Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘हिमालखबर’ले पनि ओलम्पिकमा जान लागेकी खेलाडीको नाम हचुवामा हान्दिने?

Posted on July 11, 2021July 11, 2021 by Salokya

कागजमा छाप्‍न बन्द गरेर अनलाइन मात्र चलाइरहेको ‘हिमाल’ म्यागेजिनको डिजिटल संस्करण हिमालखबरको फेसबुक पेजबाट आएको एउटा समाचारले ध्यान तान्यो।

‘तस्वीरमा कमलाको ओलम्पिक तयारी’ शीर्षक रहेछ।

फेरि को कमला ओलम्पिकमा जान लागेछ भन्ने लाग्यो। यो नामकी कोही खेलाडी ओलम्पिकमा जान लागेको त अहिलेसम्म थाहा छैन। हेडलाइनमात्र गलत भएको हो कि भनी त्यसमा क्लिक गरी हेरेँ।

हेडलाइनमा मात्र होइन, समाचारमा पनि कमला नै लेखिएको रहेछ।

खासमा ओलम्पिकमा सुटिङको लागि वाइल्ड कार्ड इन्ट्री कल्पना परियारले पाएकी हुन्। फोटो पनि कल्पना कै हो। तर समाचार आइदियो कमला भनेर।

अरुतिरका समाचारलाई नपत्याए पनि ‘हिमाल’ले आफ्नै वेबसाइटमा प्रकाशित समाचार त हेर्नुपर्थ्यो नि। मरिसकेको छैन ओलम्पिकमा ‘वाइल्ड कार्ड’को आशा शीर्षकको जेठ ३, २०७७ को समाचारमा सुटिङमा वाइल्ड कार्ड पाउने सम्भावना रहेको खेलाडीमा कुनै कमलाको नाम छैन, कल्पना कै छ।

ह्या, यो एउटा सामान्य नाम गलत भएकोमा पनि के किचकिच गरिरा?

यस्तो पनि लाग्न सक्ला। तर कसैको नाम गलत त राख्न भएन नि हजुर। अब हेर्नु न, हिमालकै प्रकाशक कनकमणि दीक्षितको नाममा कसैले ‘क’को ठाउँमा ‘द’ हाल्दियो भने के हुन्छ ?

दनकमणि – रिस उठेर दन्काइदिउँ जस्तो लाग्दैन?

त्यस्तै ‘स’ हाल्दियो भने?

सनकमणि- सन्किँदैनन् मान्छे ?

समाचार हालेको २४ घण्टा हुन लागिसकेछ यो ब्लग लेखुन्जेल। यो ब्लग आइसकेपछि चाहिँ सुधारिएला कि भन्ने आशा गरौँ।

अर्काइभ भने यहाँ क्लिक गरी हेर्न सकिन्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme