कान्तिपुरको मंगलबारको अङ्कमा तेस्रो पेजमा एउटा समाचार छ, जसको शीर्षक छ- ‘देउवाको पाँचौँ इनिङ’।
नेपाली भाषाको नभए पनि नेपाली मिडियाको एकदम प्रिय शब्द हो यो ‘इनिङ’। तर यसको प्रयोग गलत छ।
किन?
आउनुस् विस्तृतमा बुझौँ।
अक्सफोर्ड ल्याङ्ग्वेजेजका अनुसार अङ्ग्रेजी शब्द इनिङको एउटा मात्र अर्थ छ- बेसबल खेल्दाको। प्रत्येक इनिङमा दुवै टिमले ब्याटिङ गर्छन्। यो बाहेक अर्को अर्थ इनिङको छैन।
अब माथि देउवाको पाँचौँ इनिङको अर्थ के लाग्छ त? देउवाले बेसबल खेलेको ? पक्कै पनि होइन !
नेपालीहरुले धेरै सुनेको क्रिकेटमा हो यो शब्द। तर तपाईँले याद गर्नुभएन होला क्रिकेटमा इनिङ हैन इनिङ्ग्स प्रयोग हुन्छ। अर्थात् innings दुवै singular र plural मा प्रयोग हुन्छ।
तर यसको अर्को अर्थ पनि हुन्छ। हेरौँ अक्सफोर्ड ल्याङ्ग्वेजेज फेरि-
देख्नुभो होला, इनिङ्ग्सको अर्थ क्रिकेटमा मात्र होइन कुनै व्यक्ति वा समूह सक्रिय भएको समयअवधि जनाउन पनि प्रयोग हुन्छ। यो हिसाबले माथि कान्तिपुरको हेडलाइनमा देउवा प्रधानमन्त्रीका रुपमा सक्रिय भएको पाँचौँ पटक भन्न खोजेको हुनुपर्छ। त्यसैले ‘देउवाको पाँचौँ इनिङ्ग्स’ लेखे मात्र यो सही हुन्थ्यो।
तर अर्थ नबुझेर कान्तिपुरले इनिङ्ग्सको साटो इनिङ लेख्न पुग्यो।
कान्तिपुरमात्र हैन अरु मिडियाले पनि यस्तै गल्ती गर्ने गर्छ। हेरौँ-
त्यसैगरी यो अन्नपूर्णको
यो सेतोपाटीको-
I believe “Fifth” inning and “second” inning are correct. For example: He did five attempts or this is his fifth attempt. Look the later doesn’t take ‘s’ at the end. So, five inning is incorrect as five innings will be correct.
see inning meaning on https://www.merriam-webster.com/dictionary/inning
– Lam
अवधि जनाउन innings नै प्रयोग हुने हो inning होइन। उदाहरण हेर्नुस्
Prime Minister Narendra Modi To Begin Second Innings Of ‘Mann Ki Baat’ From Sunday https://news.abplive.com/news/india/prime-minister-narendra-modi-to-begin-second-innings-of-mann-ki-baat-from-sunday-1022066
नेपालमा पनि अङ्ग्रेजीवालाहरु innings नै चलाइरहेका छन्
https://risingnepaldaily.com/opinion/olis-third-innings-in-government
कान्तिपूरले मात्र होइन अन्य धेरै मेडियाले हतारमा समाचार लेखेर कसले अगाडि सार्वजनिक गर्ने भन्ने प्रतिस्पर्धा हुँदा यस्तो समस्या दोहोरिएको हुन सक्छ । केहि समाचारहरू त सिधै अनलाइन संस्करणमा आइपुग्छन् सम्पादकलाई समेत छलेर । एउटा हेडलाइनमा मैले पनि पढेको थिएँ, “केपि ओली शर्मा” भनि लेखेको । त्यस्तै अरू पनि थुप्रै कुरा छन् सच्याउनुपर्ने । अबको तपाइँको लेखमा नेपाली छापा मेडियामा सुध्ध नेपाली भाषाको प्रयोग कतिको हुने गरेको पाइन्छ? भन्ने विषयमा आओस् ।