैले यहाँ दिन लागेको उदाहरण भने कोटमा थोरै कुरा यताउता भएको होइन, पूरै फरक भएको विषय हो। विषय एउटै, विज्ञ एउटै। तर एउटा मिडियामा एउटा कुरा, अर्को मिडियामा त्यसको ठीक विपरीत कसरी हुनसक्छ? यसरी भयो। हेर्नुस् उदाहरण।
स्वास्थ्यलाइभ डट कममा २०७८ फागुन १० गते प्रकाशित एउटा समाचारको शीर्षक छ- सिटामोलमा वजन थपेर मूल्य बढाउने खेल, डीडीए-व्यापारीको मिलेमतोमा उपभोक्तामाथि अपराध
समाचारमा बेनामे स्रोतहरुको बाहुल्य छ- कतै स्रोत बोलेको छ, कतै उच्च स्रोत।
समाचारको मूल आशय ‘औषधि व्यवस्था विभाग (डीडीए) र औषधी व्यापारीले मिलेमतो गरेर सिटामोलको भाउ बढाउन सिटामोल चक्कीको ‘वजन’ बढाउन चलखेल गर्दै’ भन्ने रहेछ।
नेपालमा सरकारले भाउ तोकेको औषधीमा सिटामोल पर्छ- ५०० मिलीग्रामको एक चक्कीको एक रुपैयाँ।
अब त्यो चक्कीलाई ६५० मिलीग्रामको बनाएर एक चक्कीको दुई रुपैयाँ बनाउन लागियो भन्ने समाचारको कुरा हो। तर भाषा खतरा छ। सिटामोलको वजन र भाउ बढाउनुलाई ‘अवैध’ ठहर गरिएको छ। नेपाली शब्दकोश अनुसार नियमविरुद्ध, कानुनविरुद्धका कुरालाई अवैध भनिन्छ।
यसलाई ‘जनताको ज्यानमाथि गम्भीर खेलवाड गर्ने दुस्साहस’ भन्दै त्यसको पुष्ट्याइँका लागि एक जना विज्ञको कोट राखिएको छ। उनी हुन् डा. ऋषिकुमार काफ्ले, नेपालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ।
उनको कोट समाचारमा यसरी राखिएको छ-
नेपालीहरु ५ सय मिलिग्रामको सिटामोल खाने बानी परेकाले ६५० मिलिग्रामको खाँदा मिर्गौला, कलेजो जस्ता शरीरका अन्य अंगमा असर पुर्याउने आशयमा कोट राखिएको छ।
अब ट्विस्ट हेर्नुस्- ढ्यान्टर्यान…. !
अर्को समाचार। त्यसको ठ्याक्कै १० दिनपछि छापिएको। अर्थात् फागुन २० गते नयाँ पत्रिकाको समाचारको शीर्षक छ- सिटामोलले काम गर्न छाडेपछि ‘ग्राम’ बढाउन माग।
यसमा उही डाक्टर ऋषिकुमार काफ्लेलाई यसरी कोट गरिएको छ-
लौ भो त अब। एउटै विषय, एउटै विज्ञ। तर भनाई फरक। एउटामा उनै डाक्टरको मुखबाट बोलाइएको छ- बढी वजनको सिटामोल खाँदा मिर्गौला, कलेजो जस्ता शरीरका अन्य अंगमा असर पुर्याउँछ। १० दिनपछि उनै डाक्टरको मुखबाट ठीक विपरीत वाक्य बोलाउँदै भनिएको छ- कम वजनको सिटामोलले काम नगर्दा ठूलो समस्या आएको थियो। हाम्रो शरीरलाई मिल्ने सिटामोल ६५० मिलिग्रामको हो, भारतमै एक हजार ग्रामको बनाइसकिएको छ।
डा. काफ्लेको प्रोफाइल मिडियापिच्छे फरक बोली बोल्ने देखिन्न। त्यसैले खासमा उनले भनेका के रहेछन् भनेर सोध्ने जमर्को गरियो। हाम्रा त उच्च स्रोत हुन्नन्। अलि निम्न खालको ठीकै स्रोत प्रयोग गरेर सोध्दा थाहा भो, डा. काफ्लेले मिर्गौला, कलेजो बिग्रन्छ भनेर भनेकै रहेनछन्। उनले अर्कै प्रसंगमा ‘पारासिटामोलको प्रोडक्सनमा गल्ती भयो भने किड्नी बिग्रन सक्छ’ भनेकोलाई पारासिटामोल खाँदा नै किड्नी बिग्रन्छ भनेर लेख्देछन्।
उनले सिटामोल ६५० मिलिग्रामको बनाउँदा उत्पातै क्रान्तिकारी काम हुने पनि होइन, तर ठीकै हो, सबैलाई दिन मिल्छ भनेका रहेछन्।
तर विज्ञको यस्तो भनाईलाई उनकै काँधमा बन्दूक राखेर गोली चलाइदिएछन् आफ्नै स्वार्थमा।
एउटाको स्वार्थ- सिटामोलको वजन पनि बढ्नु हुन्न, भाउ पनि बढ्नु हुन्न।
अर्कोको स्वार्थ- सिटामोलको भाउ र वजन दुवै बढ्नु पर्छ।
दुवैले उपयोग गरे एउटै विज्ञको ‘कोट’लाई।
रमाइलो कुरा त के भने, दुवै समाचारमा बाइलाइन छैन। अर्थात् कसले लेखेको हो खुल्दैन। तर समाचार लेख्नेले उच्च स्रोत लगाए जस्तै हामीले पनि अलि ठीकै खाले स्रोत लगाएर हेर्दा दुवै समाचार टाइप गर्नेको हात एउटै-एउटै पो देख्छु भन्यो। धत्, एउटै मान्छेले १० दिनको फरकमा एउटै विज्ञको पूर्व-पश्चिम हुने कोट राखेर समाचार बनाउँछन् त भनेर हप्काउन खोजेको, ‘ए लौ, तँलाई स्वास्थ्य बिटको पत्रकारितामा स्वार्थ समूहको दबदबा बारे केही थाहा छैन रहेछ, अलि अध्ययन गर’ भनेर उल्टै मलाई हप्काएर गयो।
म ट्वाँ परेँ। एउटा सामान्य पाठकले दुइटै समाचार पढ्यो भने कुनलाई सही मान्ने ?
before
https://arthasarokar.com/2022/01/nic-asia-80.html
https://arthasarokar.com/2021/11/nic-asia-7-3.html
https://arthasarokar.com/2021/05/nic.html
https://arthasarokar.com/2021/02/nic-asia-bank-14.html
https://arthasarokar.com/2020/12/nic-6.html
after
https://arthasarokar.com/2022/02/nic-asia-bank-5-4.html
https://arthasarokar.com/2022/02/nic-asia-story-4.html
https://arthasarokar.com/2022/02/nic-asia-bank-atm-2.html
https://arthasarokar.com/2022/02/nic-asia-bank-106.html
https://arthasarokar.com/2022/02/nic-asia-bank-3-4.html
https://arthasarokar.com/2022/02/nic-asia-bank-2-3.html
https://arthasarokar.com/2022/02/nic-asia-bank-8-3.html
https://arthasarokar.com/2022/01/nic-asia-bank-102.html
Health sector matra hoina, sabai sector ma journalist kharid bikri hunchha, economy(business) news ma ta sabai bhanda dherai. journalist ko life style hernus na k 17 thousand salary le sambhav xa?
ani arko kura thula media ta prabhabhit hunchhan bhane chyau sari khuleka online ko kura gari sadhya hunchha ra.. for eg: https://arthasarokar.com/2021/03/nic-asia-bank-4-2.html yo portal hernus NIC asia bank ko pahila kasto negative news lekhthyo, ahile advt. paayepaxi pura U-turn xa .
brilliant catch!!