प्रश्न : बुद्धका चार आर्यसत्यबारे थाहा छ?
उत्तर : थाहा छैन ।
प्रश्न : बुद्धले बताएका अष्टांगिक मार्गबारे थाहा छ?
उत्तर : छैन ।
प्रश्न : बुद्धले सिकाएको ज्ञान र ध्यानविधि थाहा छ?
उत्तर: छैन ।
प्रश्न : अनि के थाहा छ त?
उत्तर : बुद्ध वाज बर्न इन नेपाल।
फेसबुकमा निकै सेयर भएको स्टायटस हो यो। बुद्ध वाज बर्न इन नेपालले केही नेपालीलाई यति गाँजेको छ कि अरु कुरा केही पनि सुन्न र बुझ्न चाहँदैनन् उनीहरु। बुद्ध नेपालमा जन्मिएको विश्वलाई देखाउने भन्दै टुँडिखेलमा गिनिज बुकमा लेखाउने भन्दै भेला भएर नाचगान पनि गरेका थिए। तर महिनौँ भइसक्यो, गिनिज बुकले बाल दिएको छैन। विश्वले देख्यो कि देखेन उनीहरुलाई नै थाहा होला। आज बुद्ध पूर्णिमाको अवसरमा ‘बुद्ध वाज बर्न इन नेपाल’वालाहरुले शायदै थाहा पाएको एउटा तथ्य- नेपाल एउटा मा