Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कम्प्युटरले कम्युनिस्ट पार्टीलाई दिएको धोका

Posted on March 2, 2022March 2, 2022 by Salokya

एकै दिन राजनीतिक पार्टीहरुको दुई वटा विज्ञप्तिमा ‘सिल्ली मिस्टेक’ हुनु दुर्लभ हो। तर शिवरात्रीको दिन त्यसो भयो। विज्ञप्ति त तत्काल सच्याउन धेरै गाह्रो भएन। तर अहिले सोसल मिडियाको जमानामा एक मिनेट मात्रै गलत विज्ञप्ति इन्टरनेटमा रहे पनि त्यो मेट्न गाह्रै पर्छ। तुरुन्तै फैलिहाल्छन् यस्ता विषय।

एमसीसीको विरोधमा ६ वटा पार्टी र दुई वटा मोर्चाले घोषणा गरेको विज्ञप्ति थियो यो। तर विज्ञप्ति टाइप गर्नेले कम्युनिस्ट लेख्नुपर्नेमा ‘कम्प्युटर’ लेखिदिएछन्। विज्ञप्ति टाइप गर्ने कम्प्युटर साम्राज्यवादी परेछ कि के हो, विप्लव, मोहनविक्रम सिंह, मोहन वैद्य ‘किरण’, ऋषि कट्टेल र कर्णजित बुढाथोकी जस्ता घघडान नेताहरुको पार्टीको नामबाट  ‘कम्युनिस्ट’ नाम हटेर ‘कम्प्युटर’ पो राखिएछ। षड्यन्त्रमूलक तरिकाले साम्राज्यवादीहरुले यसो गरेका त हैनन् भनेर यी पार्टीहरुले संयुक्त अर्को विज्ञप्ति चाहिँ निकालेको थाहा भएन।

कम्युनिस्ट जति सबैलाई कम्प्युटर बनाइएको पनि हैन रहेछ। आहुती संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको नाममा भने कम्युनिस्ट चोख्खै छ। त्यहाँ कम्प्युटर राखिएको छैन। त्यसैगरी माथि विज्ञप्तिमा पनि कम्प्युटर हैन कम्युनिस्ट नै लेखिएको छ। जहाँ जहाँ कम्प्युटर लेखिएको छ, त्यसको माथि नेताहरुको हस्ताक्षर छ। अब यस्ता घघडान नेताहरुले साइन गर्दा यसो आफ्नो पार्टीको नाम के राखेको छ त राम्रोसँग हेर्नु पर्ने हो नि। आफ्नै पार्टीको नाम त राम्रोसँग नहेर्नेहरुले फलानो सीसी सम्झौता त राम्रोसँग पढेरै विरोध गरेका होलान् भन्ने आशा गरौँ है।

एमालेले स्पेस नदिँदाको अर्थको अनर्थ

एमसीसी मामिलामा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन र एमाले दुवैतिर वार्ता अघि बढाएका थिए। एकलाई देखाएर अर्कोलाई तर्साउने, फकाउने रणनीति लिएका थिए। तर लास्टमा देउवाले प्रमुख प्रतिपक्षी एमालेलाई स्पेस दिएनन्। दिएको भए यतिबेला राजनीति अर्कै ढंगले अघि बढिसकेको हुन्थ्यो।

एमसीसी पास भइसकेपछिको नयाँ परिस्थितिबारे एमालेको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बाँडिएको १२ बूँदे विज्ञप्तिमा एउटा ‘स्पेस’ ठीक ठाउँमा नहुँदा अर्थको अनर्थ हुनपुग्यो र एमाले विरोधीहरुलाई मसला पुग्यो। विज्ञप्तिको ११ औँ बूँदा जिम्मेवार प्रतिपक्षको राम्रो कदम थियो। त्यसमा एमसीसी परियोजनासम्बन्धी सम्झौता संसदबाट अनुमोदन भइसकेकोले अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्ने र पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने उल्लेख थियो।

तर यति राम्रो आशय रहेको विज्ञप्तिमा स्पेस गलत ठाउँमा पर्‍यो। ‘प्रतिकूल नहुने गरी’ हुनुपर्नेमा ‘न’ लाई ‘प्रतिकूल’मा जोडेर ‘प्रतिकूलन’ हुन गयो। अनि वाक्य बन्न गयो- ‘अब राष्ट्रको हित प्रतिकूलन हुने गरी यसको कार्यान्वयन हुनुपर्दछ।’

सामाजिक सञ्जालमा तुरुन्त यसलाई सच्याएर अर्को अपलोड त गरियो, तर त्यतिन्जेल गलत विज्ञप्ति भाइरल भइसकेको थियो।

एकै दिन दुई वटा विज्ञप्तिमा यस्तो ‘सिल्ली मिस्टेक’ हुनु पनि एक किसिमको राष्ट्रिय कीर्तिमान नै हो कि 🙂

 

2 thoughts on “कम्प्युटरले कम्युनिस्ट पार्टीलाई दिएको धोका”

  1. बासु says:
    March 3, 2022 at 7:58 pm

    ‘कम्प्युटर’ शब्द जानाजान राखेका होलान् जस्तो लाग्यो । अबगालबाट पनि बच्ने, बिरोधको आवाज पनि उठाउने, विदेशी सरकार पनि नरिसाउने गरि वक्तव्य निकालेर निकै श्याल काइदा गरेछन् । मन पर्यो । 🙂

    Reply
  2. Mahesh says:
    March 2, 2022 at 8:17 pm

    छ दलको कुरामा चाहीँ, कतिपय नेता त्यहाँ नहुने अनि डिजिटल फर्म्याट मा रहेको हस्ताक्षर Photoshop गरेर राखिने हुनाले नेताले नहेरी विज्ञप्ती तयार भएको होला । पुरानो अभ्यास हेर्दा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme