Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘छोटो सम्पादकीय’को प्रशंसामा बाँधिएका पुल भत्काउनु पर्ने भो हजुर यसकारण

Posted on July 13, 2021 by Salokya

सोसल मिडियामा आज नयाँ पत्रिकाको ‘छोटो सम्पादकीय’को प्रशंसामा पुल बाँधिएको हेर्न पाइन्छ। पुल बाँध्‍न नाम चलेकाहरु नै अग्रसर भएको भेटिन्छ। तर यो पुल अब भत्काउनु पर्ने भो हजुर। क्यार्नी होला त?

किन ?

पुल अलि पक्की भएको भए राम्रै हुन्थ्यो होला तर जगै बलियो नभएको हुनाले भत्काउनु नै उचित हुन्छ। अब भूमिका नबाँधी खास कुरा के हो तिर लागौँ है त।

अहिलेको राजनीतिक घटनाक्रम बारे सबैजसो मिडियाले सम्पादकीय, विशेष सम्पादकीय लेखेका छन्। नयाँ पत्रिकाले पनि आजको अङ्कमा प्रधान सम्पादक कृष्णज्वाला देवकोटाको हस्ताक्षरसहित विशेष सम्पादकीय छापियो।

यो सम्पादकीयको प्रचारका लागि नयाँ पत्रिकाले तीन वाक्यको हाइलाइटसहित यो सामग्री सामाजिक सञ्जालमा राख्यो-

खासमा नयाँ पत्रिकाको विशेष सम्पादकीय यति छोटो थिएन।

नयाँ पत्रिकाले यो विशेष सम्पादकीय आफ्नो वेबसाइटमा पनि राखेको छ।

त्यो नपढेकाहरुले  प्रचारका लागि राखिएको छोटो अंशलाई नै साँच्चिकै त्यसरी नै खाली ठाउँ राखेर पत्रिकामा छापिएको भन्ने ठानेछन्। त्यसपछि सुरु भयो प्रशंसाको पुल बाँध्न।

पुराना पत्रकार केदार शर्माले त ट्विटरमा नेपाली पत्रकारिताको सम्भवतः सबभन्दा छोटो (खाली राखिएको छाडेर) भइकन पनि एउटा पूर्ण विशेष सम्पादकीय भन्दै कृष्णज्वाला देवकोटालाई सलामसमेत गर्न भ्याए।

नेपालखबरका समाचार संयोजक प्रशान्त लामिछानेले प्रशंसाको पुलमा यस्तो इँटा थपे–

हाल इकागजमा कार्यरत सन्तोष अधिकारीले आफूले जाने बुझेसम्मको इतिहास पोखे ट्विटमा–

नेपालमा धेरै समय पत्रकारिता गरेका अनमोलमणिले पनि यस्तो लेखे–

थप  उदाहरण हेर्नुस्-

यी त केही उदाहरण मात्रै हुन्। अरु थुप्रैले पनि ट्विटर र फेसबुकमा ऐतिहासिक, सटिक आदि फुर्कोहरु जोडेर प्रशंसाको पुल बाँधेका थिए।

वास्तवमा नयाँ पत्रिकाले नगरेको कामको क्रेडिट पायो। साँच्चै त्यति छोटो विशेष सम्पादकीय लेखेको भए यी प्रशंसाका शब्दहरुमा न्याय हुन्थ्यो। तर सम्पादकीय परम्परागत खालको लामो नै छ।

बिचरा कृष्णज्वाला देवकोटाले भित्तामा टाउको ठोक्न मात्र सकेनन् होला, कति मेहनतले शब्दहरु खोजी खोजी कति समय लगाएर पाँच सय शब्दको सम्पादकीय लेखियो, तीन वाक्य पढेर प्रशंसा गरिराछन् !

तीन वटा गहकिलो पाठ पढाएको छ यसले-

एक, सम्पादकीय भन्ने विषय धेरै लामो लेखिरहन पर्दैन, छोटो लेखे झन् प्रशंसा पाइने रहेछ। किन बेकारमा अनेक शब्द खोजिरहनु, भन्न खोजेको कुरा छोटोमा लेखे भइहाल्यो।

दुई, धेरैले जे कुराको चर्चा गरिरहेका छन्, त्यो सही हुनुपर्छ भन्ने छैन।

तीन, पत्रकारहरु पनि खास कुरो के हो नबुझी सामाजिक सञ्जालमा लेख्न हतार गर्दा रहेछन्। त्यसैले पत्रकारहरुले लेखेका कुरा पनि हो कि होइन भनी पहिला बुझ्न जरुरी देखियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme